किरात आन्दोलन ओझेलमा पारियो

द्वारा प्रकाशित गरिएको हो |
December 27th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

—पम्फा किराती
किरात सभ्यता अर्थात सत्य युग पुनःस्थापनाको लागि निरन्तर लडिरहनु हुने पम्फा किराती ज्यु, गोपाल किराँतीसँग खम्बुवान राष्ट्रिय मोर्चा २०५७ सालमा गठन गरेको भए पनि माओबादी जनयुद्ध बाट अछुतो रहन सकेन । उहाँको श्रीमान् माओबादी छापामार भएकै कारण नेपाली सेनाले हत्या गर्यो । फेरि गोपाल खम्बु हुँदै गोपाल किराँती लेखाएर, किरात जनबादी वर्कस गठन भए पनि अन्ततः गोपाल किरातीले सिङ्गो किरात आन्दोलन प्रचण्ड कहाँ लगेर बुझायो ।
पम्फा नाना भन्नुहुन्छ,
गोपाल किराँतीले किरात आन्दोलन, प्रचण्डलाई बुझाई सकेपछि हामी दास बनेनौं । सिङ्गो किरात जनबादी वर्कसको केन्द्रीय समितीको आपतकालिन बैठकबाट नवीन किरातीज्युको नेत्रित्वमा पुन गठन भयो । गठन पश्चात निरन्तर हामीले किरात बिद्रोहको जगमा संघर्षको कार्यदिशा बढाईरह्यौं । देशब्यापी बिद्रोह गर्दै गर्दा नुनथला एक दिन, अर्को दिन हुक्नाजोल, चिसापानी, देबीथान मेरै कमाण्डमा महान योद्धा रामप्रसाद राईको जन्मोत्सवको अवसर पारेर केहि चौकी कब्जा गर्दै किरात युद्धको घोषणा
गर्यौं । २१ थान राईफल कब्जा गर्दै, केही ग्रिनेट, साना हातहतियार सहित युद्धको बिधिवत घोषणा भयो ।
किरात फौजी फरमेसन व्यापक रुपमा अघि बढाईरहदाँ हामी माथी धरपकड, गिराफ्त्यार व्यापक हुन
थाल्यो । किरात बिरोधी तत्वहरुले हामी बिरुद्ध व्यापक सुराकी गर्न थाल्यो । हाम्रो अभियानबाट सरकार अत्तालिएर बार्ताको लागि कैयौं आह्वानहरु भयो । बार्ता सँगै हाम्रो २०० भन्दा माथी देशभरीको कार्यकर्ताहरु पक्राउ गर्यो ।
बार्ताको क्रममा नेता अनन्त र म लगायत नेताहरु फेरि प्रकाउ गरियो, फेरि छोड्यो । अन्ततोगत्वा बार्ता सम्पन्न भए पनि हाम्रो एजेन्डाहरु बिच सरकार र हामी बिच सहमती भएन । हामीले घनिभुत बिद्रोहको व्यापक तयारी गर्दै गर्दा पार्टी महासचिव विवश बिद्रोहीलाई गोली ठोकि क्रुर हत्या गरियो । सैन्य कमाण्डर खगेन्द्र जबेगुलाई गोली
ठोकियो । कैंयौं पल्ट धरपकट र ६ पटक सम्म त हिरासतमा मैले बिताए ।
अन्ततः देश–ब्यापी हाम्रो पार्टीको नेता कार्यकर्ता धरपकड गरि झुट्टा मुद्दामा जेल चलान गरियो । र मेरो निकै लामो जेलजीवन किरात सभ्यता पुनःस्थापनाको लागि ६ बर्ष जेल बसेर निस्के । म लगायत अन्य मित्रहरुको लामो जेल बसाईले हामी माथि लगाईएको झुट्टा मुद्दाहरु समाप्त भयो । जेल भित्र रहदाँ र निस्की सकेपछि फेरि हामीले निरन्तर किरात सत्ता पुनःस्थापनाको लागि लडि रह्यौं ।
फेरि नयाँ कोणबाट हामी किरात मोर्चाको नाममा संगठित भएर किरात सभ्यता अर्थात सत्य युग पुनःस्थापनाको लागि देश–ब्यापी अभियान चलाईरहेका छौं । चाडै हुन गईरहेको किरात मोर्चाको प्रथम एैतिहासिक राष्ट्रिय राजनिती सम्मेलनमा संगठित हुँदै त्यहाँबाट पास हुने “राजनितीकलाई कमाण्ड गर्ने कार्यदिशा” लाई अघि बढाउन व्यापक बहसको लागि तपाईको घरदैलोमा आउदैछौं ।
स्वीकार्नुस् हाम्रो किरात सभ्यता अर्थात सत्य युग पुनःस्थापनाको लागि हाम्रो अभियानलाई ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार