सही जनगणना नआउने

द्वारा प्रकाशित गरिएको हो |
December 15th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

— हजुरको घरमा कति जना परिवार छन् ?
चार जना
— कति कति वर्षका ?
म ३२ वर्षकी, श्रीमान् ३५, छोरा ७ र छोरी १० वर्षकी
— नाम ?
मेरो शान्ति राई, श्रीमान हिमाल राई, छोरी बिनिता र छोराको नाम विनय राई हो ।
यो संवाद करोडौं रकम खर्चिएर जनगणना लिन आएका गणक र घरमुलीको हो । माथि सोधिएका प्रश्न देखि बाहेक धर्म, भाषा, भाषा आदि जस्ता अति नै महत्वपूर्ण महलका कुनै प्रश्न गरिएको थिएन । छहरा साप्ताहिकले विगत ४५ वर्ष यतादेखि उठाउँदै आएको विविध धर्म, भाषा, साहित्यलाई यो पटकको जनगणनाले पनि जानि जानि बुझ् पचाएको देखियो । यसरी वर्षाै पहिलादेखि प्रचार प्रसारमा करोडौं रकम खर्चिएर १०÷१० वर्षमा लिइएको जनगणनामा यसरी परम्परागत रुपमा छलछाम गर्दा समेत जातीय संघसंगठन अर्थात जनजाति महासंघ चुप लागेर बसिदिएको छ । छहराको सर्वेक्षण अनुसार यस पटक पनि गणकहरुले आफु खुशी धर्मको महलमा हिन्दु नै लेखेको कुरो थाहा भएको छ । यस्तो जघन्य गल्ती गर्दा समेत आदिवासी या जातीय संगठनहरु चुप लागेर बस्नु अर्काे आश्चार्यको कुरो बनेको छ । जबकी नेपाली एक बहुधार्मिक, बहुजातीय एवं बहुभाषिक र बहुसांस्कृतिक देश हो । नेपालको संविधानले पनि विभिन्न जाति, भाषा, वर्ण र सम्प्रदायबीच विद्यमान सबैखाले आर्थिक एवं सामाजिक असमानता हटाउने न्याय एवं नैतिकतामा आधारित स्वास्थ्य सामाजिक जीवनको स्थापना र विकास गर्ने सबै जाति धर्म, सम्प्रदाय र भाषाभाषीहरुको भाषा, साहित्य, कला, लिपी, धर्म र संस्कृतिको विकासद्वारा सांस्कृतिक विविधता र पहिचान कायमै राखी राष्ट्रिय एकता सुदृढ गर्ने र शिक्षा स्वास्थ्य र रोजगारीको विशेष व्यवस्था गरी आदिवासी, समुदायको उत्थान गर्ने परिकल्पना गरेको छ । तद्अनुरुप देशमा आदिवासी समुदायहरुको उत्थान र विकास कार्य गर्न नेपाल सरकारको दायित्वमा पर्दछ । तर सरकारले ‘मुखमा राम राम बगलीमा छुरा’को नीति अपनाई आदिवासी समुदायहरुलाई सँधैभरी विभेद र असमानपूर्ण व्यवहार गर्दै आइरहेको कुरो यो पटकको जनगणनामा पनि देखियो । यसो हुनुको प्रमुख कारण अहिले पनि नेपाल सरकारमा यथास्थितिवादी नै हावी हुनु हो र आम आदिवासी समुदायहरुको आपसी कुरा नमिल्नु नै हो । आआफ्नै लेडेढिपी नछोड्नु झुण्ड झुण्डमा विभाजित रहनु, छ जना भयो कि राजनीतिक दल खोलि हाल्नु कुनै पनि रचनात्मक र साझा सवालमा गोलबद्ध नहुनु नै हो । विभिन्न जातीय संघसंस्थाहरुलाई जातीयकरण गर्नु र विविध भाषा, भाषी, जातजाति, धर्मावलम्वीहरुको कथित ठेकेदारहरुले आफ्ना मातहतका संघसंस्थाहरुलाई एनजिओ र आईएनजीओहरुको रुपमा रुपान्तरण गरी मागि खाने भाडो बनाउनु नै हो । विगत केही वर्षयता जनजाति महासंघका पदाधिकारीहरुले जनजाति महासंघलाई एनजिओ र आईएनजिओको रुपमा प्रस्तुत गर्दै निहित स्वार्थपुर्ति गर्ने गर्दथे । वर्तमान पदाधिकारीले पनि जनजाति महासंघलाई यस्तै मागि खाने र निहित स्वार्थ खातिर एनजिओ र आईएनजिओमा परिणन नगराई जातीय सवालमा जायज र साझा सवालहरुप्रति चनाखो भई संघर्षरत रहनुपर्ने
देखिन्छ । अतः वर्तमान जनगणनामा भएको धाँधली बारे अविलम्व छानबिन गरी ऋयचचभअतष्यल गर्नुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार