एमसीसी फिर्ता पठाउनु नै नेपालको हितमा हुन्छ

द्वारा प्रकाशित गरिएको हो |
December 27th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

आरसी न्यौपाने
मिलेनियम च्यालेन्ज कर्पोरेसन उर्फ एमसिसी ब्रिटिश साम्राज्यवादी निरन्तरताको नयाँ संस्करणको रुपमा उदाएको शक्ति राष्ट्र अमेरिकन साम्राज्यवादको सामरिक, आर्थिक र एसिया कब्जा गर्ने प्रभुत्ववादी राजनीतिको पाटो ईण्डो–प्यासिफिक सैन्य रणनीतिको महत्वपूर्ण अंग हो । अमेरिका अफगानिस्तानबाट जवर्जस्त पछि हट्नु परे पछि नेपाललाई नयाँ सामरिक अखडा बनाई दक्षिण एसिया समग्रलाई कब्जामा राखी राख्न चाहन्छ । यसैलाई आधार बनाई स्वतन्त्र तिब्वत, पश्चिम चीनको उहिगुर क्षेत्र हुदै सेन्ट्रल एसिया समेत प्रवाभित गर्ने यसको दिर्घकालिन रणनीति रहेको छ । नेपालमा सामरिक स्थिति मजवुत गर्नु सम्पूर्ण ट्रान्स हिमालयन क्षेत्रमा अमेरिकी उपश्थिति मजवुत गराउनु हो ।यसै उदेश्य केन्द्रित रहेर अमेरिकाले ईण्डो (प्यासिफिक÷एमसिसीलाई दिर्घकालिन सुरक्षा रणनीतिको रुपमा अमेरिकी कङ्ग्रेस तथा सिनेटबाट अनुमोदन गराई आफ्नो स्थिति सुदृढ गर्न अघि वढाएको दिनको घाम झै छर्लङ्ग छ । यसर्थ यो घोशित अमेरिकी सैन्य रणनीति कुनै कुटनीतिक नियोग वा ब्यक्तिगत रुपमा कुनै पनि तहको अधिकारीहरुको निजी अभिब्यक्ति वा लिखतबाट परिवर्तन हुन सकदैन । ज्ञात होस (एमसिसी अमिरिकन ईणणडो–प्यासिफिक सैन्य रणनीतिको अंग हो भनी अमेरिकी राष्ट्रपतिको कार्यलय, विदेश मन्त्रालय, रक्षा मन्त्रालय र एासिसी हेडक्वाटरको आधिकारिक दस्तावेजहरुमा लिपिवद्ध गरिएको छ । त्यसैले नेपालको हकमा केन्द्रित रही अमेरिकी सामरिक नीति बदलिन सक्दैन । स्मरण रहोस ब्रिटिशले हडपेको नेपालको तीन चौथाई भुभाग अहिले पनि अरुकै भोगचलनमा छ र बिगत २०० वर्ष देखी पश्चिमद्वारा थोपरिएको राजकीय सत्ताको हैकम अध्यावदि नेपालमा कायम छ । यसका दुश्परिणामहरु हामी सम्पूर्ण नेपालीले दैनिक भोगीरहेकै छौ । तसर्थ पश्चिमा साम्राज्यवादको स्थिति अझ सुदृढ गर्ने प्रयास नेपाली जनजीवनलाई थप संकट उन्मुख गराउने दुश्प्रयास हो । साम्राज्यवादी निरन्तरता नेपाल मास्नका लागि थप आवश्यक छैन । परिमार्जन आवरणको अनुमोदन प्रश्ताव षडयन्त्रपूर्ण अनुमोदनको अविछिन्न पाटो हो । अमेरिकन स्वार्थ एमसिसीको सवालमा मात्र होइन नेपालले अन्य कुनै पनि देशको सैन्य रणनीतिक स्वार्थ गाँसिएको सहयोग लिनु हुदैन । कुनै पनि देशले सैन्य रणनीतिक स्वार्थ विना पवित्र उदेश्यले दिने आर्थिक सहयोग भने नेपालले स्वीकार गर्न हिच्किचाउनु हुदैन । तर पित उदेश्य लिएर आएको एमसिसी÷ईण्डो–प्यासिफीक कथित ग्रान्ट भने नेपालले स्विकार गर्नु हुदैन । नेपाललाई छिमेकी चीन र भारत मैत्री वाहिय सन्तुलन मुखी विदेश नीतिबाट पछि हट्ने छुट छैन । यो मर्म सत्ता पक्ष र प्रतिपक्ष एवं सम्बद्ध सबैले वेलैमा बुझेर अमेरिकनलाई सम्झाउदै एमसिसी लगानी फिर्ता पठाउनु नै नेपालको हितमा
हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार