बुद्धिमान दबाबमा

द्वारा प्रकाशित गरिएको हो |
November 22nd, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । राष्ट्रिय पार्टीहरुको महाधिवेशनको लहर चलिरहेकै समयमा राप्रपा पनि सामेल हुने भएको छ । राप्रपाले पहिले निर्धारण गरेको मिति भन्दा चार दिन पछि सारेर महाधिवेशन गर्दै छ । एमाले महाधिवेशन लगत्तै राप्रपा महाधिवेशन हुने भएको छ । यसका निमित्त भोलीसम्ममा देशभर राप्रपाले चार हजार पाँच समय प्रतिनिधि छान्नेछ र मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने त्रय अध्यक्ष पशुपति शमशेर जंगबहादुर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले सहमति जनाइसकेका छन् । एमाले महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ । र नेपाली कांग्रेसको महाधिवेशन पनि निकट भविष्यमै सम्पन्न हुन लागेको छ । यस्तो अवस्थामा पहिलो पटक बहुपदीय प्रणाली अन्र्तगत राप्रपाले पनि पदाधिकारीहरुको समेत प्रत्यक्ष निर्वाचन गर्ने तय गरेको देखिन्छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बुद्धिमान तामाङका अनुसार राप्रपा विधान मस्यौदा समितिले १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न र अध्यक्ष सहित पदाधिकारीहरु प्रत्यक्ष निर्वाचित हुने व्यवस्था प्रस्ताव गरेको छ । यी कुरामा अध्यक्षहरुको सहमति भएपछि विशेष समिति वा केन्द्रीय कार्यसमितिमा छलफल हुन्छ र त्यसले निर्णय गरेपछि महाधिवेशनमा प्रस्तुत हुने व्यवस्था छ । राप्रपाको ३१ वर्षीय इतिहासमा पहिलो पटक पदाधिकारीको प्रत्यक्ष निर्वाचन हुने आएको सन्दर्भमा यस पटक अध्यक्षमा उठ्न राप्रपाका भरपर्दा खम्बा र विश्वासीलो नेता वर्तमान वरिष्ठ उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बुद्धिमान तामाङलाई कार्यकर्ता पंक्तिबाट अध्यक्षमा उठ्न दबाब हुन थालेको छ । हक्की, निडर र स्पष्ट वक्ता वरिष्ठ नेता बुद्धिमान तामाङले राप्रपा अध्यक्षमा प्रतिस्पर्धा गरे तामाङकै पल्ला भारी हुने कुरामा आम राप्रपा कार्यकर्ताहरु विश्वस्त देखिन्छन् ।
तर बुद्धिमान तामाङ भने पार्टीको आन्तरिक छलफलमै विश्वास गरि पार्टीले कुन पदमा उभ्याउने हो त्यसैमा चित्त बुझाउने पक्षमा देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार