नयाँ भेरियन्टको बेला एमालेको कुभ्म मेला

द्वारा प्रकाशित गरिएको हो |
November 29th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । कोभिड–१९ भन्दा अझ खतरनाक नयाँ भेरियन्ट देखा परेपछि विश्वनै आतंकित भएका छन् । नेपालका नेताहरु भने सुरक्षा मापदण्डको ख्यालै नगरी बिना माक्स लाखौ जनताहरुलाई भेला गराईरहेका छन् । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरियन्टलार्ई म्।ज्ञ।ज्ञ।छद्दढ नाम दिइएको छ । यो भेरियन्ट तीव्र गतिमा विस्तार हुने गर्दछ भनि विज्ञहरुले मंसिर ७ गते अर्थात् नोभेम्बर २३ तारिखका दिन उद्घोषण गर्दै कोभिड विरुद्ध हालसम्म बनेका कुनै पनि खोप यस नयाँ भेरियन्टविरुद्ध प्रभावकारी हुने छैन भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । यस्तो अवस्थामा देशले अन्तर्राष्ट्रिय विमानस्थल लगायत सबै नाकामा रहेका हेल्प डेस्कलाई सतर्क अवस्थामा राख्नुपर्नेमा र भीडभाड कम गर्नुपर्नेमा यहाँका कथित ठूला राजनीतिक दलहरु भने आआफ्नो महाधिवेशनको नाममा लाखौं लाख सर्वसाधारण जनताको भीड जम्मा गर्नमा आफुलाई गौरभान्वित ठान्छन् ।
नयाँ भेरियन्ट पत्ता लागेसँगै विश्व बजार थर्कमान भएको बखत यता नेपाल भने महाधिवेशनमय बनेको छ । केही दिनपछि नै कांग्रेस र माओवादी केन्द्रले पनि उत्सवकै रुपमा महाधिवेशन मनाउने उद्घोष गरिररहेका छन् । एमालेको भने महाधिवेशन सम्पन्न भइनै सकेको छ । महामारीको यस्तो अवस्थामा एमालेले दशौं महाधिवेशनको नाममा सुरक्षा मापदण्डको ख्यालै नगरी लाखौं जनताको भीड जम्मा गर्यो र चितवनलाई अस्तव्यस्त बनायो । भीड यस्तो थियो कि विभिन्न जिल्लाबाट आएकाहरु महाधिवेशनस्थल तीर नै नपुगी
फर्किए । अरु देशका नेताहरुले आआफ्ना देशका चिन्ता गरिरहेका हुन्छन् तर यही हप्ता एमाले पार्टी महाधिवेशनको उद्घाटनको दिन चितवनबाट नवलपरासी बिरामी लिन गइरहेका तीन वटा एम्बुलेन्सलार्ई ट्राफिक प्रहरीले बाटो खुलाउन नसक्दा बिरामी नलिर्ई तीनवटै एम्बुलेन्सी फर्कन बाध्य हुनुपर्यो । यसको चिन्ता केपी ओली एण्ड कम्पनीलार्ई हुने कुरै भएन । उनीहरुलाई त अध्यक्ष बन्नुछ, चुनाव जित्नुछ र प्रधानमन्त्रीको कुर्सी हत्याउनुछ । केपी एण्ड कम्पनीलाई मात्र होइन देउवा एण्ड प्रचण्ड कम्पनीहरुलाई पनि यस्तै चिन्ता छ । सरसर्ती हेर्दा यी नेताहरुलाई नेपाली जनताको कुनै चिन्ता छैन । अतः हामी नेपालीहरुले नै आपसमा सहकार्य गरेर आआफ्नो जीवन रक्षा गर्नुको विकल्प छैन । किनभने यो दक्षिण अफ्रिकामा हालै पाइएको नयाँ भेरियन्ट अहिलेसम्मकै खतरनाक भेरियन्ट हो भनि विज्ञहरुले विश्वमा उर्दी लगाइसकेका
छन् । यस सवालमा विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बसिसकेको छ । डब्लुएचओका महामारी विद् डा.मारिया वानले कोभिड भाइरसको नयाँ भेरियन्टबारे जानकारी दिदै यो भेरियन्टबारे हामीलाई पनि त्यति जानकारी भएन, यति भन्न सक्छौं कि यसको धेरै स्वरुप परिवर्तन भइसकेको छ र यो धेरै खतरनाक छ । यो भाइरसबारे अनुसन्धान जारी राखेका छौं भनेकी छन् । यता दक्षिण अफ्रिकाको स्वास्थ्य विभागले पनि एक सूचना जारी गर्दै यो नयाँ भेरियन्ट सोचेभन्दा तीव्र गतिले फैलिने गर्दछ र फैलिइरहेको छ । यस्तो अवस्थामा हाम्रा देशको ठूला दलहरु भने जनताको सुरक्षा गर्नु त कता हो कता पद, पैसा र शक्तिकै निम्ति बुर्कुसी मारिरहेका छन् । दलहरुको जति नै चुरीफुरी भएपनि र डिङ हाँके पनि कुनै पनि दलको महाधिवेशन देश र जनताको लागि ‘कागलाई बेल पाके सरह’ हुने छ । यो कटुसत्य हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार