नेताहरुको रवैयाको कारण नेपाली जनता ओमिक्रोनको जोखिममा

द्वारा प्रकाशित गरिएको हो |
December 27th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । मंसिर महिना महाधिवेशनमय बन्यो । महाधिवेशनले युवा पिढीलार्ई अगाडी बढाएको संकेत दियो । राप्रपाको महाधिवेशनलेझै कांग्रेसको १४औं महाधिवेशनको नतिजाले पनि यही देखाउँछ । लाग्छ कांग्रेसको १४औं महाधिवेशनबाट ‘बुढो रुखमा नयाँ पालुवा पलाउन सुरुभयो’ । प्रतिकुल परिस्थितिमा पनि डा.शेखर कोइरालाले सोचेभन्दा बढी मत पाउनु, महामन्त्री, उपसभापति, सहमहामन्त्रि र केन्द्रय सदस्यहरुमा समेत युवा चेहराहरुको बाहुल्यता रहनु नेपाली कांग्रेसको १४औं महाधिवेशनले पार्टी नेतृत्वमा परिवर्तनको संकेत देखाएको छ । यो नतिजाबाट के स्पष्ट भएको छ भने देउवाले साम, दाम, दण्डभेदको नीति अँगालेर सभापति पद हत्याउन सफल भए पनि उपसभापति र महामन्त्री जस्तो महत्वपूर्ण पदमा आफ्नो समुह भन्दा बाहिरका युवा जमातको प्रवेश हुनुको कारण अब पार्र्टी देउवाले होइन युवा महासचिवद्वयले डोर्याउने सम्भावना देखिन्छ । निचोडमा कांग्रेस पार्टी अब देउवाको स्वइच्छाचारीमा किमार्त चल्ने छैन । किनभने अब शेरबहादुर देउवाले पार्र्टी कार्यसमिति पुगेका जोश र जाँगरले भरीपूर्ण यूवाहरुको शक्तिलाई सन्तुलनमा राखेर काम गर्नुपर्ने हुन्छ । त्यसैले अब स्वइच्छाचारीताले होइन देउवाले नेपालको सबभन्दा ठूलो प्रजातान्त्रिक पार्टी कांग्रेसलाई विधि र नीति सम्वत् ढंगले हाक्न सक्नुपर्दछ । यदी यसो नगरेर विगतमाझै स्वइच्छाचारी ढंगले पार्टी सञ्चालन गर्न खोजे नेपाली कांग्रेसको इतिहासमानै देउवा कालो धब्बाको रुपमा रहनेछन् ।
यसैले सबै पक्षलाई समेटेर देउवाले अगाढी बढ्नुपर्नेछ । र पार्टीभित्र हुर्किएको भागबण्डाको राजनीतिले कांग्रेसमा जुन गुटउपगुटको निर्माण भएको छ यसलाई पनि निस्तेज पार्दै लानुपर्ने देउवाको काँधमा जिम्मेवारी आइपरेको छ । २०६४ असोजमा ४० प्रतिशत भागबण्डासहित पार्टी एकीकरण गरेर देउवाले नै भागभण्डालाई नै संंस्थागत विकास गर्ने भूमिका खेलेका थिए । पछिल्लो समय नेतृत्वमा पुगेपछि उनले भागबण्डालाई झनै निरन्तरता दिए । जसले पार्टी भित्र गुटहरुले मौलाउने अबसर पाए । त्यसैले अब देउवाले नै जुन गुट, उपगुटको निर्माण गरेका थिए त्यसलाई निस्तेज पार्ने नेतृत्व पनि देउवाले नै लिनुपर्ने देखिन्छ । पाँच पटक प्रधानमन्त्री भएका देउवासँग एक पटक मात्र निर्वाचन गराएको अनुभव छ । उक्त निर्वाचनमा पार्टीको लज्जास्पद हार भएको पनि सर्वविदितै छ । परिस्थितिले उनी पाँचौ पटकसम्म प्रधानमन्त्री बनेका छन् । अहिले पनि उनको काँधमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन गराउने जिम्मेवारी उनकै काँधमा आइपरेको देखिन्छ । पार्टी सभापति र प्रधानमन्त्रीका रुपमा २०७४ मा व्यहोरेको असफलता फेरी पनि दोहोर्याउने छुट उनीलाई युवा जमातले दिने छैनन् । नेतृत्वको अबको प्रमुख प्राथमिकता तीनै तहको निर्वाचनमा पार्र्टीको जित कसरी सुनिश्चित गर्ने भन्ने कुरो युवा पंक्तिहरुले निक्र्याैल गर्नेछन् र तीनै युवा पंक्तिको निचोड अनुसार देउवा लुरु लुरु हिड्नुपर्ने अवस्था छ । महाधिवेशनमा देखिएका उत्साहलाई केलाउँदै पार्टीलाई एक ढिक्का बनाएर चुनावमा लगेको खण्डमा कांग्रेसको विजयको सम्भावना देखिन्छ । युवा नेताहरुको भनाइ यही छ । देउवाले अहिले गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । पूर्ववर्र्ती केपी सरकारले संघीयता र संविधानमाथि प्रहार गरेको भन्दै सर्वाेच्च अदालतद्वारा पुरस्कार पाएको छन् प्रधानमन्त्री पद । यसलाई देउवाले हेक्का राखी अब युवा पुस्ताको निर्णय अनुसार अगाडि बढ्नुको विकल्प देखिदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार