स्वाधीनताको सवालमा एकढिक्का होऔं

द्वारा प्रकाशित गरिएको हो |
January 10th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

किरण इङ्नाम
“स्वाधिन गणतन्त्र नेपाल” राजनीतिक प्रकृतिको साझा राजनीतिक दबाब समूह हो । स्वाधीनता, शान्ति, विकास, गणतन्त्र र समाजवाद आधारभुत मुल्य–मान्यता हो । नेपाली मौलिक मुल्य –मान्यताको साथै गणतन्त्रको निम्ति त्याग, तपस्य र बलिदान गर्नु हुने अग्रजप्रति धन्यवाद गर्दछौं । नेपालमा राजनीतिक परिवर्तन धेरै भए, तर सारमा अझै पनि राजनीतिक क्रान्ति पूरा भएको छैन । राजनीतिक परिवर्तन क्रमिक सुधार जस्तो प्रकृतिको देखिन्छ । यसलाई समिक्षा गरेर हेर्दा, प्रग एतेहासिक काल, ऐतिहासिक काल “स्वर्णकाल” रहे पनि, मध्यकालको अन्त्यतिर देखि, विस्तारै दिल्लीका बादशाहबाट “मानपदबी” ३ लिने काम शुरु भएको देखिन्छ । यसको ज्वालन्त उदाहरण शाह, राणा पदवी, २००७ सालको जनक्रान्ति, २०६२÷६३ को जनआन्दोलन र आज त्यहीँ प्रवृति एमसीसीको नाममा वासिङ्टन जाँदै गर्नु हो । यो भयनाक, नेपाल र नेपाली नै नरहने निणयाक चरणमा छौ । यसको निम्ति सबैले गम्भीर भई नेपालीले, नेपालीको निम्ति, नेपाली भएर सोचौ । साझा नेपाल र नेपालीको भविष्य खोजौ ।
अब, नेपाली राजनीतिले दिल्लीबाट पद(राजा)दिने र लिने क्रम आजसम्म पनि चलेको छ । पालित, पोषित गोठला महोदयले जतिसुकै राजनीतिक क्रान्ति पूरा भएको ठूल–ठूला भाषण गरे पनि दिल्लीबाट पाउने “पद” काठमाडौंबाटै नपाएसम्म, एमसीसीको नामबाट प्रमको पद वासिङटन जानबाट नरोकेसम्म नेपाली राजनीतिक क्रान्ति पूरा हुनेछैन । बिगतमा, राणा साशनको विरुद्ध लड्यौ, पञ्चायतको विरुद्ध लड्यौ, अबको नेपाल र नेपालीको साझ लडाइँ भनेको विस्तारवाद, साम्राज्यवाद विरुद्धको हो ।
थोरै चर्चा, विचार, सिद्धान्त र दर्शनको गर्नेछ । हामीले लोकतन्त्र र माक्र्सवादको धेरै भषण गर्यौ । तर हामी भित्र भएको मणिलाई चिनेनौ । अरस्तुको, मार्क्सको कुरा गरिरहदा, हामीले हाम्रै भुमिमा जन्मेको बुध्द वा बुध्द दर्शनमाथि अपमान गर्न पुग्यौ । जसले २६०० बर्ष पहिलै गणतन्त्र, शान्ति, भौतिकवाद, निरन्तरता आदिको ब्याख्या गरेका थिए । त्यसकारण, विचार, सिद्धान्त र दर्शनमा हाम्रो मौलिकतातिर फर्कौ । मार्क्सवादलाई, लिङकनको लोकतन्त्रलाई नेपाली मौलिकता ढालेर बुझौ । सिद्धान्तको नाममा जडशुत्र र मौलिकताको नाममा सिद्धान्तविहिन नभई वर्तमान परिस्थितिको वस्तुगत समीक्षा,विश्लेषण र संश्लेषण दिएर जानू पर्दछ ।
आज विश्व विज्ञान, प्रविधिले गाउँ बनेको छ । साम्राज्यवादको कारण विश्वको कुनै पनि सानो ठाउँमा हुने जुनसुकै घटना हिजोको विश्वयुध्द सो–सरह हो । विश्वमा न समाजवाद,न पुजीवाद रहेको, अस्ताउदो अमेरिकी साम्राज्यवाद र उदाउँदो एशिया र देशमा नेपाल र नेपालीको राजनीतिक, आर्थिक अवस्था, राजा–महाराजा देखि आजसम्मै भारत, ब्रिटेन र अब अमेरिकाद्वारा लादिएको अर्धऔपनिवेशिक(नेपालीको कमजोर) अवश्था, राजनीतिक परिवर्तन सँगै नेपालीले विकास गर्न नसकेको परिपक्वता, विविध जाति र भौगोलिक अवस्था, आफुभित्रको विचार, दर्शनलाई छोडेर अरु संसारमा रमाउजे राजनीतिक चरित्र आदिको कारण नेपाल–नेपालीले दुःख पाएको हो । यसको विकल्प पनि नेपाली नै हो ।
यस्तो बेलामा गरिने क्रान्ति भनेको दिल्ली र वासिङटनबाट प्रधानमन्त्री, मन्त्री बनाउने परम्परालाई तोडि काठमाडौंबाटै वा नेपाली जनताबाटै चुन्ने व्यवस्था स्थापना गर्नु हो । अझै राजनीतिक भाषामा भन्नुपर्दा, नेपाल र नेपालीको स्वाधीनता र सार्वभौमसत्ता नेपाली जनतामा सस्थागत गर्नु हो । त्यसकारण ,काग्रेस र कम्युनिष्ट नभई साझ रणनीति जनताको स्वाधीनता, सार्वभौमसत्ता स्थापित गर्नु हो । हाम्रो साझ विचार, सिद्धान्त पनि स्वाधीनता, शान्ति, विकास, गणतन्त्र र समाजवाद हो । यसमा कुनै पनि राजनीतिक दलबिच सारमा मतान्तर छैन । केबल विदेशको गोटीबनेको कारण व्यवहारमा फरक भएको छ। यसलाई तोडर्ने पनि अग्रजहरुकै सम्मानबाट सकिन्छ ।
क्रान्तिको स्वरूप २००७ को सशस्त्र नेपाली क्राग्रेसको जनक्रान्ति ,दस बर्षे जनयुद्ध पनि हेर्यौ । त्यसकारण बुध्दको देश, क्रान्ति, विद्रोहको स्वरुप शान्तिपूर्ण हुनेछ । साम्राज्यवादी मानव अधिकारको नाममा दानव हुन्छ । दानबी चरित्रमा उत्रिए, त्यस्तै जवाफ दिने छ । फेरि पनि सारमा,नेपाल–नेपालीको स्वाधीनता, सार्वभौमिकता स्थापित गर्नु हो वा स्वाधीन गणतन्त्र स्थापना गर्नु हो । दिर्घकालिन लक्ष्य जनताको गणतन्त्र स्थापना गर्नु
हो । स्वाधीन गणतान्त्रिक व्यवस्थामा दिल्ली र वासिङ्टनका गोठलाहरुलाई सार्वजनिक ठाउँमा सम्बोधन गरिने
छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार