को हुन् कुलुङ, के हो, मीनाम्री–दाचाम्/’चाक्चाकूर’?

द्वारा प्रकाशित गरिएको हो |
December 27th, 2021
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

—निनाम लोवात्ती
हो, जसरी नेपालका अन्य जातिहरु जस्तै थारु, मगर, लिम्बु, सुनुवार, थामी, याक्खा आदिको आआप्mनै जातीय स्वपहिचान र सोहीअनुसारको चाडबाड, रीतिथिति, चालचलन आदि छ, त्यसरी नै कुलुङ जातिको पनि आप्mनै जातीय स्वपहिचान र सोहीअनुसारको चाडबाड, रीतिथिति, चालचलन आदि रहेको छ ।
नेपालका अन्य जातजाति अथवा समुदायको आप्mनै प्रकारको मातृभाषा, संस्कार, संस्कृति, रहनसहन, भेषुभषा, रीतिरिवाज, चालचलन, परम्परागत कानुन, मूल्य, मान्यता, नैतिक शिक्षा, विशिष्ट खालको जीवनचक्र, लिखित वा अलिखित इतिहास, जातीय संरचना, परम्परागत रुपमा पिता, पूर्खाहरुले मान्दै आएको धर्म, चाडपर्व, भेषभुषा, बाजागाजा, गरगहना आदि छ, त्यसरी नै कुलुङ जातिको पनि आप्mनै मातृभाषा, संस्कार, संस्कृति, रहनसहन, भेषुभषा, रीतिरिवाज, चालचलन, परम्परागत कानुन, मूल्य, मान्यता, नैतिक शिक्षा, विशिष्ट खालको जीवनचक्र, लिखित वा अलिखित इतिहास, जातीय संरचना, पिता, पूर्खाहरुले मान्दै आएको धर्म, चाडपर्व, परम्परागत कानुन, भेषभुषा, बाजागाजा, गरगहना आदि छ । जुन कुरो जाति हुनलाई चाहिने प्रमुख आधारहरु हुन् । अझ नेपालका कतिपय जातजाति (खासगरी आदिवासी जनजातिमा सूचीकृत भएका कथित् ५९ जाति) हरुमध्ये धेरैको उत्पत्तिथलो अर्थात् ऐतिहासिक भूमि कहाँ हो ?, पितापूर्खा को हुन् ? अत्तोपत्तो छैन । तापनि उनीहरु बिना आधार जताभावी आदिवासी जनजातिमा सूचीकृत भएको अवस्था छ । तर, कुलुङ जातिको त हजारौंं वर्ष अघिदेखि आप्mनो पितापूर्खाहरुले चर्चेको वा भनौं खनीखोस्री गरेको र, अनन्तकालेखि ! बस्दै आएको ऐतिहासिक भूमि ‘महा–कुलुङ भूमि’ पनि छ । जुन हालको राजनैतिक विभाजनअनुसार १ नम्बर प्रदेशको सोलुखुम्बु जिल्लामा पर्ने महा–कुलुङ गाउँपालिका र सोताङ गाउँपालिकाको भू–क्षेत्रमा पर्छ ।
हरेक पुस १५ गते कुलुङ जातिको नयाँ वर्ष तथा मीनारी दाचाम् ‘चाक्चाकूर’ पर्व पर्ने गर्छ । हुन त गत वर्ष भने गुरुङ जातिको ‘तमु ल्होछार’ र कुलुङ जातिको नयाँ वर्ष तथा मीनारी दाचाम् ‘चाक्चाकूर’ पनि सँगसँगै परेको थियो । त्यसैले तमु ल्होछारबारे नेपालका प्रायः सबै सञ्चारमा जस्तै पत्रपत्रिका, अनलाइन, रेडियो, एफएम, टेलिभिजन आदिमा समाचार प्रकाशित भयो । तर, सोही समयमा परेको कुलुङ जातिको नयाँ वर्ष तथा मीनारी दाचाम् ‘चाक्चाकूर’ चार्ड पर्वबारे भने नेपालका राष्ट्रियस्तरका कुनै पनि पत्रपत्रिका, अनलाइन, एफएम आदिमा समाचार आएन । जे होस्, कुलुङ जातिले पुस १५, १६ र १७ गते (तीन दिन) लाई मनाउने गर्छ । त्यस्तै यो वर्षको पुस १५ गतेदेखि कुलुङ जातिको नयाँ वर्ष (येले दोङ–५०८२) अर्थात् ‘मिनारी–दाचाम् चाक्चाकूर’ पर्व सुरु हुँदैछ । त्यसैले कुलुङ जातिले मनाउने चाक्चाकूर पर्व कसरी सुरु भयो ? कहिलेदेखि सुरु भयोे ? कुलुङ जातिका मानिसहरुले किन ‘मीनारी दाचाम् चाक्चाकूर’ पर्व मनाउँछन् ? आदिबारे जान्नेतर्पm ।
जसरी नेपालका अन्य जातजाति अथवा समुदायको आप्mनै प्रकारको मातृभाषा, संस्कार, संस्कृति, रहनसहन, भेषुभषा, रीतिरिवाज, चालचलन, परम्परागत कानुन, मूल्य–मान्यता, नैतिक शिक्षा, विशिष्ट खालको जीवनचक्र, लिखित वा अलिखित इतिहास, जातीय संरचना, परम्परागत रुपमा पितापूर्खाहरुले मान्दै आएको धर्म, चाडपर्व, भेषभुषा, बाजागाजा, गरगहना आदि छ, त्यसरी नै कुलुङ जातिको पनि आप्mनै मातृभाषा, संस्कार, संस्कृति, रहनसहन, भेषुभषा, रीतिरिवाज, चालचलन, परम्परागत कानुन, मूल्य, मान्यता, नैतिक शिक्षा, विशिष्ट खालको जीवनचक्र, लिखित वा अलिखित इतिहास, जातीय संरचना, पितापूर्खाहरुले मान्दै आएको धर्म, चाडपर्व, परम्परागत कानुन, भेषभुषा, बाजागाजा, गरगहना आदि छ । जुन कुरो जाति हुनलाई चाहिने प्रमुख आधारहरु हुन् । अझ नेपालका कतिपय जातजाति (खासगरी आदिवासी जनजातिमा सूचीकृत भएका कथित् ५९ जाति) हरुमध्ये धेरैको उत्पत्तिथलो अर्थात् ऐतिहासिक भूमि कहाँ हो ?, पितापूर्खा को हुन् ? अत्तोपत्तो छैन । तापनि उनीहरु बिना आधार जताभावी आदिवासी जनजातिमा सूचीकृत भएको अवस्था छ । तर, कुलुङ जातिको त हजारौंं वर्ष अघिदेखि आप्mनो पितापूर्खाहरुले चर्चेको वा भनौं खनीखोस्री गरेको र, अनन्तकालेखि ! बस्दै आएको ऐतिहासिक भूमि ‘महा–कुलुङ भूमि’ पनि छ । जुन हालको राजनैतिक विभाजनअनुसार १ नम्बर प्रदेशको सोलुखुम्बु जिल्लामा पर्ने महा–कुलुङ गाउँपालिका र सोताङ गाउँपालिकाको भू–क्षेत्रमा पर्छ ।
यसरी कुलुङ जातिले मनाउने विभिन्न चाडपर्वहरुको कुरो गर्दा नयाँ वर्ष अर्थात् ‘मीनारी–दाचाम् चाक्चाकूर’ पनि एक हो । कुलुङ जातिले नयाँ वर्षलाई ‘नीङ दोङ भनी पुकार्छन् भने यसै अवसरमा ‘मीनारी–दाचाम् चाक्चाकूर’ पर्वलाई तीन दिनसम्म हर्षोल्लासका साथ मनाउने गर्छन् । कुलुङ जातिको आधिकारिक संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृतिथ उत्थान संघ (कूलू गूसखोम)’ ले विसं २०६१ र विसं २०६८ मा सुनसरी जिल्लाको धरान (सेउती पारि) मा देशभरिका कुलुङ जातिका पितापूर्खाहरुको भेला डाकेर कुलुङ जातिको परम्परादेखि मान्दै र गर्दै आएको वास्तविक र मौलिक चाडपर्व, धर्मकर्म, संस्कार, संस्कृति, परम्परागत कानुन, मूल्य, मान्यता, रीतिथिति, रहनसहन, भेषभुषा, खानपान, बाजागाजा, गरगहना, नाचगान, खेलुकद, ऋतुअनुसार गरिने परम्परागत विधि–विधान आदि केके हुन्÷छन् ? भनी छलफल गर्न र कुलुङ जातिभित्र चाडबाड र पर्वहरु मनाउने क्रममा देश विदेशमा रहेका कुलुङहरुबीच सकेसम्म एकरुपता ल्याउन र, नयाँ पिँढीलाई प्रस्ट पार्न वा भनौं बुझाउनका लागि देशभरिका कुुलुङ जातिका पितापूर्खा (बूढापाका) हरुलाई भेला पारेर बृहत् रुपमा छलफल गरेको थियो । सो भेलामा भेला भएका कुलुङ जातिका पितापूर्खाहरुका ‘अनुसार प्राचीन कालमा कुलुङ समुदायले ‘मीनारी–दाचाम् चाक्चाकूर’ मनाउँदा बाँसको ढुंग्रोमा भात र तिहुन पकाएर बाँसकै चोयाले बुनेको डालोमा राखी, बाँसकै खपटा वा पातमा पस्केर खाने गरिन्थ्यो ।’ यसरी बाँसको ढुंग्रोमा पकाएको भात र तिहुनलाई कुलुुङ भाषामा ‘पीतीतीम’ भनिन्छ । कुलुङ जातिले तीन दिनसम्म ‘मीनारी–दाचाम् चाक्चाकूर’ मनाउने क्रममा पहिलो दिन सबैले आ–आफनै घरमा मीठो मसिनो जे छ, त्यही पकाएर, तुल्याएर खाने गरिन्छ भने दोस्रो दिन छोरीचेलीहरु माइतीहरुको दीर्घायु, सुख, शान्ति र सफल जीवनयापनको कामना गर्न र आशिष दिन आफ्नो माइतीघर आउने प्रचलन छ । यस कार्यलाई कुलुङहरु ‘तोबूवा दोलम्’ भन्छन् । त्यस्तै तेस्रो दिनका दिन माइतीपक्ष पनि छोरीचेलीलाई उही रीतले आशिष दिन छोरीचेलीहरुको घर जाने गरिन्छ । यस कार्यलाई ‘तोबूवा पिलम्’ भनिन्छ । अझ प्रस्टसँग भन्नु पर्दा महा–कुलुङ क्षेत्रमा मुलुकी ऐन (वि.सं. १९१० लागू हुनु अघिसम्म) ले वाधा नगरेसम्म खुल्ला रुपमै गोरु काटेर ‘मीनारी–दाचाम् चाक्चाकूर’ मनाउने गरिन्थ्यो ।
कुलुङ जातिमा ‘मीनारी–दाचाम् चाक्चाकूर’ कसरी मनाउन थालियो ? भन्ने सम्बन्धमा एक किम्बदन्ती पनि रहेको छ । सो किम्बन्दीअनुसार कुलुङ जातिका विभिन्न (स्मरणीय छ, कुलुङ जाति, कुलुङ भनी चिनिनुअघि, कुलुङको २३ पुस्ता थिए) आदिम पूर्खामध्ये खार र दुम्दुलिमको दुई छोरी लोस र खेउ एक छोरा खोक्चिलीप गरी तीन सन्तान रहेका थिए । तिनीहरु सानो छँदै खार र दुम्दुलिमलाई ललदूम (वनमान्छे) ले खायो । त्यसपछि लोस र खेउले भाइ खोक्चलीपलाई वेवारिसे अवस्थामा छाडेर गए । खोक्चिलीप ठूलो भएपछि उनले वेइलिम्मासँग विवाह गरे । एक दिन खोक्चिलीपले आफ्नी श्रीमती वेइलिम्मालाई आफ्नो दुई दिदीहरु प्नि थिए भनी बताए । त्यसो हो भने दिदीहरुलाई खोजेर ल्याउन त भनी वेइलिम्माले भनेपछि खोक्चिलीप आफ्ना दिदीहरु खोज्न हिँडे । नभन्दै भाइ र दिदीहरुको भेट पनि भयो । तर, दिदीहरुले भाइ मरीसकेको ठानेका थिए । यसरी अकस्मात भाइसँग भेट भएपछि दिदीहरु आश्चार्यमा पर्नुका साथै सानैमा भाइलाई बेवारिसे अवस्थामा छाडेर गएकोमा पश्चाताप गरे । तापनि भाइले आप्mनो घर जान आग्रह गरेपछि भाइको आग्रहलाई नाई भन्न सकेनन् । उनीहरु भाइको घरमा गएर ‘नयाँ अन्न–बालीबाट बनेको मिठो–मसिनो खाए, पिए । साथै नाचगान गरेर रमाइलो गरे ।’ सोही दिनदेखि कुलुङ जातिले ‘चाक्चाकूर’ मनाउन थाले । यसरी कुलुङ जातिमा चाक्चाकूर मनाउने प्रचलन सुरु भएको हो ।
स्मरणीय छ, वि.सं. २०६८ को ११ औं राष्ट्रिय जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ जना रहेको छ भने, कुलुङ भाषाका वक्तासंख्या भने झण्डै पाँच हजार हाराहारीले बढी संख्या रहेको छ । अर्थात् कुलुङ भाषाका वक्ता संख्या ३३ हजार १ सय ७० जना रहेको छ । तर, राज्यले कुलुङ जातिलाई हालसम्म अलग्गै जाति नमानेको हुनाले गर्दा पुस १५, १६ र १७ मा पर्ने कुलुङ जातिको महान तथा प्रमुख चाड ‘मीनारी–दाचाम् चाक्चाकूर’को अवसरमा नेपाल सरकारले राष्ट्रियस्तरमा सार्वजनिक विदा दिने गरेको छैन । यसरी केन्द्र सरकार र प्रदेश सरकारले सरकारीस्तरमा सार्वसजिनक विदा नदिए तापनि गएको तीन वर्षदेखि कुलुङ जातिको ऐतिहासिक भूमि रहेको सोलुखुम्बु जिल्लाको ‘महाकुलुङ गाउँपालिका’ र संखुवासभा जिल्लाको ‘सिलिचोङ गाउँपालिका’ले चाहिँ, कुलुङ जातिको चाड ‘मीनारी–दाचाम् चाक्चाकूर’को अवसरमा स्थानीयस्तरमा सार्वजनिक रुपमा विदा दिँदै आएको छ । आशा गरौं, भविश्यमा केन्द्र सरकार र प्रदेश सरकारले पनि कुलुङ जातिको चाड ‘मीनारी–दाचाम् चाक्चाकूर’को अवसरमा सार्वजनिक रुपमा बिदा दिनेछ ।

थप केही जानकारी चाहिएमा

९८४९९८५९९७, ९८६२४३६०४९
[email protected]

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार