संविधान संशोधनको कुरा ओझेलमा

द्वारा प्रकाशित गरिएको हो |
January 10th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । गणतान्त्रिक संविधान निर्माण हुँनासाथ नेपाली जनताले अमान्य घोषित मात्र गरेका थिएनन् देशव्यापी रुपमा संविधान संशोधनको नारा उराल्दै आन्दोलन नै छेडेका थिए । सो आन्दोलनमा संयौले साहदत पनि प्राप्त गरे । तर पनि राजनैतिक दलहरुले संविधान संशोधनको माग राख्दै आन्दोलनमा होमिएका जनताका भावनालाई कुठाराघात गरे र गरिरहेका छन्, जो मनाशिव देखिदैन । संविधान भनेको जनताले रुचाएको हुनुपर्छ । सबै तह, वर्ग र समुदायलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । जसले शासन चलाउने कानूनी हैसियत राख्न सकोस् । यद्यपि विश्वका कतिपय मुलुकहरुले संविधान विना परम्पराकै आधारमा शासन सञ्चालन गर्दै पनि आइरहेका छन् । तर हाम्रो मुलुकमा परम्पराको भरमा शाषित हुने अवस्था छैन । हामीले संवैधानिक सरोकार अवलम्वन गर्दै शासन गरेको धेरै वर्ष बितिसक्यो अहिले हामीले चाहेको जस्तो संविधान पाएका छैनौं । संविधान छ तर अपुरो र अधुरो छ । संविधान लोकतान्त्रिक, गणतान्त्रिक छदै छैन । साचिनै भन्ने हो भने अहिले हाम्रा सामु लगभग टाउकोबिनाको मुर्कुटे संविधान छ । हाँस उठ्दो कुरो कतिपय प्रदेशको नाम नै रहन सकेको छैन । यही कारण मुलुकमा बेथिति हामी भएको हो । राजनैतिक अस्थिरताको कारण कानूनी राज्यको उपहास हुन थालेको छ । राज्य संचालन गर्ने विश्वासिलो कानूनी अभावकै कारण भ्रष्टाचार, कालोबजारी, चोरी, डकैती, हत्या, हिंसा, अपहरण जस्ता थुप्रै आपराधिक क्रियाकलापहरु बढ्दै गइरहेका छन् । यसलाई नियन्त्रण गर्ने एकमात्र निकाय सर्वाेच्च अदालत समेत विवादित बनिरहेको छ । ठूला राजनीतिकदलहरुमा डनवाद हावी छ । भ्रष्ट र भ्रष्टाचारीहरुको जमघट छ । यस्ता घटनाहरुका श्रृंखला गनेर साध्य छैन । असंख्य छन् । दलका नेतादेखि कार्यकर्तासम्म खुलेआम आपराधिक गतिविधिमा संलग्न हुँदै आइरहेका देखिन्छन् । जनहित अनुकूल काम गर्ने कसम खाएर, जनताबाट निर्वाचित भएकाहरु नै यसरी आपराधिक क्रियाकलापमा लागेपछि र सर्वाेच्च अदालतमै बिचौलियाहरुको घेराबन्दीमा परेपछि सर्वसाधारण जनताले न्याय पाउने त परकै कुरा, न्यायिक स्वतन्त्रताको अनुभूति गर्ने कुरै आउँदैन ।
अहिले नेपाली नेपली जनता यस्तै विविध खाले दुःखद् अवस्थाबाशट गुज्रिरहेका छन् । देशमा हावी रहेको निरंकुश शासन पद्धतिलाई तिलाञ्जली दिएर जनमुखि गणतान्त्रिक शासन पद्धति स्थापना गर्नका लागि जनताले ऐतिहासिक जनआन्दोलन गरे । ०६२÷०६३ मा थुप्रै नेपाली जनताले रगतको खोलो बगाए । थुप्रैले आफ्नो जीवनको आहुति दिए । तर उनीहरुले सोचे अनुरुप शासन पद्धतिमा परिवर्तन देखिएन । एउटा राजा हटाउन सर्र्वसाधारण जनताहरुलाई रगतको होली खेल्न उक्साउने नेताहरु नै उल्टै छोटे राजाहरुको रुपमा उदाए । जनताले मुलुकको शासकीय स्वरुप फेरिएको आभाष पाउन सकेनन् । देश र जनताको हितको लागि भनेर जीवनको आहुती दिने वीर सहिदहरुको सपना पानीका फोका सरह भए, साकार हुन पाएन । त्यसैले पनि जनताले नेताहरुलाइृ गद्दार भन्न रुचाउँदैछन् । किनभने सहिदहरुको रगतको अवमूल्यन गर्ने यिनै नेताहरु हुन् भन्ने कुरा घामझै छर्लंङ्ग भइसकेको छ । जनताको सम्मान सँधै पाइराख्ने, जनताप्रति सँधै उत्तरदायी बनिराख्ने हो भने वास्तवमा राजनीतिक दलका नेताहरुले यस्ता घटिया चरित्र देखाउने थिएनन् । सहिदको रगतको मूल्य भुल्ने थिएनन् । सहिदको श्राद्ध खाने थिएनन् । मूर्खको अगाडि दैवको पनि केही लाग्दैन भनेझै महामुर्ख सावित भएका यी अनैतिक भ्रष्टहरुका अगाडि निरिह जनताहरुको के नै लाग्दो रहेछ । अहिलेको अवस्था यही रहेको छ नेपालको सन्दर्भमा ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार