किरातलाई बिखण्डित गर्ने काम नगरौं

द्वारा प्रकाशित गरिएको हो |
November 22nd, 2021
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा २०७८ कातिक २७, २८ र २ गते (२०२१ नोभेम्बर १३, १४ र १५ तारिख) नेपालको राजधानी काठमाडौं(यलेखोम)मा किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन ऐतिहासीक र भब्य रुपमा समापन भएको छ । सम्मेलनमा नेपाल सहित १४ वटा देशका प्रतिनिधिहरुको सहभागिता रहेको
थियो । यस सम्मेलनमा विश्वभर छरिएर रहेका किरात राई समुदायको पहिचानसंग जोडिएको भाषा, धर्म, ईतिहास, लिपी र संस्कृति बारे बृहत छलफल भएको
छ ।
सम्मेलनको खुल्ला र बन्द सत्रमा इतिहास, भूगोल, संस्कृति र सभ्यताको आधारमा १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न प्रदेशबासीको माग भइरहेको सन्दर्भमा थप छलफल गर्दै किरात प्रदेश नामकरण नगरेसम्म निरन्तर खबरदारी र संघर्ष गर्ने निर्णय भएको छ ।
सम्मेलनले किरात राई जातिको साझा सरोकारको बिषयहरुमा बृहत छलफल गरि साझा धारणा निर्माण गर्ने कार्यलाई निरन्तरता दिएको छ र छलफलको आधारमा आएका निष्कर्षहरुलाई घोषणापत्रको रुपमा जारी गरीएको छ ।
किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले पारित गरेको
१६ बुँदे काठमाडौ (यलखोम) घोषणापत्र
१) १ नं। प्रदेशलाई किरात प्रदेश नामकरण गर्न प्रदेशको संसद, सरकार तथा राजनीतिक दलहरुसँग यो अन्तर्राष्ट्रिय सम्मेलन जोडदार माग
गर्दछ । किरात प्रदेश नामकरणको लागि अझै थप पहल कदमी गर्ने र आवश्यक परे निर्णायक आन्दोलनको घोषणा
गरिनेछ ।
२) किरात सिरिजंङ्गा लिपिलाई थप ब्यवस्थीत र संमृद्ध गर्दै नेपालको किरात राई समुदाय र सम्पूर्ण किराती समुदायहरुको साझा लिपिको रुपमा प्रचलनमा ल्याइनेछ । भारतको सिक्किममा प्रयोग हुँदैआएको किरात खम्बु राई लिपिलाई समेत सम्मानजनक सामाजिक स्वामित्व ग्रहण गर्दै दुईवटै लिपीलाई नै मान्यता दिने यो सम्मेलन निर्णय
गर्दछ ।
३) मानव समाजको विकाशक्रमसंगै किरात राई समूदायको पनि जिवन प्रणलीमा गाउँबाट शहर केन्द्रीत हँुदै अन्तर्राष्ट्रिय तहसम्म फैलिंदै गईरहेको सन्दर्भमा किरात राई जातिको सांस्कृतिक पुजा गर्ने पबित्र माङखिम (पितृघर) विश्वभर एकै प्रकारको स्थापना गर्दै उक्त माङखिम (पितृघर) भित्र मुन्दुमी विधिबाट सामुहिक सुप्तुलुङ ९चुल्हो० स्थापना गरि किरात राईहरुको संस्कार संस्कृतिलाई विस्तार गरिनेछ ।
४) पितृ र प्राकृतिक दर्शनमा आधारित मुन्दुमद्वारा निर्देशित अवधारणालाई नै किरात धर्म मान्ने र बिकास गर्ने यो सम्मेलनले प्रस्ताव पारित गर्दछ ।
५) पृथ्वीनारायण शाहाले किरात प्रदेशमा आक्रमण गर्नु पहिले नै त्यहाँ शासक जातिको रुपमा स्थापित रहेका किरात राई जातीलाई बिखण्डित गर्ने गरी छरिएका भ्रमहरुलाई चिर्दै किरात राई जातीको गर्वीलो ऐतिहासीक विरासतलाई अझ सुदृढ र बृहत रुपमा एकताबद्ध बनाउँदै लैजाने यो सम्मेलनले प्रतिबद्धता गर्दछ ।
६) २०७८ कातिक २५ गतेदेखि मंसिर ९ गते सम्पन्न हुन लागेको नेपालको १२ औं राष्ट्रिय जनगणनामा तथ्याङ्क बिभागबाट नियोजित रुपमा वाम्बुले समुदायको कोड नम्बर ४३ को मूल प्रस्नलाई बिभागले त्रुटी गरी याम्बुले र दुमीलाई डुमी बनाएको र गणकहरुले सोही पदावलीमा तथ्याङ्क लिएको र अन्य स्थलमा समेत सूचकले दिएको जानकारी भन्दा फरक बिषय लेख्ने काम भएकोले सो कार्यको भत्र्सना गर्दै तुरुन्त सच्याउन नेपाल सरकार सम्बद्ध तथ्याङ्क बिभागसँग माग गर्दछांै । साथै यस जनगणनामा यायोक्खाले जारी गरेको जातिको महलमा राई, मातृभाषा र पूख्र्यौली भाषामा किरात राई जाति भित्रका आ—आफ्नै थरगत मातृभाषा लेखाउने र धर्मको महलमा किरात धर्म लेख्ने लेखाउने साझा निर्णयलाई विश्वभरीका किरात राई जातिले बलियो साथ समर्थन र प्रचारप्रशार गर्ने निर्णय गरिएको छ ।
७) राजनीतिक वा भाषिक, सांस्कृतिक अधिकार स्थापित गर्न जनशाङ्खिकि भूमिका महत्वपूर्ण हुने भएकोले आगामी दिनहरुमा किरात राई जातिको जनसांख्यिक विवरणलाई विस्तार गर्न आवश्यक रहेको यो सम्मेलन ठहर
गर्दछ ।
८) किरात राई जातिको आदिम सभ्यताको उद्गमस्थल आस्थाको केन्द्र तुवाचुङ जायाजुमलाई समुदायको ऐतिहासीक, धार्मिक स्थलको रुपमा स्थापित गर्ने र यसलाई खुवालुड, मुन्दुम टे«ल, ट्याम्कैमैयूङ, साल्पा सिलिचुड, हलेसी, लिब्जु भुब्जुसँग जोडेर सांस्कृतिक पर्यटकीय स्थलको रुपमा प्रबद्र्धन गर्न सम्मेलन आव्हान गर्दछ । र त्यस कार्यको लागी आवश्यक बजेटको ब्यवस्था गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारसंग जोडदार माग गर्दछ ।
९) जननायक रामप्रसाद राईलाई राष्ट्रिय बिभूति घोषणा गर्न संघीय सरकारसँग जोडदार माग गर्दछौं ।
१०) किरात विश्वविद्यालय स्थापना गर्न संघ तथा प्रदेश सरकारसँग जोडदार माग गर्दछौ ।
११) खुवालुङको ऐतिहासिक सांस्कृतिक महत्व स्थापित गर्दै यस स्थलको विकास र प्रबद्र्धन गर्न सरकारसँग जोडदार माग गर्दछ ।
१२) भौतिक बिकासका नाममा ऐतिहासिक सांस्कृतिक महत्व बोकेको किरात राई जातिको सम्पदाहरु रहेको गढि, किल्ला, दरबार माथि हुँदै आएको अतिक्रमण बन्द गर्न र तिनिहरुको संरक्षण गर्न सम्मेलन जोडदार माग गर्दछ ।
१३) किरात राई जातिको महान चाड सोकला उभौली÷उद्यौलीमा देशब्यापि रुपमा कम्तिमा पाँच दिन र आदिबासीहरुले मान्ने सबै राष्ट्रिय चाडहरुमा राष्ट्रिय स्तरको सार्वजनिक विदा गर्न सरकारसँग जोडदार माग गर्दछ, साथै सरकारी कर्मचारीलाई दिइने एक महिनाको अतिरिक्त भत्ता पनि साकेलाकै बेला उपलब्ध गराउन माग गर्दछ ।
१४) किरात राई समुदायको सांस्कृतिक कार्य गर्ने अभाव हुँदै
गएको नक्छो, नाक्सो, दोवा, माङ्पा, कुवी र तोकायाहरुको संरक्षण र बृत्ति
विकासको लागि स्थानीय सरकारसँग सांस्कृतिक भत्ता माग गर्ने निर्णय
गर्दछ ।
१५) प्राचिन सम्वत यले सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता दिन सरकारसंग जोडदार माग गर्दछौं ।
१६, किरात राई जातिको बृहत्तर एकता अभियान भन्दा फरक धारमा रहनुभएका ब्यक्ति तथा समुदायलाई सहकार्य, सहमति र राई एकतामा आउन किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आव्हान गर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार