राणाकालले जोगाएको ‘साख’ गणतन्त्रले गुमायो

द्वारा प्रकाशित गरिएको हो |
November 18th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । यतिबेला नेपालको समग्र क्षेत्र असुरक्षित, अव्यवस्थित र भद्रगोलको स्थितिबाट गुज्रिरहेको छ । नेता तथा कार्यकतादेखि लिएर प्रशासनमा मनपरीतन्त्र चलिरहेको छ । भ्रष्टाचार, अनियमितता, अन्याय, अत्याचार, व्यभिचारबाट थलिइएका पीडित जनताहरुलाई न्यायदिने अखडा न्यायलयसमेत अहिले भ्रष्टाचारको दलदलमा फसेको प्रमाणित भइसकेको छ । जसले गर्दा देशमा अपहरण, डकैत, गुण्डागर्दीले सिमा नाघेको छ । नेपाल बार एसोशियसनको भनाईलाई हेर्ने हो भने सर्वाेच्चको प्रधानन्यायधीश स्वयं भ्रष्टाचारी ठहरिन्छन् । र यस्ता भ्रष्टाचारी न्यायधीशहरुबाट यहाँ भ्रष्टहरुले उन्मुक्ति नपाउने र न्यायप्रेमी जनताहरुले न्याय पाउने त कुरै भएन । ती गणतान्त्रिक नेता भनाउँदाहरुले यसरी इतिहासको जहानिया राणा शासनमा भन्दा पनि गए गुर्जेको अवस्थामा नेपाल र नेपालीहरुलाई पुर्याएका छन् । र विश्वबजारमा मगन्तेमा चित्रित गराएका छन् ।
गणतान्त्रिक हौ भन्ने नेताहरुले राणाकालबाट सिक्नुपर्ने पाठ
अहिले गणतान्त्रिक नेताहरुले स्वाभिमान र देशप्रेमको पाठ राणाकालिन अवस्थाबाट सिक्नुपर्ने देखिन्छ । जसअनुसार १९९० सालको महाभुकम्पको समयमा तत्कालिन राणा प्रधानमन्त्री जुद्धशमशेर राणा शिकारको शिलशिलामा तराई थिए । भूकम्प गएपछि सात दिन पैदल हिडेरै काठमाडौं आई जनतालाई सुख, दुःखमा साथ दिएको इतिहास छ । जुद्धशमशेरले तत्कालिन समयमा अहिले गणतान्त्रिक पार्टीहरु काग्रेस, एमाले, एमाओवादी पार्टीहरुले जस्तो विदेशीहरु कुनै पनि प्रकारको सहयोगको भीख मागेनन् । र अहिलेको नेताहरुले जस्तो कमण्डलु अघि सारेनन् । बरु नेपालकै साहु महाजनहरुसँग व्यक्तिगत रुपमा १० लाख रुपैयाँ सापट लिएर तत्कालिन समयमा जिर्ण अवशेषहरु पुर्ननिर्माणको कामहरु फत्ते पारे । भूकम्पमा पूर्ण क्षति भएका भीमसेन थापाको पालामा बनाएको धरहरा, चन्द्रशमशेरको पालामा बनाएको घण्टाघर पुर्ननिर्माणको साथसाथै जुद्धसडक बनाएको दस्ताबेजहरु हामी सामु छ ।
तर जहानियाँ राणा शासनले जति पनि राष्ट्रियताको ख्यालै नराखी गणतान्त्रिक नेताहरुले नेपालमा पुर्ननिर्माणको लागि भनि आर्थिक सहयोग जुटाउने नाममा विदेशीहरुसँग कमण्डलु थाप्दै नेपाल र नेपालीलाई भिखारीको रुपमा प्रस्तुत गरेको लज्जाजनक घटनाहरु हामीसँग छ ।
यसप्रकार राणाकालको जुद्धशमशेरले बचाएको नेपालको ‘साख’ गणतान्त्रिक नेताहरुले विश्वभर भिखारीको रुपमा चिनाएर गुमाउन पुगेका छन् । यो कुनै पनि हालतमा स्वाभिमानी नेपाली जनताहरुले मान्ने कुरै भएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार