गठबन्धनमा भागबण्डाको किँचलो

द्वारा प्रकाशित गरिएको हो |
January 3rd, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । सर्वहारा वर्गृको उत्थान र सामान्ती प्रथाको पूर्ण अन्त्य गर्दै मुलुकमा आमुल परिवर्तन गर्ने महान् उद्देश्यका साथ जनयुद्धको सुरुवात गर्ने माओवादी केन्द्र हाल गठबन्धन सरकारमा छ । तर पनि देश ‘चुच्चे ढुंगो, उही टुंगो’को अवस्थाबाट गुज्रिरहेको छ । देश झनै आजको अवस्थामा आइपुग्दा भ्रष्टाचार, अनियमितताको दलदलमा फसेको छ । झन् यतिबेला राप्रपाका अध्यक्षले भनेझै संसद संसद जस्तो छैन, न्यायलय न्यायलय जस्तो छैन, राजनैतिक दल र त्यसको शीर्षस्थ नेताहरुलाई जनताले विश्वास गरिरहेको अवस्था
छैन । साच्चै नै भन्नुपर्दा नेताहरुले जनविश्वास गुमाइसकेका छन् । देश आजको अवस्थामा आइपुग्नुको पछाडि राजनैतिक दलका नेताहरु नै प्रमुख जिम्मेवार छन् । नेपाली जनताहरुलाई यसबाट पर राख्न सकिदैन । सत्ता स्वार्थका लागि राजनीतिक दल र त्यसका नेताहरुले जनतामा भ्रम पैदा गरिरहेका छन् । देखावटी रुपमा क्रान्तिकारी नारा उराल्ने गर्छन् तर व्यवहारमा राष्ट्रघाति काम मात्र गर्दै आउँछन् । निहित स्वार्थ हेतु विदेशी हस्तक्षेप भित्र्याउने काम गरिरहेका छन् । यही कारण आज मुलुकमा नेपाली जनताको भावना ओझेलमा परिरहेको
हो । गणतन्त्र ल्याउने र राजतन्त्रको अन्त्य गर्ने नाउँमा दलहरु बुखेचा
बनिदियो । महाकाली सन्धिलाई महाकाली सन्धि भन्नेहरुले नै अपर कर्णाली जस्ता प्रोजेक्टहरु विदेशीलाइ सम्पिदिने काम गरे । निचोडमा भन्नुपर्दा नेताहरुमा राष्ट्रवादी भावना पटक्कै देखिदैन । उनीहरु मुलुकमा वितण्डा मच्चाई भागशान्ति, जय नेपालमा रजाइ गरिरहेका छन् । उत्तरी ध्रुव र दक्षिणी ध्रुव फर्केका दलहरु आफ्नो स्वार्थको लागि एउटै विन्दुमा बस्ने गर्दछन् । वर्तमान गठबन्धन यसैको उदाहरण हो । तर यो गठबन्धन कुन दिन तोडिने हो भन्न सकिने अवस्था
छैन । जुन दिनसम्म स्वार्थ मिल्छ त्यो दिनसम्म मात्रै वर्तमान सरकार रहने हो स्वार्थ बाझे पछि एक दिन पनि रहने छैन, यतिबेला बर्तमान गठबन्धनको टार्गेट आसन्न राष्ट्रिय सभा निर्वाचन र एमसीसी लगायतका सवाल नै हो । भागबण्डा मिलेन र एमसीसीको सवाल बारे कुरा मिलेन भने गठबन्ध एक सेकेण्ड पनि रहनेवाला छैन । अहिले गठबन्धन भित्र यिनै सवालहरुमा किचँलो बढिरहेको छ । माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन आबद्ध राजनीतिक दलहरुबीच सिट भागबण्डाको किँचलो छदैछ । नेपाली कांग्रेस, नेकपा एकीकृत, जसपा, माओवादी केन्द्रबीच राष्ट्रिय सभा निर्वाचनमा रिक्त भएको सिट भागबणमा धेरै पटक छलफलमा बसे पनि अझैसम्म उनीहरुको किचलो यथावत् नै छ
भनिन्छ । आगामी फागुन २० बाट रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि मिति तोकिसकेको
छ । स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रसले आफुलाई १० सिट, नेकपा एकीकृत समाजवादीलाई ४, माओवादी केन्द्रलाई ४ र उपेन्द्र यादवको जसपालाई १ सिटको भाग लगाएको
छ । तर प्रचण्ड र माधव नेपालले भने कांग्रेसको उक्त भागबण्डालाई मानेका छैनन् । यही नै उनीहरुको किचलोको विषय बनेको छ । स्मरण रहोस् यी दलहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेरै अगाडि बढ्ने समझदारी गरेका थिए । आशन्न राष्ट्रिय सभा निर्वाचनले १९ जना र राष्ट्रपतिबाट मनोनित गरी जम्मा २० जना सदस्यको पदावधि सकिन लागेको हो । यी पदहरुको निर्वाचनको लागि नै आयोगले १२ माघ बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएका मतदान केन्द्रहरुमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुने तय गरिसकेको छ । आयोगका अनुसार निर्वाचनका लागि प्रदेश १ मा २ वटा मतदान केन्द्र र अन्य ६ वटा प्रदेशहरुमा १ वटा मतदानस्थलभित्र २÷२ वटा मतदान केन्द्र रहने गरी जम्मा १ वटा मतदान केन्द्रको व्यवस्था गरीएको छ । प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर र प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा निर्वाचन आयोगले व्यवस्था गर्ने भएको छ । प्रदेश २ मा भने महेन्द्रनारायण नि िभवन जनकपुर, बागमती प्रदेशको हका औद्योगिक क्षेत्र व्यवस्थापन लि.को सभागृह, गण्डकी प्रदेशको लागि प्रदेशकै निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत तोकिएका छन् भने सुदुरपश्चिम प्रदेशका लागि भने प्रदेश सभा भवन धनगढीमा मतदान स्थल तोकिएको निर्वाचन आयोगका प्रवक्ता सालिकराम पौडेलद्वारा थाहा हुन आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार