आफ्नो साख नगिराऔं

द्वारा प्रकाशित गरिएको हो |
December 27th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

–राम मादेन
याक्थुङ (लिम्बू) समुदायको तर्फबाट लेख्दैछु ।
यथार्थ तितो पनि हुन सक्छ । मैले बोलेको, लेखेको भन्दा पनि समय
बोल्दैछ । समयको रफ्तारसंगै अनुभव र अनुभूतिहरू बोल्दैछन् ।
१. च्याब्रुङ सन्दर्भ
पञ्चायति व्यवस्थामा गोरु र गाईको छालाबाट च्याब्रुङ बनाउदा बनाउदै लगेर थुने । लोकतन्त्रमा अहिले पनि थुन्दैछन् । अहिले पनि सयौका संख्यामा हाम्रा दाजुभाईहरू सोही कारणले जेलमा सडेका छन् । त्यहि व्यवस्थाको विशेष समारोहरुमा च्याब्रुङवालाहरु बोलाईन्थे, नाच्थे । अहिले गाईलाई माता मान्ने केही ठुला पार्टीको नीति त्यहि
छ । उसको समारोहलाई रमाईलो बनाईदिन च्याब्रुङ बजाउदैछौ । पहिले श्री ३ राणाहरुको दरबारमा उनिहरुको रमाईलोको लागि नर्तके नर्तकि जस्तो भएका छौ । त्यहि नर्तकिहरुलाई राणाहरुले रखैल, यौनदासि बनाएका थिए । नर्तकेहरुलाई कमारो बनाएका थिए । यस्तो हुनुमा १९१० को जंग बहादुरले ल्याएको पहिलो कानुनमा मासिन्या जाति (मार्दा कानुन नलाग्ने, कमारा कमारि बनाउन पाउने, व्यापार गर्न नपाउने) भनेर तोकेको तामाङ समुदाय प्रायः शोषित पिडित बने । शुभकार्यमा मात्र बजाउने सम्मानित बाजालाई च्याब्रुङ बनाउनसम्म नदिने, हाम्रो संस्कृतिलाई खिसिटिउरि गर्नेको कार्जेमा गएर नाचेर च्याब्रुङको गरिमा र महिमालाई शुन्यमा पुर्याउदै छौ । राणाहरुको घरमा नर्तके, नर्तकि बनाउन लैजाने पैसाका लागि बम्बईमा चेलिवेटि बेच्ने एजेण्टहरु पनि तामाङ नै थिए । अहिले याक्थुङ (लिम्बू) हरूमा च्याब्रुङलाई दुरुपयोग गर्ने एजेण्टहरुको लर्काे लामो छ । समयले अवश्य पनि जवाफ दिन्छ । याक्थुङ
(लिम्बू) हरूमा लाजको साह्रै ठुलो अर्थ छ । समाजमा थोरै लाज भयो, लाज हुने काम भयो भने शिर ढल्छ र मरिन्छ भन्ने मान्यता छ । शिर ढलेमा तुरुन्तै शिर उठाउने अनुष्ठान गर्ने चलन आजपर्यन्त छ । अहिले समाजका एजेण्टहरुले समुदायको नै शिर ढालेको अवस्था छ । तेसैले याक्थुङ समुदायका कलाकारहरुले गित गाउँदा, नाच्दा गाईने, नर्तके नर्तकि भएर सडकछाप झै हुने कि स्वाभिमानि कलाकार भएर समुदायको पनि शिर उठाउने ? आजको यक्ष प्रश्न यो हो ।
२. चासोक तङ्नाम, उधौली पर्व, फोल ष्याँदर, चासुवालगायत आदिवासीको चाडमा विदा कटौति
वि.सं. २०६२÷६३ को जनआन्दोलन पछि आदिवासी जनजातिका चाडपर्वमा राष्ट्रिय विदा दिन शुरू भयो । पञ्चायतको महेन्द्रीय शैलिले थिचोमिचोमा पारेको पर्वहरू २०४६ सालको प्रजातन्त्रले पनि न्याय गर्न सकेको थिएन । झण्डै १० वर्षभन्दा बढि समय राष्ट्रिय पर्वको रुपमा मान्यता पाएको चासोक तङ्नाम, उधौलि पर्व, फोल ष्याँदर, चासुवालगायतको चाडको विदा केपि ओलिको दुईतिहाई बहुमतको सरकारले कटौति गर्याे । आदिवासी जनजातिको लागि उनी महेन्द्रिय शैलिमा मात्र फर्केनन्, पशुपतिमा ३० करोडको जलहारी, ठोरीमा राम मन्दिर बनाउन उर्दि जारी गरे । राज्यको रकम असली हिस्दुस्तान निर्माणमा प्रतिवद्दता जाहेर गरे । राष्ट्रिय विदा कटौति गरे पनि जिउ हजुरिया गरेपछि राजाले हुकुम बक्स गरे झै गरेर निर्णयबाट विदा दिए । आदिवासी जनजातिलाई हजुरिया गर्न लगाउने, दोश्रो दर्जामा राख्ने घुमाउरो कुमाई चाल चाले । नीतिगत रूपमा शून्य बनाउने, दिए झै गरेर भुभलैयामा पार्ने नीति अख्तियार गरे । अहिले कतिपय ठाउँहरुमा माथि नेता र पार्टीहरुको कालो कर्तुतलाई ढाकछोप गर्न तल्लो तहमा सोहि पार्टीका नेता कार्यकर्ताहरुले चासोक तङ्नाम, उधौलि मनाउने कार्यक्रमको आयोजना गर्दैछन् । नर्तके, नर्तकी बनाउन आव्हान गर्दैछन् । उपयोग गर्ने, नचाउनेले पनि अब अति भयो, चरम दुरुपयोग नगरौ । रम्ने नाच्नेहरुले पनि स्वाभिमान बचाऔ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार