नाकामा चरम लापरवाही

द्वारा प्रकाशित गरिएको हो |
December 15th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिमलाई मध्यनजर राख्दै नेपाल सरकारले नौं वटा देशबाट आउने नागरिकहरुलाई नेपाल प्रवेशमा कडाइ गरे पनि भारतीय नागरिकको हकमा भने विना परिक्षण नेपाल भित्रन दिएर नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम नेपालीहरुलाई मोल्न लगाएकोमा आम नेपाली आश्चार्य चकित बनेका छन् । नयाँ व्यवस्था अनुसार नाका प्रशासनले भारतबाट फर्किने नेपालीलाई एन्टिजेन्ट परिक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको छ । खोप नलगाएकोहरुलाई नाकामै खोप लगाउने व्यवस्था गरिएको छ तर भारतीय नागरिकको हकमा भने यो लागु छैन । दुई डोज खोप लगाएको वा नलगाएको मात्र हेर्ने गरिन्छ । तिनीहरुलाई नाकामा कुनै परिक्षण गरिँदैन । र परिक्षण पनि नगरी नेपाल सरहदमा भित्र्याइन्छ । नेपालीको हकमा कडाइ गरे पनि भारतीयलाई बिना परिक्षण भित्रिन दिँदा नयाँ भेरियन्टको जोखिम बढ्ने देखिन्छ । भारतको राजधानी नयाँ दिल्लीमा गत साता नै ओमिक्रोन पुष्टि भइसकेको छ । दिल्ली नेपालको सिमाबाट करिब ३०० किमिको दुरीमा मात्र छ । नेपालीलाई कडाइ गरियो तर भारतीयलाई त्यसै छाडियो यसले गर्दा नेपालमा जोखिम त बढ्ने नै भयो । कम्तीमा पनि भारतीय नागरिकलाई दुई तीन दिन भित्रको परिक्षण आधारमा भित्रिन दिनुपर्ने आम धारणा रहेको छ । यसअघि कोरोना संक्रमण सुरु भएपछि भारतीयको हकमा ७२ घण्टाको परिक्षण रिपोर्टसँगै गृहमन्त्रालयको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको अनलाइन फारम भरेर मात्रै भित्रिन दिने गरिएको
थियो । तर यो व्यवस्था अहिले हटाइएको छ । जसमा अहिले सयौं भारतीय नागरिक बिना रोकतोक परिक्षण बिनै नेपाल भित्रिरहेका छन् । उनीहरु व्यापार, घुमफिर र क्यासिनो खेल्न समेत जाने गर्दछन् । बिना परिक्षण नेपाल भित्रिन पाएपछि भारतीयहरुको आउनेक्रम दिनप्रतिदिन बढ्ने गरेको छ । यसतर्फ पनि सरकार गम्भीर हुने हो की ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार