जनगणनाले राई भाषालाई नियोजन गर्र्दै

द्वारा प्रकाशित गरिएको हो |
November 18th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । हरेक दश÷दश वर्षमा गरिने जनगणनाले पनि आदिवासी समुदायको भाषामाथि नियोजित षड्यन्त्र गरेको देखिन्छ । विविध भाषाभाषी, धर्मावलम्वीहरुको देश नेपालमा रहेका रैथाने राई जाति यो पटकको जनगणनामा यस्तो षड्यन्त्रमा परेका छन् । चालु जनगणनामा गणकहरुद्वारा सोधिने ‘मुख्य प्रश्नावली’मा पुर्खाको भाषा र मातृभाषा को खण्डमा त्रुटी गराई राई जातिको भाषालाई लोप गराउन खोजेको देखिन्छ । तथ्यांक अनुसार हेर्ने हो भने मुलुकमा १२३ भाषा छन् । ती भाषालाई कोड नं.को आधारमा पहिचान गरिने व्यवस्था गरिएको छ । जसमध्ये कोड नं. ४३ मा ‘वाम्बुले’ रार्ई भाषालाई राखेको छ । तर चालु जनगणनाको निमित्त तयार पारिएका उक्त कोड नं. ४३ मा ‘वाम्बुले’ भाषा होइन ‘याम्बुले’ भाषा उल्लेख गरिएको छ । ‘वाम्बुले’ राईले गणकहरुलाई यो ‘याम्बुले’ होइन हाम्रो भाषा ‘वाम्बुले’ भाषा भएकोले हामीले ‘वाम्बुले’ भनि उल्लेख गर्न पाउनुपर्छ भनि ‘वाम्बुले’ थरका राईहरुले गणकलाई अनुरोध गर्दा गणकले लेख्ने भए ‘याम्बुले’ लेख नभए अरु नै भाषा लेख भनेपछि ‘वाम्बुले’भाषी राईहरु अन्यौलमा परेको बताईन । यस सवालमा विभागका निर्देशक ढुण्डीराज लामिछानेसँग छहराले प्रश्न राख्दा लामिछानीले प्रश्नावलीमा त्रुटी भएको स्वीकार गर्नुहुँदै त्यसलाई सच्याउन भने नसकिने बताए । उनले छहराको अर्काे प्रश्नमा लाखौ थान प्रश्नावली छापिएर गणना लिने काम जारी छ, त्यसैले तत्काल त्रुटी सच्याउन सम्भव छैन भन्ने कुरा बताए । स्मरणीय छ किरात राई जाति अन्र्तगत ३२ भन्दा बढी भाषीमध्यभे ‘वाम्बुले राई भाषा पूर्वी नेपालको ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लाहरुमा मात्र नभएर भारतका विभिन्न प्रान्त सिक्किम, दार्जिलिङमा समेत बोलिने गरिन्छ । २०६८ को जनगणनाले नेपालमा ‘वाम्बुले’ भाषा बोल्ने राईहरुको संख्या १३४७० जना देखाइएको छ ।
नेपालमा जनगणना लिने क्रम आगामी मंसिर ९ गते सम्पन्न हुँदैछ । चालु जनगणनामा सोधिने प्रश्नमा यसरी गम्भीर त्रुटी भेटिएपछि ‘वाम्बुले’ राई समाजको तर्फबाट समाजको टोलीले केन्द्रीय तथ्यांक विभागको महानिर्देशक र उपमहानिर्देशक लगायतलाई भेटि जनगणनाको क्रममा देखापरेको भव्य विवरण बारे घटना विवररण बारे अवगत गराउँदै उक्त गम्भीर त्रुटी सच्याउनका लागि ध्यानाकर्षण गराइयो । जनगणनाको क्रममा कतिपय ठाउँमा गणकले मातृभाषा, पुर्खाको भाषा, दोस्रो भाषा जस्ता विषयको प्रश्ननै नसोध्ने र आफै उत्तर लेखिदिने साथै दोस्रो भाषा र धर्मको प्रश्नमा आफै लिडिङ प्रश्न गरेर नेपाली भाषा त बोल्नुहुन्छन होइन ? धर्म त हिन्दू नै त हो नी होइन र ? भनेर प्रश्न गरेर आफै त्यही अनुसारको उत्तर लेखिदिने गरेको उदयपुरका बेलका नगरपालिकाको केही गणकले दोस्रो भाषामा नेपाली नै लेखेर ल्याउनु भनेर प्रशिक्षणमा भनिएको छ भनेर आफै नेपाली भाषा लेखिदिने गरिएको पाइएपछि र ‘वाम्बुले’ हुनुपर्ने ठाउँमा सफ्टवयेर फारममा ‘याम्बुले’ भनि लेखिएको पाइएपछि ‘वाम्बुले’ राईहरुको टोलीले तथ्यांक विभाग पुगी ध्यानाकर्षण पत्र बुझाउनुपरेको हो भनि ‘वाम्बुले’ टोलीका वाम्बुले टोली सुत्रले छहरालाई बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार