प्रदेशको नाम “किरात” नै रहन्छः प्रचण्ड

द्वारा प्रकाशित गरिएको हो |
January 10th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडांै । छसस । आदिवासी, मधेसी, दलित, उत्पीडित समुदायको काँधमा टेकेर प्रचण्ड कहलाइएका पुष्पकमल दाहाल यतिबेला शक्तिमा श्री ३ महाराजा र पञ्चायती कालका राजाभन्दा मुलुकको निर्णायक शक्तिमा एक इन्चपनि कम छैनन् । उहाँले भने मुलुकमा अहिले के हुँदैन ? यस्ता व्यक्तिले नै आदिवासी, किरातका विभिन्न समुह, भेला, सभाहरुमा प्रदेश १ को नाम किरात प्रदेश नै हुनेछ भनि पटक–पटक ठोकुवा नै गरिसकेका छन् भने अब १ नं. प्रदेशलाई अब किरात प्रदेश हुनबाट कुन माइकालाले रोक्ला ? एउटा व्यक्ति थिए उनी पनि बालकोट आश्रममा पुगिसकेका छन् ।
विगतमा काठमाडौंमा सम्पन्न किरात राई यायोक्खाको भेलालाई मात्र नभइ हालतक देशमा भएका सबैजसो किराती भेलाहरुमा कमरेड प्रचण्डले प्रदेश १ को नाम किरात नै रहन्छ, १ नं. प्रदेशवासीहरु ढुक्क भए हुन्छ ।’ भनी उद्घोष गर्दै उनले हरेक किराती सभासम्मेलनहरुमा भनेका छन्– ‘नेपालको इतिहासमा किराती वर्णन छैन भने त्यो अधुरै रहन्छ । मुलुकको इतिहास र सभ्यता यलम्बरसँग् जोडिएको छ ।’ उनले अझै थपेका छन्– ‘किरात शब्द इतिहास सभ्यता, संस्कृति र जीवन प्रणालीसँग जोडिएको छ । त्यसैले प्रदेश १ को नामाकरण गर्दा किरात नै हुन्छ । तपाईहरु ढुक्क रहनुहोस् ।’
माओवादी केन्द्रका अध्यक्ष क.प्रचण्डले यसो भनिरहँदा दर्श दिर्घाबाट तालीको पर्रा छुटेको थियो । वर्तमान नेपालको शक्तिशाली व्यक्तित्व जो राणाकालिन नेपाली इतिहासको जंगबहादुर भन्दा कम शक्तिशाली देखिदैनन् यस्ता व्यक्तिबाट १ नं. प्रदेशको नाम किरात प्रदेश नै हुन्छ भनिसकेपछि कुरै सकिगयो नि । हाम्रा मुख्यमन्त्री राजेन्द्र रार्ईलाई पनि काम गर्न सजिलै भयो भन्न थालेका छन् १ नं. प्रदेशका किरातीहरुले ।
जनयुद्धको थालनी गर्दा पनि क.प्रचण्डले जातीय स्वायत्तताको अतिरिक्त ऐतिहासिक पृष्ठभूमि र थातथलोको आधारमा लिम्बुवान, खम्बुवान, ताम्सालिङ, मगरात, थारुवान, किरात, नेवाः, तमुवान र कर्णाली स्वायत्तताको कुरा नउठाएका पनि होइनन् । प्रचण्डका यही भनाइलाई आत्मसात गर्दै माओवादीको नेतृत्वमा भएको जनयुद्ध र जनआन्दोलनमा आदिवासी, मधेसी, महिला, दलित, उत्पीडित समुदाय तछाडमछाड गर्दै होमिए । प्रचण्डहरुका यस्ता चर्का नारामा जनमुक्ति सेनामा भर्ति भएर हजारौं युवाहरुले स्वशासन, पहिचान र आत्मनिर्णयको अधिकारको मुद्दाहरुमा समर्पित हुँदा मृत्युवरण गरे । फलस्वरुप अहिले नेपालमा जस्तो भएपनि संघीयताको जग बसेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार