नेपालमा ३३ प्रतिशतले घटे, विदेशी पर्यटक

द्वारा प्रकाशित गरिएको हो |
January 10th, 2022
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

—निनाम लोवात्ती
हो, सन् २०२१ मा नेपालको पर्यटन इतिहासमै धेरै कम संख्यामा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । हुन पनि सन् २०२० मा दुई लाख ३१ हजार चानचुन विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सन् २०२१ मा एक लाख ५१ हजार चानचुन विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका छन् । यो भनेको गत वर्षभन्दा ३३ प्रतिशतले कम हो । जस्तो कि सन् २००५–००६ देखि सन् २०१५ को भूकम्प र अघोषित भारतीय नाका बन्दीको समयमा आई पुग्दासम्म नेपालमा धेरथोर भए पनि लगातार रुपमा विदेशी पर्यटकको आगमनामा वृद्धि भई रहेको थियो । सन् २०१५ मा भने भूकम्प र अघोषित भारतीय नाका बन्दीका कारण सन् २०१४ को तुलनामा (३१ प्रतिशतले कमी आएको थियो । स्मरणीय छ, सन् २०१४ मा सात लाख ९० हजार ११८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने, स्न २०१५ मा पाँच लाख ३८ हजार ९७० जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए ।
तर, त्यसपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार रुपमा बढी रहेको थियो । फलतः सन् २०१६ मा सात लाख ५३ हजार दुई जना, सन् २०१७ मा नौ लाख ४० हजार २१८ जना, सन् २०१८ मा ११ लाख ७३ हजमार ७२ जना सन् २०१९ मा ११ लाख ९७ हजार १९१ (लगभग १२ लाख) जना पुगेको थियो । सोही आधारलाई ह्रदयंगम गर्दै नेपाल सरकारले सन् २०२० लाई दोस्रो पटक ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रुपमा मनाउने तयारी पनि गरेको थियो । तर, अकस्मात सन् २०१९ को डिसेम्बर अन्तिम ताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट पैmलन सुरु भएको ‘नोभेलकोरोना भाइरस (पछि कोभिड–१९ नाम दिईएको)’ को महामारीले गर्दा नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रुपमा मनाउने घोषणा गरेको र, सबै तयारी पुरा गरेको अवस्थामा पनि अकस्मात नेपाल भ्रमण वर्षको सबै कार्यक्रमहरु स्थगित गर्यो । खासमा नेपालको पर्यटन चलायमान हुनका लागि विश्व पर्यटनमा पनि सुधार आउनैपर्ने देखिन्छ । जबकि, हालको अवस्था हेर्दा विश्व पर्यटनले तत्कालै गति लिई हाल्ने अवस्था पनि देखिदैन । हुन पर्यटन सम्बन्धमा विज्ञता हासिल गरेका महानुभावहरुले नै विश्व पर्यटनमा सुधार आउन कम्तिमा सन् २०२४÷२०२५ सम्म लाग्ने अनुमान गरेका छन् । खास गरी सन् २०२१ को नेपाल आगमन भएका विदेशी पर्यटकको कुरो गर्दा सो वर्षको मे, जुन, जुलाई, अगस्ट सेप्टेम्बर महिनामा विगतका तुलनामा कम विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जस्तै सन् २०२१ को मे महिनामा एक हजार ४६८ जना, जुन महिनामा एक हजार १४३ जना, जुलाई महिनामा दुई हजार ९९१ जना, अगस्ट महिनामा पाँच हजार ९१७ जना, सेप्टेम्बर महिनामा नौ हजार ८९८ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण
गरे । यसरी हेर्दा विगतका तुलनामा माथि उल्लेखित महिनामा धेरै कम विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरे । त्यसो हुनुमा अनेक कारणहरु रहेको छ । मुख्य कारण भने सो समयमा नेपालमा दोस्रो लहरको कोरोना महामारी पैmलिनु नै
हो ।
जे होस्, फेरि पनि तथ्यांक कै कुरो गर्दा सन् १९६३ मा सात हजार २७५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको भनी माथि उल्लेख गरिएकै छ । त्यस्तै सन् १९६४ मा नौ हजार ५२६, सन् १९६५ मा नौ हजार ३८८ (अघिल्लो वर्षको तुलनामा माइनस १ दशमलब ४ प्रतिशत कम), सन् १९६६ मा १२ हजार ५६७, सन् १९६७ मा १८ हजार ९३ जना, सन् १९६८ मा २४ हजार २०९ जना, सन् १९६९ मा ३४ हजार ९०१ जना, सन् १९७० मा ४५ हजार ९७० जना, सन् १९७१ म ४९ हजार ९१४ जना, सन् १९७२ मा ५२ हजार ९३० जना, सन् १९७३ मा ६८ जहार ४७ जना, सन् १९७४ मा ८९ हजार ८३८ जना, सन् १९७५ मा ९२ हजार ४४० जना, सन् १९७६ मा एक लाख पाँच हजार १०८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांकमा देखिन्छ । सन्दर्भ स्रोतः पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयद्धारा प्रकाशित ‘नेपाल टुरिज्म स्टाटिस्टिक्स–२०१३’ नामक किताब । त्यस्तै सन् १९८६ मा बल्ल दुई लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेको देखिन्छ, तथ्यांकमा । यसरी तथ्यांक हेर्दा सन् १९९२ मा बल्ल नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्याले तीन लाख नाघ्यो । तथ्यांक हेर्दा सन् १९९२ मा तीन लाख ३४ हजार ३५३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको देखिन्छ । तर, सो बढोत्तरी निरन्तर रुपमा कायम रहन भने सकेन । सन् १९९३ मा सो संख्या घटेर दुई लाख ९३ हजार ५६७ मा झर्यो । यसरी हेर्दा सन् १९९२ को तुलनामा माइनस १२ दशमलब दुई प्रतिशत कम रहेको थियो, सन् १९९३ मा । सन् १९९३ मा २ लाख ९३ हजार ५६७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
जे होस्, सन् १९९७ मा आएर चार लाख पुग्यो, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या । तर, नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या पाँच लाख पुग्नचाहिँ अर्को १० वर्ष लाग्यो । अर्थात् सन् २००७ मा बल्ल पाँच लाख २६ हजार ७०५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । त्यसपछि सन् २०१० मा छ लाख दुई हजार ८६७ जना, सन् २०११ मा सात लाख ३६ हजार २१५ जना, सन् २०१२ मा आठ लाख तीन हजार ९२ जना, सन् २०१३ मा सात लाख ९७ हजार ६१६ जना विदेशी पर्यटकले नेपाल भ्रमण रगरेका थिए । यसरी बीचबीचमा नेपाल आउने विदेशी पर्यटकको संख्या घट्ने र बढ्ने क्रमसँगै (८ लाख, नौ लाख, १० लाख हुँदै) सन् २०१९ मा आई पुग्दा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ९७ हजार १९१ जना
(१२ लाख नजिक) पुगेको थियो ।
अहिले तत्काललाई नेपाल पर्यटन बोर्डले सन् २०२१ मा नेपाल भ्रमणमा आएका पर्यटकको संख्यात्मक तथ्यांक मात्रै सार्वन.जनिक गरेको छ । त्यसैले निकट भविश्यमै नेपाल पर्यटन बोर्ट वा पर्यटन विभागले सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रति दिन बसाई अवधि र प्रति व्यक्ति दैनिक खर्च गराईको पनि तथ्यांक निकाल्ने नै छ भन्ने आशा गरौं । किनभने, नेपालको पर्यटन इतिहासको लगभग ४३ वर्षको इतिहासमा धेरै कम संख्यामा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका भए तापनि उनीहरुको प्रति दिन बसाई अवधि र प्रति व्यक्ति दैनिक खर्च गराई बढेको पो छ कि !?
थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९
लष्लबmपष्चबतज्ञद्दघ२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार