छहराको सवाल–क.दुर्गा राईको जवाफ

द्वारा प्रकाशित गरिएको हो |
December 27th, 2021
अनुमानित पढ्ने समय : 6 मिनेट
फाईल तस्विर

भोजपुरको छिनामखु–२ मा २०१७ साल असोजमा जन्मनु भएकी दुर्गा राई विद्यार्थी जीवनकालदेखि नै सक्रिय राजनीतिमा लाग्नुभएको हो । भोजपुर क्याम्पसममा अखिल छैठौंको स्ववियु कोषाध्यक्ष र पछि क्रमश पार्टीको भोजपुर जिल्ला समिति सदस्य, २०६९ सालमा किरात राष्ट्रिय मुक्ति मोर्चाको उपाध्यक्ष हुँदै अध्यक्ष हुनुभएकी पार्टीको पोलिटब्यूरो सदस्य, हाल पार्टीको अनुशासन आयोगकी केन्द्रीय सदस्य रहनुभएकी दुर्गा राईसँग छहरा साप्ताहिकले गरेको कुराकानीको सार संक्षेप !  

— जनयुद्धकालमा घाइतेहरुको उपचारको व्यवस्थापनका लागि भैपरी आउने अत्यावश्यक सामाग्रीहरुको ओसारपसार, नेतृत्वको सेल्टर व्यवस्थापनमा कार्यरत रहे ।
— किरात राष्ट्रिय मोर्चाममा २०६९ मा उपाध्यक्ष हुँदै अध्यक्ष समेतमा कार्यरत रहे, त्यसपछि पार्टीको पोलिटब्यूरो सदस्य रही काम गरे,
— हालमा पार्र्टीको अनुशासन आयोगको केन्द्रीय सदस्यमा रही पार्टीले दिएको जिम्मेवारी बहन गरिरहेको छु ।
— यो देशमा आदिवासी/जनजाति समुदायको पूर्ण मुक्ति र उनीहरुको सत्ता साझेदारी बिना मुलुकले छलाङ्ग मार्न सक्दैन भन्ने मेरो ठम्याई छ ।

तपाईले विद्यार्थी कालदेखि लिएर हालसम्म पार्टीको गतिविधिमा रहेर के–के काम गर्नुभयो ?
भोजपुरको धनसुरे जंगलको भूमिगत बैठकबाट पार्टीको राष्ट्रिय सम्मेलनको प्रतिनिधि छानिनु भन्दा अगाडि विद्यार्थी राजनीतिमा सक्रिय थिए । सो बेला दलहरु भूमिगत अवस्थामा थियो । त्यसबेला म अखिल छैठौंको कोषाध्यक्ष भएर काम गर्दैगर्दा भोजपुर क्याम्पसमा अध्ययन गर्न गए । अध्ययनको क्रममा स्ववियूको कोषाध्यक्ष निर्वाचित भए । २०४१ सालमा ३ जनाको भोजपुर जिल्ला पार्टी समिति गठन भयो त्यसमा म १ जना थिए । २०४२ पछि मोटो र पातलो मसाल विभाजित हुन पुग्यो । भोजपुरमा भने मोटो मसाल मात्र रह्यो । सो समयमा भारतमा हुन लागेको पार्टीको महाधिवेशनको लागि प्रतिनिधि छनौट गर्न नेता रामवृक्ष यादव भोजपुर आउनुभयो र भूमिगत रुपमा धनसुरे जंगलमा पार्टीको बैठक बस्यो सोही बैठकबाट सम्मेलनको लागि प्रतिनिधिको रुपमा म छानिए । भारतमा सम्पन्न सोही बैठकले नै हाम्रा अध्यक्ष प्रचण्डलाई पहिलो पटक पार्टीको महासचिवमा हामीले निर्वाचित गर्यौं । त्यसपछि २०४६ मा अध्ययनको शिलशिलामा म काठमाडौं आएकी हुँ ।

जनयुद्धकालमा मैले भनेझै घाइतेहरुको उपचारको व्यवस्था मिलाउने, औषधीजन्य सामाग्री लगायत अन्य सामाग्रीहरु ओसारपसार गर्ने कार्यहरुदेखि लिएर नेतृत्व पंक्तिलाई सेल्टर व्यवस्थापनको कार्य समेत गरे । पार्टी खुल्ला भए पछि उपत्यकामा थप क्रियाशील रहे । यी नै मेरा उदाहरणीय कार्यका कारण पार्टीले मलाई २०६४ मा संविधान सभा सदस्य र २०७६ मा प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएर मेरो हौसला बढाएकोमा म पार्टी प्रति कृतग्न रहेको छु ।

अहिले के गरिरहनु भएको छ ?
नियमित अफिसियल काम नभएकोले बिषेश गरी अध्ययन, लेखनको साथै आफूलाई आवश्यक पर्ने सूचनाहरु लिने र व्यक्तिगत तथा सांगठानिक छलफल बैठकहरुमा सहभागिहुने यस्तै यस्तै चलिरहेको छ ।
राजनीतिमा कहिलेदेखि लाग्नु भयो र कम्युनिष्ट पार्टीको सदस्य कहिले लिनुभयो र कुनकुन समितिमा काम गर्नुभयो बताइदिनुस न ।
स्कुले जीनवदेखि नै राजनीतिमा लागियो । २०३५ सालमा एस.एल.सी. दिएपछि अझ सक्रीयताको साथ लागियो । २०३८ सालमा अनेरास्ववियु छैठौको भोजपुर जिल्ला समितिको कोषाध्यक्ष भएर काम गरेँ ।
त्यो बेला पार्टी भूमिगत थियो । धेरै काम विद्यार्थीहरुले गुर्नुपथ्र्यो । २०३६ सालको संयुक्त विद्यार्थी आन्दोलनको करण निरंकुश पञ्चायती व्यवस्था जनमत संग्रह गर्न बाध्य भयो ।
त्यो बेला पार्टी सदस्यता लिनु आजभोली जस्तो सस्तो र सजिलो थिएन । मैले संगठनमा काम गरेको ४ वर्षपछि २०३८ सालमा चोैथो महाधिवेशन (चौम)को (कम्युनिष्ट पार्टीको) सदस्यता लिएँ । नेपाल कम्युनिष्ट पार्टी टुटफुटफुट हुँदा चौथो महाधिवेशन (चौम) पनि २०४० सालमा बहुमत र अल्पमतमा विभाजित भयो । बहुमतको मोहनविक्रम सिंह र अल्पमतको निर्माल लामाले नेतृत्व गरे । भोजपुरका अधिकांश साथीहरु अल्पमततिर लागे । म बहुमतको पक्षमा रँहे । २०४१ सालमा म सहित ३ जनाको भोजपुर जिल्ला समिति निर्माण ग¥यौं । केशर प्रधान सेक्रेटरी, गणेश थापा र म सदस्य थियौं । अल्पमतमा नारायण गौतम, बसन्त पाख्रिन र एकबहादुर राईहरु लागे ।
त्यो बेला पार्टीको बैठक राति बस्नु पथ्र्यो । दिउसो बस्दा जंगलमा बस्नु पथ्र्यो । भोजपुरको धनुसुरे जंगलमा कैयौ पटक बैठक बसियो । झण्डा, ब्यानर पटुका बनाएर  बोक्नु पथ्र्यो । धेरै पटक झण्डा पटुका भित्र लुकाएर कार्यक्रम स्थल पु¥याएको याद छ । पार्टी प्रतिबन्द भएको कारण वारेन्ट र तारिक भन्ने विषय हाम्रो लागि साधारण थियो । बिशेष गरेर अखिलका विद्यार्थीहरुलाई प्रशासनको निशाना थियो । पार्टीको कामहरु पनि हामी विद्यार्थी संगठनले गर्नुपथ्र्यो ।
म भोजपुरबाट विद्यार्थीहुँदै त्यो बेला पार्टीको जिल्ला सदस्य, एकता केन्द्र, नेकपा माओबादीको केन्द्रीय सदस्य, पोलिटब्यूरो सम्म भएर पार्टीमा काम गर्दै आएको छु । अहिले माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोगको सदस्य छु ।

दुई पटक उम्मेदवार बन्नु भयो सांसद हुनु भएन किन ? पार्टीमा यति लामो इतिहास छ । अवसर दिएको देखिदैन । मान्छे त अवसर पाएन भन्ने बिचार संगठन परिवर्तन गर्छन । तपाई यहि पार्टीमा रहिरहनु भएको छ, कहिले काँही बितृष्णा हुँदैन ?
२०६४ सालको पहिलो संविधान सभा र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा माओवादी पार्टीले उमेद्वार बनायो । पार्टीमा योगदान, लगानी, क्षमता एउटा पक्ष र सांसद बन्ने, नबन्ने प्राविधिक बिषय रहेछ । २०६४ सालको संविधान सभाको निर्वाचनमा माओवादी जनयुद्धको रापताप थियो ।
युद्धबाट आँउनुभएका नेता, शहिद, बेपत्ता परिवार र घाइते साथिहरुलाई अवसर दिनुपर्छ भन्ने लाग्यो । पछि परिणाम हेर्दै जाँदा जनयुद्धकालीन साथीहरुले भन्दा प्राविधिक तरिका जान्ने व्यक्तिहरुले अवसर पाएको देखियो । अवसरबादीहरु हाबी हुँदै गए । २०७४ सालको निर्वाचन पार्टी अलि कमजोर देखियो । मत पनि अलि कम आयो ।
जहाँसम्म तपाईको प्रश्न छ, पार्टीले अवसर नदिएपनि बिचार, संगठन परिवर्तन नगरेको बिषय । विचार, संगठनलाई सहायक र अवसरलाई प्रमुख मान्ने विचारमा स्खलन हुने व्यक्तिहरुले पार्टी परिवर्तन गर्छन । कम्युनिष्टहरु विचार, सिद्धान्तलाई प्रमुख मान्छौ । विचारलाई मान्नेहरु संगठनलाई आत्मासात गर्नुपर्ने हुन्छ ।
यद्यपि योगदानको आधारमा अवसर चहिन्छ नै । पार्टीले एउटै ब्यक्तिलाई पटक पटक अवसर दिनुहुँदैन । पार्टीले इतिहास, योगदान र क्षमताको आधारमा अवसर वितरण गर्ने हो भन्ने हामी अग्र स्थानमै छौ भन्ने लाग्छ । अवसर दिएन भनेर फन्कि हाल्नेभन्दा विचार अनुसारको राज्य ब्यबस्था स्थापना गर्ने प्रमुख काम हो भन्ने लाग्छ ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय अनुशासन आयोगको सदस्य हुनुभयो, बैठक बस्नु भयो ? के के निर्णय भयो ?
आहिले हाम्रो पार्टी वडा, स्थानीय तह र प्रदेशहरुको सम्मेलनहरु सकेर यही पौषको ११, १२ र १३ गते पार्टी केन्द्रीय महाधिवेशन हुदैछ । अति बढी पार्टी संगठनको ध्यान त्यता छ । माओवादी केन्द्र मुलुक परिवर्तन गर्ने मुख्य मुद्दाका सम्बाहक पार्टी हो । मुलुकलाई नेतृत्व गर्ने पार्टी भएको कारण केही सुद्धिकरण गर्नुपर्ने देखिन्छ ।
त्यसैले पार्टी जीवनको सेरोफेरोमा रहि आयोगले आफ्नो निर्णयहरु (कामहरु) गर्नुपर्ने हुन्छ । त्यसैले अनुशासन आयोगलाई आफू र पार्टी संगठनलाई व्यवस्थित गर्दै अनुशासित बनाउन कार्यविधि र नियमवलीहरु तयार गर्ने कामहरु
हुदैछ । नेपाली नागरिकको आशा र भारोसाको पार्टी भएको कारण पार्टी प्रवेशको लहर चलेको देखिन्छ । पार्टी प्रवेश गर्ने नयाँ, पुराना सदस्यहरुलाई कार्यविधि र नियमावली मार्फत अनुशासित राख्न अनुशासन आयोगले भूमिकाखेल्छ ।

पार्टी सम्बद्ध आदिबासी जनजाति रास्टिूय मोर्चाको केन्द्रीय कार्यालय सदस्य हुनुहन्छ यो मोर्चाले चाहि के गरिरहेछ ?
पार्टी एकतापछि अदालतले बिभाजन गराइदियो । अदालतले बिभाजित गराइदिएपछि हामी संगठन केन्द्रदेखि नगर गाउँसम्म व्यवस्थित गर्ने क्रममै छौ । नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक मुलुक हो । १२५ जाति, १२३ वटा भाषिहरु १० वटा धार्मिक सामुदाय र ९ वटा विभिन्न सम्बतहरु संचालनमा छन् । सबैका आआफ्नै मौलिकता र पहिचान छ । मालेमावाद मान्ने आदिबासी जनजातिहरुको बाहुन्यता रहेको पार्टी हो माओवादी केन्द्र । नेपालमा उत्पीडित जाति, लिङ्ग, क्षेत्र र जातीय समुदायको मुक्तिको लागि जनयुद्ध ग¥यो । युद्ध कालमै आफ्नो पार्टीको संचरना नै पहिचानको आधारमा निर्माण गरिको थियो । देशमा वर्गीय मुक्तिसँगै जातीय मुक्ति हुनुपर्ने विचार राख्ने पार्टी हो माओवादी केन्द्र । त्यसैले आदिबासी जनजातिहरु युद्ध मोर्चामा लामबद्ध भएका थिए । माओवादीले स्थापित गरेको ३३ प्रतिशत महिलाहरुको सहभागिता संविधानमा नै उल्लेख भयो । समानुपातिक, समावेशी राज्य व्यवस्था कायम गर्ने पार्टीको योजना सफल बनाउन हाम्रो संगठन लागिरहेको छ । लागि पर्नेछ ।

प्रदेशहरुको नाम पहिचानको आधारमा नराखेर क्षेत्रकै आधारमा राख्दा पनि माओवादी पार्टी खास बोलेन नि ?
खासमा संविधान घोषणा गर्दा नै नाम राखिनु पथ्र्यो । प्रदेशको नाम किस्ता बन्दीमा आउने अवस्था आयो । संविधानले प्रदेश सभालाई नाम राख्ने अधिकार दियो । नेकपा (माओवादी केन्द्र) त आफूले स्थापित गरेको पहिचानको मुद्दालाई लागू गर्न दृढ संकल्पित छ । तर, नाम राख्न प्रदेश सभाको दुई तिहाइले पास गुर्न पर्ने बाध्यताको कारण समस्या भएको हो । पार्टी र पार्टीमा आबद्ध नेताहरु पहिचानको पक्षमा बोलिरहेका छन् । हामी निरन्तर प्रयासमा छौ ।

तपाई किरात राई यायोक्खाको पूर्ब उपाध्यक्ष, सल्लाहकार, किराती मोर्चाको पूर्व अध्यक्ष हुनुहुन्छ । १ नम्बर प्रदेशको नाम किरात रहला ? के लाग्छ यहाँलाई ?
किरात राई योयाक्खाले २०६३ सालदेखि किरात स्वायत राज्यको पक्षमा लागिरहेको छ । किरात राज्य प्राप्त गर्ने कुनै कसुर राखेको छैन । किराती रास्टिूय मूक्ति मोर्चा त यसै पनि राजनीतिक संगठन हो । यायोक्खा, किराती मोर्चा र पार्टी संगठनहरु लागि रहेका छौ ।
किरात कुनै साम्प्रदाय नभएर सम्यता, इतिहास र भूगोल भएकोले कसैले अस्वीकार गर्नुपर्ने कारण छैन । त्यसैले चाडै हामीले १ नम्बर प्रदेशलाई किरात भनेर सम्बोधन गर्न, सुन्न, देख्न र भोग्न पाउनेमा म विस्वास्थ छु ।

आदिबासी जनजाति राष्ट्रिय आन्दोलन(आजराने) को पनि केन्द्रीय कार्यालयमा हुनुहुन्छ । यो संगठन के गरिरहेको छ ? पद्यरत्न तुलाधरको निधन पछि त खास सक्रियता देखिदैन ? यसको औचित्य सकिएको हो ?
आदिबासी जनजाति आन्दोलनलाई नयाँ ढंगले उठाउने उदेश्यले आदिबासी जनजाति आन्दोलनको जन्म भएको
हो । पद्यरत्न तुलाधर दाईको निधन पछि श्रद्धाञ्जली सभाहरु र स्मृति दिवश गर्नमा सिमित जस्तो देखिएको छ । यद्यपि संगठन जीवित छ र रहन्छ । यो देशमा आदिबासी जनजातिहरु पूर्ण मुक्ति नभएसम्म र सत्ता साझेदारी नभएसम्म यो संगठनको औचित्य रहिरहने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार