ओमिक्रोन बढेसँगै नेपाल रेडजोनमा

द्वारा प्रकाशित गरिएको हो |
January 10th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । कोभिड–१९ को नेयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै विश्वभर प्रतिरक्षात्मक नियम बनाइरहेका छन् । नेपालकै सन्दर्भलाई लिने हो भने पनि गतहप्ता भन्दा यो हप्तामा कोरोना संक्रमण ९प्रतिशतले वृद्धि भएको छ । भारतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । यस्तो अवस्थामा खुल्ला सिमानाको कारण बेफिक्री ढंगले बिना रोकटोक नेपाली तथा भारतीय नागरिकहरु भित्रिरहेका छन् । भारतमा यतिबेला कफ्र्यूसमेत लागेको छ भने घरेलु क्रिकेट प्रतियोगिताहरु समेत प्रभावित बनेका छन् । जस अन्र्तगत सिनियर महिला टी१० स्थगित भएको छ । ओमिक्रोनको जोखिम बढेपछि विश्वभर प्रतिरक्षात्मक नियम लागु भएको छ । नेपालीहरुको घना बस्ती रहेको ठाउँ हङकङमा पनि कडा प्रतिरक्षात्मक नियम लागु गरिएको छ । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले हङकङमा कडा प्रतिरक्षात्मक नियम लागुभएको जनाउँदै भनेकी छन्– कि हामीले समुदायमा हुन सक्ने ठूलो स्केलको प्रकोपलाई रोक्न सजग र सतर्क रहनुपर्नेछ ।’ क्यारी लामले हङकङमा जनवरी ७ देखि नै अनिश्चितकालका लागि रेष्टुरेन्ट, बार, जिमखाना, ब्यूटी पार्लर, मसाज पार्लर, गेमिङ सेन्टर र सम्पूर्ण मनोरञ्जन पार्कहरुमा कडाइ गरेको बताएकी छिन् । साथै लामले साइक्लोथन जस्ता ठूला ठूला सार्वजनिक कार्यक्रमहरु समेत रद्द गरिएको बताएकी छन् । उनका अनुसार क्रुज यात्राहरु निलम्बित गरिनुका साथै लेजर एण्ड कल्चरल सर्भिसेज डिपार्टमेन्ट अन्र्तगत रहेका सम्पूर्ण परिसर पनि बन्द गरेका छन् । यसका साथै हङकङ प्रशासनले जनवरी ८ देखि केही हप्ताको लागि अष्ट्रेलिया, क्यानाडा, फ्रान्स, पाकिस्तान, युके, फिलिपिन्स, अमेरिका र भारतसमेतलार्ई यात्रुवाहक उडान प्रतिबन्ध लगाइएको छ । ओमिक्रोन तीव्र गतिमा फैलिएकै कारण विश्व स्वास्थ्य संगठनले समेत विश्वलाई सचेत गराईसकेको अवस्था छ । तर हाम्रो देशमा डब्लुएचओको चेतावनी समेतलाई वेवास्ता गर्दै खुल्ला सिमाना मार्फत सामान्य स्वास्थ्य मापदण्डको प्रक्रिया समेत नपुर्याई बिना रोकतोक भित्रिन दिइरहेको छ । जबकी भारतीय केही प्रान्तहरुमा समेत नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै कडा नियम लागु गरेको छ । हाम्रो देशका नेताहरुले भने महाधिवेशनको नाममा लाखौको भीड जम्मा गरिरहेको छ । यो अवस्थामा पनि ठूला राजनीतिक दलहरुको जिल्लास्तरीय महाधिवेशन पनि एकपछि अर्काे गराइदैछ । यसरी भीडबाट नेपाली जनताहरुलाई कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिममा
पारिदैछ । हिजोभन्दा आज, आजभन्दा भोली कोभिड संक्रमीतको संख्या दिनप्रतिदिन बढिरहेको छ । फुटबल खेल मैदानमा होस् या तरकारी दोकानहरु वा खाद्यान्न पसलहरुनै किन नहोस् सामान्य स्वास्थ्यको मापदण्डनै नपुर्याई मानिसहरुको भीड र चहलपहल
देखिन्छ । यो प्रशासनकै लापर्वाहीको उपज हो । यहाँ प्रर्याप्त मात्रामा खोप आयात भएको छ भनिन्छ तर उचित वितरण गर्न सकिएको देखिदैन । नयाँ भेरियन्ट नेपालमा भित्रिसकेको छ । अघिल्लो दिनको तुलनामा क्रमित दूई प्रतिशतले बढ्दैछ । यसबाट नागरिक क्रसित हुनु अस्वभाविक होइन । जसरी हुन्छ सरकारले नागरिक स्वास्थ्यप्रति ध्यान दिइ संक्रमितको रोकथाम गर्नुपर्दछ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संख्या नेपालमा ह्वात्तै बढेको ग्राफ पाइएपछि कतार सरकारले समेत नेपाललाई रेडजोनमा राखेको छ । कतारले ओमिक्रोनको संक्रमण उच्च देखिएका ५४ देशलाई रातो सूचीमा राखेको छ । यसमा नेपाल पनि परेको छ । समाचार अनुसार कतार सरकारले ओमिक्रोन देखिएको देशबाट प्रवेश गर्ने नागरिकलाई नयाँ स्वास्थ्य मापदण्ड अपनाउँदै कतार उड्नुपूर्व ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट नभएका र कोरोना विरुद्धको खोप नलगाएकाहरुलाई कतार प्रवेशमा प्रतिबन्ध गरेको छ । यसका साथै उसको रातो सूचमा परेका देशबाट कतार छिरेका विदेशी नागरिकहरुलाई अनिवार्य रुपमा दुई दिन क्वारेन्टाइन बस्नपर्ने नियम बनाएको छ । यसको पुष्टि कतारस्थित नेपाली दुतावासले पनि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार