नेपाली महिलाद्वारा हङकङ त्रसित

द्वारा प्रकाशित गरिएको हो |
December 15th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपाल सरकार नेपाली समाज, नेपाली नागरिक प्रति कति सजग र संवेदनशील रहेछ भन्ने कुरो निम्न हङकङ पुगेकी एक नेपाली महिलामा भएको कोरोना पुष्टिबाट स्पष्ट हुन गएको छ । प्राप्त जानकारी अनुसार गत हप्ता नेपालबाट भारतहुँदै ँष्निजत ब्ीज्ञघज्ञद्ध मार्फत आइतबार हङकङ पुगेकी एक ४४ वर्षीय महिलामा कोरोना पोजिटिभ देखियो ।
हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ७ तारीखमा ५ आयातित केस थपिएपछी जम्मा १२,४७२ पुगेको छ । हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ६० दिन पुगेको छ ।
डिसेम्बर ७ तारीख मंगलबार हङकङ भित्रिएका ५ आयातित केसमा ४ जनाले कोरोना भाइरसको रुपान्तरित स्वरुप
(म्युटेन्ट स्ट्रेन डेल्टा) ीद्धछद्दच् बोकेर आएका छ्न ।
पोजिटिभ पुष्टि मध्ये एक जना ६२ वर्षका पुरुष रहेका छन जो स्पेनबाट कतार हुदै फ्लाइट त्तच्डज्ञड चढेर हङकङ आएका थिए । उनी गत बुधबार पोजेटिभ पुष्टि भएकी ६१ वर्षकि महिलाको घनिष्ठ संपर्कमा रहेका थिए ।
गत आइतबार उनमा लक्षण विकास भएपछि पेन्नी बे क्वारेन्टाइन सेन्टरमा रहेको बेला म्युटेन्ट स्ट्रेन ीद्धछद्दच् बाट पोजिटिभ पुष्टि भएका थिए ।
बाकी रहेका चार जना रोगी विमानस्थलमा ओर्लिएपछी गरिने परिक्षणमा पोजिटिभ पुष्ठि भएका थिए ।
जस अन्तर्गत एक २८ वर्षकि महिला अमेरिकाबाट फ्लाइट ऋह्डद्धछ मार्फत गत आइतबार हङकङ आएकी हुन। विमानस्थलमा भएको परिक्षणद्वारा उनमा ीद्धछद्दच् भन्ने डेल्टा भेरिएन्ट देखिएको हो । उनी लक्षणहिन थिइन र अमेरिकामा उनले बायोएन्टेक भ्याक्सिनको तिन डोज अप्रील २९, मे २३ र नोभेम्बर २९ मा ग्रहण गरेकी थिइन ।
अर्का एक जना २८ वर्षका पुरुष गत आइतबार स्विजरल्याण्डबाट फ्लाइट ब्थ्ज्ञण्ज्ञ मार्फत फिनल्यान्ड हुदै हङकङ आएका थिए जो डेल्टा म्युटेन्ट स्ट्रेन ीद्धछद्दच् बाट पोजिटिभ भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार