सीपाहीको खुशी कतिञ्जेल टिक्ला

द्वारा प्रकाशित गरिएको हो |
November 18th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

नेपालमा लिखितममा राम्रै लेखिए पनि व्यवहारमा नातावाद हावी हुँदै गएको पाइएको छ । यहाँ दलित, महिला, मुक्ति, आदिवासीका अधिकार लिखितममा मात्र लेखिएको हुन्छ । व्यवहारमा शुन्य हुन्छ । हालै मात्र सैनिक नियमावली संशोधन गरेर सैनिक हक अधिकारको सवालमा एकरुपता लिन खोजिएको छ । सिपाही पनि बढुवाबाट जर्नेल, कर्णेल हुने बाटो खुलिएको देखाइएको छ । तर जे लेखिएतापनि व्यवहारमा माथिकै आदेशको पालना हुँदैन भनेर भन्न सकिने अवस्था छैन । माथिकै आदेश शिरोपर गरेर व्यवहारमा उतारे के योग्य दक्ष र इमान्दार सिपाहीको कदर होला ? शंकै छ । यसैले यो सैनिक नियमावली संशोधन भए पनि योग्य व्यक्तिहरु अधिकृत हुने कुरामा शंकै छ भन्न थालेका छन् परिवेक्षकहरुले ।
के छ त संशोधित नियमावलीमा
नेपाली सेनामा सिपाहीबाट भर्ना भएकाहरुलाई अब बढुवाबाट अधिकत सम्म बढुवा हुने बाटो खुलेको छ । सैनिक नियमावली संशोधन गरी राजतन्त्र अनंकित पदमा भर्ना भएका सैनिकहरुलाई मेजर, जर्नेल, कर्णेल तहसम्म पुग्न सक्ने संशोधित नियमावलीमा उल्लेखित छ । सैनिक सेवा नियमावलीको चौथौ संशोधन राजपत्रमा प्रकाशित भएपछि कार्यन्वयन समेत सुरु गरिसकेको छ । यस संशोधनले तल्लो तहका कर्मचारीहरुको मनोबल बढाउने काम हुनेछ भन्ने सैनिक वृत्तमा चर्चाको विषय बनिसकेको छ । सैनिक भर्नामा अपेक्षा भन्दा कम आवेदन पर्ने भएकाले बढुवाबाट समेत पदपुर्ति सम्बन्धि प्रावधानको व्यवस्था गरिएको सैनिक सुत्रबाट थाहा हुन आएको छ । अधिकृतस्तरको सबैभन्दा आधारभुत पद सहायक सेनानीमा पदपुर्तिको व्यवस्था गरिएको छ । यो भन्दा अगाडि सहायक रथिमा रिक्त पदमध्ये खुल्ला प्रतियोगिता मार्फत ७० प्रतिशत तथा अरु बाँकी ३० प्रतिशतमा आन्तरिक बढुवाबाट पदपुर्ति गरिने व्यवस्था थियो । अब भने १०प्रतिशत बढुवा तथा आन्तरिक प्रतियोगितामार्फत र बाँकी ७० प्रतिशत खुल्ला प्रतियोगिताबाटै पदपुर्ति गरिने भएको छ । तर बढुवा र आन्तरिक प्रतियोगिताबाट पदपुर्ति गर्न कठिनाई भएमा भने रिक्त पदलाई खुल्ला प्रतियोगितासँग जोडेर पदपुर्ति गरिने जनाइएको छ । सहायक सेनानीमा कम्तीमा २२ वर्ष सेवाअवधि पुगेका वरिष्ठ सुवेदार र सुवेदारमा बढुवा योग्य उम्मेदवार संसदीय नियमावलीमा उल्लेख छ । स्मरण रहोस् यसअघि सिपाहीमा भर्ना भएका व्यक्तिहरु बढुवा भएर प्रमुख सुवेदारसम्ममात्र पुग्ने व्यवस्था थियो केहीलाई मानार्थ रुपमा सहायक सेनानी लगायत पद दिदै आइएकोमा अब भने रिक्त बढुवाबाटै उनीहरुका लागि अधिकृत हुनेद्वार खुलेको छ । सहायक सेनानीमा बढुवा हुन अन्तिम तीन वर्षको कार्यसम्पादन मूल्यांकन नम्बर ६५ प्रतिशत पुगेको हुनुपर्ने प्रावधान नयाँ नियमावलीमा समावेश गरिएको छ । उपसेनानीमा आवश्यक योग्यता पनि संशोधित नियमावलीमा हेरफेर गरिएको देखिन्छ । यस अघि अधिकृत क्याडेट तालिम गरेको कम्तीमा पनि दुई वर्ष हुनुपर्ने उल्लेख गरिएकोमा अब अधिकृत बेसिक तालिम वा पदिक वा विल्लादार अधिकृत क्याडेट वा सो सरहको हुनुपर्ने संशोधित नियमावलीमा उल्लेख गरिएको छ । उपसेनानीमा तल्लो तहबाट बढुवा भएर समेत आउने भएको हुँदा यस्तो प्रावधान राखिएको हो । यसैगरी नियम ३२ को (क) संशोधन गरि उपसेनानी देखि माथि बढुवाका लागि मात्र तालिम पुरा गरेको भन्ने प्रावधान राखिएको छ ।
सरसर्ती हेर्दा संशोधित नियमावलीमा सिपाहीदेखि बढुवा हुँदै अधिकृतस्तरसम्म अगाडि बढ्न ढोका खुलेको जस्तो देखिए पनि व्यवहारमा माथि उल्लेख भएझै माथिकै आदेश र नातावाद कृपावादकै सेरोफेरोमा बढुवा नहोला भन्न सकिन्न । यदि यस्तै हो भने सैनिक नियमावली संशोधनको अर्थ के रह्यो र ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार