८० प्रश्नमा नपरेको एक प्रश्न

द्वारा प्रकाशित गरिएको हो |
December 15th, 2021
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

निनाम लाओती
गत कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म नेपालमा १२ औं राष्ट्रि जनगणना सम्पन्न भएको छ । यस पटक नेपालका जातजाति, भाषाभाषी, धार्मिक समूह, अल्पसंख्यक, भिन्न क्षमता भएकाहरु, तेस्रो लिंगी, पिछडिएको क्षेत्रका मानिसहरुले आ–आप्mनो तथ्यांक सही ढंगले आओस् भनेर लागी परेका थिए । गणकले आपूmले भनेअनुसार जनगणनाको फाराममा लेख्यो्, लेखेन ? आपैmले रुजू गर्ने÷हेर्ने गरे ।
आपूmले भनेअनुसार नलेख्ने कतिपय गणकलाई त ठाऊँमा कारबाही गर्ने, प्रहरी प्रशासनमा बुझाउने काम समेत गरे । जस्तै लमजुङ जिल्लाको सदरमुकाम बेशीसहरमा धर्मको महलमा ‘बौद्ध’ लेख्नु भन्दाभन्दै ‘हिन्दु’ लेख्ने थापा थरकी गणकलाई स्थानीय वासिन्दाहरुले तुरुन्तै जिल्ला प्रशासन कार्यलयमा लमजुङमा बुझाएका थिए । देशको अन्य जिल्लामा पनि आपूmले भनेअनुसार नलेख्ने, आपूm खुसी गर्ने त्यस्ता गणकलाई सम्झाई–बुझाई गरेको प्रशासनमा बुझाएको भनी फेसबुक लगायत अन्य सामाजिक सञ्जालमा आएको थियो । यसरी हेर्दा १२ औं जनगणनाको तथ्यांक धेरै फरक आउने संभावना देखिन्छ ।
यस पटकको जनगणनामा पहिलो पटक जात, वर्ग, धार्मिक समूह, लिंग, जाति र समुदायको समग्र अवस्था कस्तो छ ? भनी थाहा पाउनका लागि सामुदायिक प्रश्न पनि राखिएको थियो । तर, सो बारेमा अपेक्षा गरेअनुसार सही तथ्यांक नआउने देखिन्छ । किनभने, गणकका रुपमा खटिएका अधिकांश गणकहरुले नै झमेला मानेर घरमूलीलाई सामुदायिक÷सामूहिक वा भनौं पूरक प्रश्न नै गरेनन् भन्ने रिपोर्टहरु आएको छ । गणकले घरमूलीलाई पूरक प्रश्न नै नगरेपछि स्वाभाविक रुपमा सही तथ्यांक आउने आशा गर्ने ठाऊँ छैन । यस विषयमा समय आएपछि केन्द्रीय तथ्यांक विभाग (केतवि) ले बोल्ला नै ।
हुन त कात्तिक २४ गते केतविले जनगणना सम्बन्धी जानकारी दिने उदेश्यले गरेको पत्रकार सम्मलेनमा ‘एक घरमा घरमूलीसँग प्रश्न गर्न र उत्तर लेख्न गणकलाई किम्तमा २० देखि ३० मिनेट लाग्न सक्ने’ भनी .बताएको थियो । तर, अधिकांश गणकहरु एक÷डेढ मिनेट पनि समय नलगाई हिँड्ने गरेका भनी समाचारहरु आएको थियो । यस्तो भएपछि विगतमा आएको तथ्यांकभन्दा पनि ‘गाँजेमाजे !’ तथ्यांक पो आउने हो
कि ? भन्ने आशंका पनि टड्कारो रहेको छ ।
अबको जनगणना (१३ औं) मा जनगणना गर्दा लिईने गणक सम्बन्धित जात, वर्ग, धार्मिक समूह, लिंग र जाति वा समुदायका अगुवाहरु र उनीहरुले सिफारिस गरेका व्यक्तिहरुलाई नै तालिम दिएर गणकका रुपमा खटाउनु पर्छ भनी सरोकारवाला सबैले आवाज उठाउने हो कि ? किनभने यो पंक्तिकारले विगतका (२०५८ र २०६८ को जनगणनाको अनुभव हेरेर) यस विषयमा लेख्दै, बोल्दै आवाज उठाउँदै आएको हो । त्यसैले यस विषयमा अहिलेदेखि नै सरोकारवालाहरुले सोच्ने र लबिङ गर्नुपर्ने देखिन्छ । यो विषयमा नेपाल सरकार, राजनैतिक दल, कर्मचारीतन्त्र, बुद्धिजीवी एवम् अन्य वर्ग र समूह’का मानिसहरुले पनि उदारताका साथ छलफल र बहस गर्न तयार हुनुपर्ने देखिन्छ ।
अर्को भनेको यो पटक नेपालको जनगणनाको इतिहासमै धेरै प्रश्नहरु राखिएको थियो । जुन प्रश्नहरु साँच्चै आवश्यक थियो ? भन्ने प्रश्न पनि
उठ्यो । स्मरणीय छ, यसपटकको जनगणनामा ८० वटा प्रश्नहरु राखिएका थिए । तर, पनि एउटा प्रश्न छुटेको
थियो । त्यो हो ‘तपाईलाई आप्mनो मातृभाषा बोल्न आउँछ ?’ भन्ने प्रश्न ।
जातजाति सन्दर्भमा भन्नै पर्दा विसं २०६८ को ११ औं जनगणनामा पनि १५ सय भन्दा बढी जातजातिको छुट्टा–छुट्टै तथ्यांक आएको थियो । तर, सरकारले गठन गरेको ‘टेक्निकल टिम÷विषय
विज्ञ !’ समूहमा रहेका व्यक्तिहरुले आपूm खुशी गरेर एक जातिलाई अर्को जातिमा जबरजस्ती गाभेको कतिपय जातजातिलाई अन्यमा राखेको भन्ने त्यो वेलै सुनिएको हो । यसरी धेरै जातजातिलाई ‘अन्य’मा पारेर अन्याय गरियो ।
यस पटकको जनगणनाको कुरो गर्दा काठमाण्डौ जिल्लाको कीर्तिपुर नगरपालिकाको मच्छे गाउँमा भएको जनगणनाको एक अनुभव यस्तो छः ‘इलाम जिल्लाको रोङ गाउँपालिका–६
(साविक जिर्मले गाविसको रम्भ्याङ) का स्थाई वासिन्दा पीबी थीम्रा कुलुङ हाल कीर्तिपुर नगरपालिकाको मच्छेगाऊँ बस्दै आउनु भएकोले उहाँको जनगणना पनि त्यही भयो । तर, उहाँलाई जनगणना गर्न आएका गणकले नाम, जाति र धर्म मात्रै सोधेर हतारहतार हिँडिहाले । उहाँले गणकलाई यसरी त कसरी सही तथ्यांक आउँछ ? भनी प्रश्न गर्नु भयो । तर, गणकले “आउँछ, आउँछ अरु प्रश्नहरु म घरमै लेख्छु !” भन्दै उहाँको कुरै नसुनी गणक हिँडिहाले ।’ यस्तो अवस्थामा सरकारको ‘कोही नछुटून्, कोही नदोहोरिऊन्’ भन्ने मुख्य नारा व्यवहारमा लागू होला ?
अझ यस पटकको जनगणनामा राखिएको ‘तपाईँको पूर्खाको भाषा कुन हो ?’ भन्ने प्रश्न किन र कुन उदेश्यले रािखएको थियो ? बुभ्mन गाह्रो छैन । त्यस्तै दोस्रो भाषा कुन हो ? भन्ने प्रश्न पनि …। तर, माथि एक प्रसंगमा भनिएभैmँ ‘तपाईलाई आप्mनो मातृभाषा बोल्न आउँछ ?’ भन्ने प्रश्न भने राखिएन । किन ? कतै यो प्रश्न जानाजान नराखिएको त होइन ? किनभने, ‘तपाईलाई आप्mनो मातृभाषा बोल्न आउँछ ?’ भन्ने प्रश्न पनि राख्नुपर्ने थियो । त्यसरी ‘तपाईलाई आप्mनो मातृभाषा बोल्न आउँछ ?’ भन्ने प्रश्न राखेको भए कुनकुन जातजाति र भाषाभाषीमा कतिकति प्रतिशत जनसंख्याले आप्mनो माृतभाषा बोल्न जान्ने रहेछन् ? भन्ने सही तथ्यांक आउने संभावना रहने थियो ।
त्यसैको आधारमा आप्mनो मातृभाषा बोल्न नजान्ने जातजाति र समूहलाई राज्यले आप्mनो मातृभाषा बोल्ने जाति र समुदायको भाषालाई प्राथमिकतामा राखेर बजेटिङ गर्न सजिलो हुन्थ्यो । तर, नेपालका राजनैतिक दल, तिनका नेता र सरकारी पक्षका मान्छेको ध्याउन्न भनेको नेपालका जातजाति, भाषाभाषी, धर्म, भेषभुषा, संस्कार, संस्कृति आदिलाई मलजल गर्ने, हुर्काउने, बढाउने, बचाई राख्ने र, प्रचारप्रसार गर्नेभन्दा पनि सकेसम्म नास गर्ने, मास्ने नभए एकैठाउँ मिसाउने (एस्सिमिलेसन गर्ने !) रहेको हुनाले ‘तपाईको पूर्खाको भाषा कुन हो ?’ भन्ने प्रश्न राखे, तपाईलाई आप्mनो मातृभाषा बोल्न आउँछ ? भन्ने प्रश्नचाहिँ जानीबुझी राखेनन् । फलतः यस पटकको जनगणनामा बाहुन, क्षेत्री, ठकुरी, दशनामी, हमाल, राणा, शाह आदि जात समूहका मान्छेहरुले मातृभाषा ‘संस्कृत’ लेखे । अब कति बाहुन, क्षेत्री, ठकुरी, दशनामी, हमाल, राणा, शाह आदि जात समूहका आमाहरुले संस्कृत भाषा आप्mना बालबच्चालाई जन्म दिएपछि फकाउँदै, गाली गर्दै, नरोऊ नानी, नरोऊ बाबु ! भन्दै दूध खुवाएर हुर्काए होलान् ? अहिले त्यतातिर नजाऔं । किनभने, मातृभाषाको परिभाषाअनुसार आमाले आप्mनो बच्चालाई जन्म दिएपछि आप्mनो पहिलो (आमाले बोल्ने भाषा) भाषामा बोलाउने÷बोल्ने भाषा नै मातृ भाषा हो ।
विगतका जनगणनामा पनि शिक्षक, शिक्षिका, गाविस÷वडा सचिव, हुलाकी आदिले आप्mनै घरमा बसेर जनगणनामा ‘जात, जाति, धर्मिक समूह, भाषाभाषी आदिका सम्बन्धमा त्यसरी नै आपूm खुसी लेख्दै÷गर्दै आएका थिए । यस्तो अनेक उदाहरणहर छन् ।
नोटः आदरणीय सम्पादक तथा लेख रचना प्रमुख ज्युहरु,
मगरको गाहा, पुन, आले,… त्यस्तै बाहुनको घिमिरे, सुबेदी, पोखरेल… अनि क्षेत्रीको कार्की, कटुवाल, बस्नेत… एवम् ठकुरीको मल्ल, चन्द, शाही…आदि थरहरु भएजस्तै कुलुङ जातिको पनि ‘लोवात्ती, थोमरोस, मान्थेर्बु, तोर्ङो, सेकछा, छाप्दुलु, श्रीपोस, कुबित्ती, रुखुपो, वालाखाम, हिमार, पिदिसै, सुर्बा, तोमोछा, रोतेम्बु’ आदि ३८० भन्दा बढी थर÷उपथरहरु रहेको छ । त्यसैले (हामी कुलुङहरु थरलाई ‘पाछा’ भन्छौं) अब ‘हामी कुलुङहरु पनि थरले चिनिनुपर्यो !’ भनेर ‘लोवात्ती’ मात्रै लेखिएको हो, अरु कुनै…छैन !?…. किनभने यसअघि मैले ‘निनाम कुलुङ ‘मंगले’को’ नामबाट कताकती आक्कल–झुक्कल लेख रचनाहरु लेख्दै प्रकाििशत गर्दे आएको छु है, हजुरहरु…।
केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९
लष्लबmपष्चबतज्ञद्दघ२नmबष्।िअयझ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार