पत्रकारहरु आचार संहितामा बाँधिनुपर्छ

द्वारा प्रकाशित गरिएको हो |
November 18th, 2021
अनुमानित पढ्ने समय : 5 मिनेट
फाईल तस्विर

–निनाम कुलुङ ‘मंगले’
हुन त विगत लामो समयदेखि नेपालमा मात्रै नभएर विश्वभरि नै मिडिया भनेको ‘आवाजविहीनहरुको पनि आवाज हो !’ भन्ने गरिन्छ । विश्वका प्रायः सबै देशमा मिडिया सम्बन्धी बनेको यो ‘मिडिया भनेको आवाजविहीनहरुको पनि आवाज हो !’ भन्ने जुन नारा वा स्लोगन छ, यो विश्वभरि स्थापित मान्यता हो । साथसाथै अर्को भनेको मिडियालाई राज्यको चौथो अंग पनि मान्ने गरिन्छ ।
तर, नेपालका मिडियाहरु आपूmबारे बनेको ‘मिडिया भनेको आवाजविहीनहरुको पनि आवाज हो !’ भन्ने र, ‘मिडिया भनेको राज्यको चौथो अंग पनि हो ।’ भन्ने भनाइ र मान्यताअनुसार कति चलेका छन्, कति चलेका छैनन् ? कोही व्यक्ति वा कुनै संघसंस्थाले अध्ययन, अनुसन्धान गरेर बताउलान् नै, निचोड निकाल्लान् नै, दूधको दूध पानीको पानी छुट्याउलान् नै । तर, सबै पक्षबाट जस्तो उदाहरणका लागि भन्नै पर्दा राज्य, राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ता, जातीय संघसंस्था, मानवअधकारवादी संघसंस्था, इतिहासकार, प्रा., डा., प्राडा, पत्रकार, लेखक, विश्लेषक, भाषाविद, संस्कृतिविद, समाजशास्त्री, मानवशास्त्री आदिका साथै विदेशी दातृ निकाय, संघसंस्थाहरु सबै–सबै बाट वहिस्कृत र तिरस्कृतहरु जाति र समुदायको आँखाबाट वा भनौ नजरबाट हेर्दा नेपालका मिडियाहरु हाम्रो लागि जानाजान वा अञ्जानमा ‘आलो घाऊमाथि नुनचुक छर्ने अचूक हतियार !’ मात्रै बनेको देखिन्छ ।
हुन त आजको २१ औं शताब्दीको जमानामा समाचार, सूचना, प्रविधि र विज्ञानका कारण नै कोही पनि केवल प्रिन्ट (दैनिक, साप्ताहिक, पाक्षिक, मासिक द्वैमासिक त्रैमासिक तथा अर्धवार्षिक पत्रपत्रिका), रेडियो, अडियो, भिडियो र अनलाइन जस्ता मिडियाकै कारण लाटोबुंगो ! नै भएर बसी रहनु पर्ने, अवस्थाबाट पार पाई सकेको अवस्था छ । तापनि कुन मिडियाको भूमिका कति रहन्छ ? त्यसमा पनि मानिसहरु भर पर्नुपर्ने अवस्थाबाट भने गुज्री सकेका छैनन् ।
त्यसो त धेरै मानिसहरु आजको जमानामा प्रिन्ट मिडिया (दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्घैमासिक त्रैमासिक, अर्धवार्षिक पत्रपत्रिका) हरु नै फर्खेर
बस्दैनन् । त्यसको सट्टा उनीहरु अडियो, भिजुअल, डिजिटल, पोडकास्ट, ट्वीटटर, मेसेन्जर, फेसबुक, ईन्स्टाग्राम लगायत सामाजिक सञ्जालसम्म पुगेर सजिलै सूचना लिन÷दिन सक्छन् । अर्को भनेको फोन टेलीफोन तथा मोबाइलको सर्वसुलभ र सस्तोमा उपलब्ध हुन थालेकाले सूचना लिन, दिन र सम्प्रेषण गर्नमा धेरै सजिलो र छरितो भएको छ । यसरी हेर्दा आजको जमानामा सूचनाको एक सशक्त माध्यम बनेको आधुनिक र अनेकखाले सञ्चारमाध्यमको उपलब्धताले गर्दा साँच्चै आजभन्दा १५÷२०÷२५ वर्षअघिको तुलनामा कल्पनै गर्न नसकिने गरी क्रान्ति ल्याएको छ, परिवर्तन आएको छ भनी दावी गर्न सकिन्छ ।
तापनि नेपालमा हुने विविधखाले पत्रकारितामध्ये प्रिन्ट र अनलाइन न्युज पोर्टल (डिजिटल पत्रिका !) हरुमध्ये. धेरै जसोले आप्mना पाठकहरुलाई कुनै पनि घटनाबारे समाचार दिँदा, लेख छाप्दा, फिचर बनाएर छाप्दा, लेख रचनाहरु छाप्दा र, अरु सूचनाहरु प्रवाह गर्दा सही सूचना र जानकारी प्रवाह गर्नुको सट्टा नियतवश हो वा अन्जानमा हो ! आप्mनो समूहको स्वार्थमा धक्का लाग्ने र आप्mनो स्वार्थमा आघात पुर्याउने भए नछाप्ने र, आपूmलाई मन नपरेका व्यक्ति, समूह, वर्ग, सामाजिक संघ(संस्था, राजनीतिक दल, राजनीतिक दलका नेता तथा कार्यकर्ता, विरोधी खेमा आदिलाई लक्षित गरिएको समाचार, सूचना, लेख, रचना, फिचर आदि भएचाहिँ त्यस्तो समाचार, सूचना, लेख, रचना, फिचर आदिचाहिँ खोजीखोजी छाप्ने र प्रकाशित गर्ने, उनीहरुका विरुद्ध लेखहरु लेखाएर छाप्ने÷प्रकाशित गर्ने, विशेष सम्पादकीय लेख्ने, फिचर बनाएर छाप्ने गरेको देखिन्छ ।
अझ कतिपय अनलाइनकर्मीहरुले त आपैmले नक्कली नाममा लेख लेख्ने र छाप्ने, त्यतिले नपुगेर अरुललाई प्रायोजित ढंगले वा लेखाउने समाचार नलेखेर (आपूmले जे भन्यो, त्यही मान्ने हनुमानेहरुलाई !) नक्कली नाममा समाचार वा लेख लेख्न लगाएर आप्mनो अनलाइन (डिजटल पत्रिका !) मा छाप्ने÷प्रकाशित गर्ने गरेको पनि प्रशस्तै देखिन्छ, भेटिन्छ । जस्तो विसं २०६२÷०६२÷०६३ तिर ‘मनुज चौधरी’को नक्कली नाममा नेपाल साप्ताहिकमा परिवर्तनका खिलाफमा लेख्ने रवीन्द्र मिश्र थिए भन्ने त धेरै कमलाई मात्रै थाहा थियो । जो पछि आएर (२०६९÷०७० पछि) त ‘विवेकशील+साझा+साझा+विवेकशील !’ पार्टीका नेता भए ।
हुन पनि विश्वभरि नै मिडियालाई देशको चौथो अंगसमेत मान्ने गरिन्छ । मेरो कुरोको चुरो के हो भने, अबदेखि कुनै पनि अनलाइन (डिजटल पत्रिका !) र दैनिक पत्रपत्रिका तथा साप्ताहिक पत्रपत्रिकाहरुले समाचार, फिचर, लेख र रचनाहरु छाप्दा÷प्रकाशित गर्दा वास्तविक समाचारदाता, सम्वाददाता, फिचर लेखक वा प्रस्तोता लेख रचना लेख्ने लेखक को हो ? पाठकहरुले थाहा पाऊन भनेर उसको (सम्बन्धित समाचारको समाचारदाता, सम्वाददाता, फिचर लेखक वा लेख रचना लेख्ने लेखक) को फोटा अनिवार्य रुपमा छाप्नैपर्ने व्यवस्थापछि मात्रै समाचार, फिचर, लेख, रचना प्रकाशित गर्ने÷छाप्ने व्यवस्था गर्नु पर्ने देखिन्छ । हुन पनि यस्तो व्यवस्था नेपालमा बहुदलीय प्रजातन्त्र आउने बित्तिकै (विसं २०४६ को परिवर्तनसँगै) लागू गरेको भए रवीन्द्र मिश्र जस्तो त्यो वेला बीबीसी रेडियोमा काम गर्दै गरेकाले मान्छेले ‘भूतको छाँया !’ जस्तो चिन्नै नसकिने छाँया राखेर कान्तिपुर पब्लिकेशन्सको सह–प्रकाशन ‘नेपाल साप्ताहिक’मा आप्mनो लेख छपाउने थिएनन्÷छापिने नै थिएन । हुन त त्यो वेला ‘अजय पी नाथ !’ लगायत अरुहरु पनि नक्कली नामवालाहरु नजन्मिएका होइनन् !?
त्यसैले नेपाल पत्रकार महासंघमा चुनिएर आएका नयाँ कार्य समिसतिका महानुभावहरुको विशेष गरेर अनलाइन न्युज पोर्टल (डिजिटल पत्रिका) बारे केही नयाँ र प्रभावकारी व्यवस्था गरोस् ! भन्ने सुझाका साथै आशा राखेको छ, यो पंक्तिकारले । किनभने, अभैm पनि नेपालका (सबैले होइन) केही अनलाइन न्युज पोर्टलहरुले आप्mनो अनलाइृनमा समाचार, फिचर र लेख छाप्दा वा प्रकाशित गर्दा कैफियत गर्ने गरेका शस्तै देखिने, भेटने गरेको छ । त्यसैले नेपालका हरेक अनलाइन न्युज पोर्टलहरुले आप्mनो समाचारदाता वा समाचार प्रेषक, फिचर लेख वा लेख रचनाका लेखकहरुको फोटा, मोबाइल नम्बर, इमेल आदि समेत उल्लेख गर्नैपर्ने÷छाप्नैपर्ने नयाँ व्यवस्था लागू गराउनुपर्ने देखिन्छ । यस्तो काम गर्नका लागि नेपाल पत्रकार महासंघले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय, सूचना विभाग, प्रेस काउन्सिल, नेपाल प्रेस इन्स्टिच्युट, त्यस्तै आप्mनै सहभागितामा कुनै यस्तो काम सहजै गर्न सक्छ । हरेक अनलाइन न्युज पोर्टलहरुले आप्mनो अनलाइनमा प्रकाशित समाचार, फिचर र लेखको लेखक÷प्रस्तोताको समाचार, लेख वा फिचरसँगै उसको फोटा, मोबाइल नम्बर, इमेल आदि राख्नैपर्ने व्यवस्था गर्नेतर्पm नेपाल पत्रकार महासंघले अब ढीला गर्नु हुन्न । त्यसो गर्न नसकेमा भविश्यमा अभैm पनि अनलाइन न्युज पोर्टलहरुले आपूm स्वयमले वा अरु कसैको नक्कली नाममा समाचार लेखाउने÷छपाउने, फिचर लेखाउने छपाउने र लेख रचना लेखाउने÷छपाउने काममा कमी आउने देखिँदैन । त्यसैले जानाजान वा भनौं नियत बांगिएरै पत्रकारिताको नाममा गलत कार्य गर्न चाहने÷गर्नेहरुका लागि केही कठोर हुँदै नयाँ व्यवस्था गर्नैपर्ने देखिन्छ, नेपाल पत्रकार महासंघले ।
हुन त केही दैनिक र साप्ताहिक पत्रिकाहरु अनि अनलाइन न्युज पोर्टलहरु आपैm पनि समाजप्रति जिम्मेवार भएर र, जिम्मेवारी महसुस गरेरै होला, सही पत्रकारिता नै गरी रहेको देखिन्छ । त्यसैले ती अनलाइनहरुले कुनै संकोच र लुकाई, छिपाई नगरी आप्mनो अनलाइन न्युज पोर्टलको सूचना विभाग दर्ता नं., कार्यलय रहेको ठेगाना, फोन नं., फोटासहितको प्रकाशकको नाम, प्रधानसम्पादकको नाम, सम्पादकको नाम, लेख रचना प्रमुखको नाम, समाचारदाताको नामदेखि लिएर गार्ड र कार्यलय सहयोगीको नामसमेत राखेको उल्लेख गरेको देखिन्छ÷भेटिन्छ । तर, अभैm पनि केही अनलाइन न्युज पोर्टलहरुले भने, आप्mनो सूचना विभाग दर्ता नं.कति हो ?, कार्यलय रहेको ठेगाना कहाँ हो ?, फोन नं. कति हो ?, प्रकाशक को हो, सम्पादक को हो ?, … को हो …? उल्लेख छैन । त्यसो भएपछि नियत बाँगिएकाहरुले फोटासहितको प्रकाशकको नाम, प्रधानसम्पादकको नाम, सम्पादकको नाम, लेख रचना प्रमुखको नाम, समाचारदाताको नाम राख्ने÷उल्लेख गर्ने प्रश्नै रहेन । फेरि पन भन्नै पर्दा उनीहरुको समाचार दिने शैली र उनीहरुले छापेको लेख, रचना, फिचर आदि हेर्दा उनीहरु ‘स्वच्छ मनले पत्रकारिता गर्नका लागि भन्दा पनि आपूmहरुलाई मन नपरेका राजनीतिक दल, संघसंस्था वा व्यक्ति विशेषलाई सिध्याउन वा भनौं खुईल्याउनका लागि मात्रै अनलाइन न्युज पोर्टल चलाएका हुन् कि ! भनेझैँ देखिन्छ ।
जस्तो यहाँ उदाहरणका लागि यहाँ ‘तुवाचुङ’ नामक अनलाइन न्युज पोर्टललाई लिन सकिन्छ । सो अनलाइनले विसं २०७७ पुस १४ गते गणेश … राईले एकजना व्यक्तिबारे लेखेको एक फिचर÷लेख छापेको थियो । त्यसपछि यो पंक्तिकारले सो व्यक्तिबारे फिचरबारे वास्तविकता के हो त ? भनी आपूmलाई थाहा भएको कुरोहरु लेखेर प्रतिउत्तर लेख वा भनौं प्रस्टीकरण लेख पठायो । धेरै दिनसम्म पनि सो लेख नछापिएपछि सोधखोज गर्दा छाप्न नसक्ने भनी बताएका थिए, ‘तुवाचुङ’ अनलाइन न्युज पोर्टलका सम्पादकले । अझ अचम्म त के भने, विसं २०७७ फागुन अन्तिम चैत पहिलो हप्तासम्म पनि ‘तुवाचुङ’ नामक सो अनलाइन न्युज पोर्टलको सूचना तथा प्रसारण विभाग दर्ता नम्बर खालि नै रहेको थियो । अहिले भने सो अनलाइनको सूचना विभाग दर्ता नं. २४७५÷०७७÷०७८ रहेको देखिन्छ । जबकि सो अनलाइन केही वर्षअघि देखि नै सञ्चालनमा आएको थियो÷हो ।
हुन त कुरो ‘तुवाचुङ’ अनलाइन न्युज पोर्टलको मात्रै नभएर ‘सार्बजनिक अनलाइन, (सो अनलाइन बन्द गरेर साल्पा अनलाइन चलाएको भनिएको) साल्पा अनलाइन, लिब्जुभुम्जु अनलाइन (जो विगत लामो समयदेदिख हालसम्म पनि दर्ता नभई नै चलेको देखिन्छ, यो लेख लेख्दासम्म) लगायत नेपालका सयौं यु ट्युब च्यानल, अनलाइन न्युज पोर्टल, टीभी, रेडियो, एफएम रेडियो, प्रिन्ट मिडियाहरुले पनि कसैप्रति व्यक्तिगत रिस फेर्न, व्यक्तिगत फाइदा लिन र कसैको जीवन नै समाप्त पार्न हात धोएर
नलागेस ! भन्नका लागि साथै ‘नेपालका पहुँच नभएका÷नहुने जातजाति, समुदाय, भाषाभाषी, संघसंस्थाहरु, व्यक्तिहरुका विरुद्घ कुनै पनि अनलाइन न्युज पोर्टल, साप्ताहिक पत्रपत्रिका, एफएम रेडियो, टीभी च्यानल आदि दुरुप्रयोग नहोेस् भन्नका लागि पनि नेपाल पत्रकार महासंघको २६ महाधिवेशनले चुनिएका नयाँ कार्य समितिका कामरेडहरुले हरेक अनलाइन न्युज पोर्टलहरुले आप्mनो अनलाइनमा प्रकाशित समाचार, फिचर र लेखको लेखक÷प्रस्तोताको समाचार, लेख वा फिचरसँगै उसको फोटो, मोबाइल नम्बर, इमेल आदि राख्नैपर्ने व्यवस्था नगरेमा वा गर्न नसकेमा भविश्यमा अभैm पनि अनलाइन न्युज पोर्टलहरुले जानाजान गर्ने बदमासीलाई निप्टारा लगाउन नसकिने देखिन्छ भने राज्य, मिडिया, समाजाकि सञ्जाल आदिमा पहुँच नभएका वा नहुने नेपालका भुईँतहका जातजाति, समुदाय, भाषाभाषी, वर्ग, समूह आदिलाई ‘नियत बाँगिएरै !’ खुलेका नेपालका केही अनलाइन न्युज पोर्टलहरुले उनीहरुको सास रहेसम्म लखेटी रहने देखिन्छ ।
नोटः यो लेखमा कोड गरिएको वा लेखिएको नामहरु जस्तै अनलाइन, त्यसका प्रकाशक, सम्पादक तथा लेखहरुप्रति ‘अतिशय द्धेष वा अतिशय अनुराग !’ रहेरभन्दा पनि उनीहरु सुध्रिऊन् ! मन नपरेको मान्छे वा संघ(संस्थाहरुलाई अन्टसन्ट गाली गर्दै नभएको फत्तुर लगाउँदै नक्कली नाममा जताभावी नलेखून्, नलेखाऊन् भनेर कोड गरिएको हो । त्यसैले प्रकाशक तथा सम्पादक ज्युहरुलाई केही अप्ठेरो लागेमा लेखकको निजी भनाइ हो भनी राख्न सक्नु हुन्छ । आशा छ, सँधै भैmँ महत्वका साथ प्रकाशित हुने नै छ ।
थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९
लष्लबmपष्चबतज्ञद्दघ२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार