यो पटकको जनगणना विगतकोभन्दा पनि गाँजेमाजे आउने

द्वारा प्रकाशित गरिएको हो |
November 1st, 2021
अनुमानित पढ्ने समय : 9 मिनेट
फाईल तस्विर

निनाम कुलुङ ‘मंगले’

हो, यही २५ कात्तिकदेखि ९ मंसिरसम्म हुने १२ औं राष्ट्रिय जनगणनामा नेपालका सबै जातजाति, भाषाभाषी, लिंग, धार्मिक समूह, वर्ग क्षेत्रका अगुवाहरु आआप्mनो जातजाति, भाषाभाषी, लिंग, धार्मिक समूह, वर्ग क्षेत्रको सके्सम्म सही तथ्यांक आओस् भनी लागीपरेका छन् ।
तर, यसपटकको जनगणनाको तथ्यांक विगतको भन्दा पनि ‘गैबार!’ वा भनौं गाँजेमाजे तथ्यांक आउने संभावना देखिन्छ । किनभने, यो पटकको जनगणनामा खटिने अधिकांश जनगणक र सुपरभाइजरहरु सरकारी कर्मचारी
(निजामती) हरुकै नातागोताहरु जस्तै बाबु, आमा, बडाबा, काका, बडीआमा, काकी, दाजु, भाइ, फुपु, फुपाजु, भेना, साला, साढु दाइ, साढुभाइ, ज्वाईँ, जेठीसासु, साली, भतिज, भतिजी, भदा, भदैनी, भाञ्जा, भाञ्जी, छोरा, छोरी, नाति, नातिनी, मितबा, मितआमा, मित छोरा, मित छोरी, मित, मितिनी आदि परेको भन्ने भित्री गाईँगुई छ । जस्तो उदाहरणका लागि यहाँ भन्नै पर्दा इलाम जिल्लाको ‘रोङ गाउँपालिकाको एक वडा’मा निजामती कर्मचारी (गृह मन्त्रालयमा कार्यरत) का राई जातका (असलीयतमा बान्तावा जाति हो ।) र बान्तावा थरका शाखा अधिकृतकै सहोदर भाइ जनगणकमा परेका छन् । अझ तिनै मान्छे सुपरभाइजर पनि परेका छन् भन्ने सुनिन्छ । यो कुरो सही हो भने, एकै व्यक्ति जनगणक हुन पाउने र सुपरभाइजर पनि हुन सक्छ,
पाइन्छ ? यो गम्भीर प्रश्न हो । त्यसैले यस विषयमा जो कोहीले प्रश्न उठाउनुपर्ने देखिन्छ ।
जनगणनामा राई किन नलेख्ने ?
हो, विगतमा जानेर वा नजानेर अथवा राई भन्दा, लेख्दा आपूm पनि तालुकदार वा जिम्मावाल राई जस्तै ‘ठूलो राई !’ होइन्छ भनेर हामीले राई भन्दै, लेख्दै आएको साँचो हो । तर, राई के हो ? भन्ने बारेमा बुभ्mदै जाँदा, सोधखोज गर्दै जाँदा, पढ्दै जादा, इतिहास हेर्दा पढ्दा र, हाम्रा पितापूर्खाहरुले मुखैले भन्दै आएको तथ्य कुरोहरु अझ ऊ वेला ‘राई !’ अर्थात् जिम्मावमलतालुकदारी चलाएका मान्छेहरु र तिनका जेठो छोरोहरु जिउँदै रहेको र उनीहरुले भनेअनुसार, देखेअनुसार राई जात वा जाति होइन थिएन । त्यसैले अब हामीले राई नलेखेर आठपहरिया, कुलुङ, ‘चाम्लिङ, थुलुङ, बान्तावा, मेवाहाङ, बाहिङ, याम्फु आदि लेखौं, लेखाऊँ, हाम्रो असली जातीय स्वपहिचानले चिनिऔं भनेको हो ।
फेरि अर्को पक्षले भनेभैmँ साँच्चै राई जात हो अनि बान्तावा, दुमी, कोयु, पुमा, वाम्बुले (हाम्रोतिर चौरासे राई ! भन्छन्) आदिचाहिँ थर हो भने बान्तावा–बान्तावबीच, दुमी(दुमीबीच, कोयु(कोयुबीच, पुमा(पुमाबीच, वाम्बुले–वाम्बुलेबीच कसरी विवाह भई रहेको छ ? राई जात र बान्तावा, पुमा, कोयु दुमी आदि थर मात्रै हो भने त्यसरी एकै थरमा (बान्तावा–बान्तावबीच, दुमी–दुमीबीच, कोयु–कोयुबीच, पुमा–पुमाबीच, वाम्बुले–वाम्बुलेबीच) विवाह गर्दा उनीहरुलाई नेपालको प्रचलित कानुनअनुसार हाडनाता करणीको मुद्धा लाग्नुपर्ने होइन र ? कि राई भन्नेहरु मुसलमान जस्तै हुन् ? जो दूधको नाता मात्रै बार्ने, रगतको नाता नबार्ने जात समूह हो र ? यस बारेमा ‘राई जातै हो, जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन तीनपुस्तमा समेत राई छ !’ भन्ने अर्को पक्षले ‘अन्टसन्ट नबोलेर “क्लियर(कट” भाषामा बोल्नुपर्ने, प्रस्ट्याउनुपर्ने’ देखिन्छ ।
जनगणनामा ‘राई !’ नै लेखेमा के
हुन्छ ?
हो, राई नै लेखेमा के हुन्छ त ? पहिलो कुरो राई जात वा जाति नभएकेले गर्दा राई नलेखौं । अथवा कसैलाई राईले नै चिनियो, नागरिकता, जग्गाधनी पूर्जा, पेनसन्पट्टा, स्कूल पढेको सर्टिफिकेट, वृद्धभत्ता कार्ड, विद्यार्थी कार्ड आदिमा पनि राई नै छ, त्यसैले यो जनगणनामा पनि राई नै लेख्छु भनेमा त्यसमा हाम्रो बार–बन्देज र जबरजस्ती रहने छैन । तर, अर्को पक्ष (राई जातै हो भन्ने र भनिनेहरु) ले पनि हामीलाई त्यसरी बार–बन्देज र जबरजस्ती राई नै लेख ! भन्ने काम नगरुन् भन्ने विनम्र अनुरोध छ । यो नै वास्तवमा कुनै पनि व्यक्ति र समुदायको ‘म वा हामी का हौं ?’ भनी स्व–निर्णयअ गर्न पाउने आत्मनिर्णयको अधिकार र मानव अधकिार पनि हो । जुन कुरो नेपालको पछिल्लो संविधानले समेत दिई सकेको अवस्था
हो ।
तर, यो जनगणनामा पनि राई नै लेखेमा प्रदेश नम्बर एकमा बान्तावा जातिहरुले जसरी ‘आलु !’ खाए, त्यसरी नै फेरि पनि आप्mनो वास्तविक र असली जातीय स्वपहिचान हुँदाहुँदै पनि राई लेख्ने किराती समुदायहरुले ‘आलु !’ खाने
छन् । जस्तो प्रदेश नम्बर एकमा १ ३२ हजार चानुचुन बान्तावा भाषा वक्त हुँदाहुँदै पनि प्रदेश नम्बर एकमा त्यहाँको भाषामा सिफरिस हुन सके, भएन । आखिर किन त, त्यत्रो भाषा वक्ताहरु हुँदाहुँदै कोही व्यक्ति विशेषले सोर्स र फोर्स लगाए रबान्तावा भाषालाई पैदेश नम्बर एकको भाषा हुनबाट रोकेको हो ? त्यस्तो
होइन । खासमा बान्तावा कामरेडहरुले राईका बिचौलियाहरुको भरमा परेर उनीहरुले जे भन्यो त्यही मानेर विसं २०६८ को ११ औं राष्टिूय जनगणनामा जातमा राई लेखे, जो राईका बिचौलियाहरु छन्, उनीहरु अहिले पनि त्यसै गरौं (राई नै लोखौं) भन्दैछन् । त्यसको फलस्वरुप बान्तावा जातिको जनसंख्या भने सो जनगणनामा ४ हजार ६०४ जना मात्रै आए । फलतः प्रश्न उठ्यो एक लाख ३२ चानचुन भाषामा बाँकी एक लाख २६ हजार चानचुन बान्तावा भाषा कसले बोल्छ, कहाँ
बोलिन्छ ? पहिले टुंगो लाग्नु परेन ??? अतः अहिले आएर राई भन्नेहरुमा हामी धेरै बाठो भन्थ्यौं तर… भनेर बान्तावा जाति कामरेडहरु बल्ल ‘खुई…य !’ खर्दै छन् । किनभने, यो जनगणनामा पनि हामी बाठो हौं भन्ने तर, राई जातै भनेर राई जनसंख्या र भीड देखाएर राईको नाममा खाने बिचौलियाहरुकै भर परेर फेरि पनि राई लेखेमा अर्को १० वर्ष कुर्नुपर्ने छ ।
फेरि अर्को पक्षले भनेभैmँ साँच्चै राई जात हो अनि बान्तावा, दुमी, कोयु, पुमा, वाम्बुले (हाम्रोतिर चौरासे राई ! भन्छन्) आदिचाहिँ थर हो भने बान्तावा–बान्तावबीच, दुमी–दुमीबीच, कोयु–कोयुबीच, पुमा–पुमाबीच, वाम्बुले–वाम्बुलेबीच कसरी विवाह भई रहेको छ ? राई जात र बान्तावा, पुमा, कोयु दुमी आदि थर मात्रै हो भने त्यसरी एकै थरमा (बान्तावा–बान्तावबीच, दुमी–दुमीबीच, कोयु–कोयुबीच, पुमा(पुमाबीच, वाम्बुले–वाम्बुलेबीच) विवाह गर्दा उनीहरुलाई नेपालको प्रचलित कानुनअनुसार हाडनाता करणीको मुद्धा लाग्नुपर्ने होइन र ? कि राई भन्नेहरु मुसलमान जस्तै हुन् ? जो दूधको नाता मात्रै बार्ने, रगतको नाता नबार्ने जात समूह हो र ? यस बारेमा ‘राई जातै हो, जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन तीनपुस्तमा समेत राई छ !’ भन्ने अर्को पक्षले ‘अन्टसन्ट नबोलेर “क्लियर–कट” भाषामा बोल्नुपर्ने, प्रस्ट्याउनुपर्ने’ देखिन्छ ।
अर्को प्रश्न भनेको राई के हो ? भन्ने सम्बन्धमा आप्mनो नामको अगाडि ‘प्रा., डा., प्राडा, प्रोफेसर’ विद, विज्ञ, प्राज्ञ, विश्लेषक आदि जोड्ने तर, कोही व्यक्ति, समूह वा वर्गका अगुवा भनिनेहरु रिसाउलान् कि ? प्रस्टसँग बोल्दा कसैले माना पचनी गर्ने, दानापानी खाने र खाईजीवीका चलाउने बाटो वा भनौं मुहान नै पो बन्द गर्देलान् कि !? भनेर सत्य–तथ्य सूचनाहरु दिन नसक्ने, वास्तविक कुरो भन्न नसक्ने र, लेख्न नसक्ने, बोल्न नसक्ने अर्थात् ‘सेतोलाई सेतो, कालोलाई कालो भन्न नसक्ने !’ भए तापनि पढाएर, लेखाएर, लेखेर, बोलेर, अन्तर्वार्ताहरु दिएर, अन्टसन्ट वकालत गरेर, बौद्धिकता हाँकेर माना पचनी गर्ने र खाईजीवीका चलाउनेहरुले पनि अब अन्टसन्ट नबोलेर, अन्टसन्ट नलेखेर राई जात, समूह, वर्ग मात्रै हो कि, जाति वा समुदाय नै हो ? किटानी साथ लेख्नुपर्ने, बोल्नुपर्ने अन्तर्वार्ता दिनुर्पे, वकालत गर्नुपर्ने देखिन्छ ।
जबकि राई भन्नेहरुको आप्mनो छुट्टै मातृभाषा नभएकैले÷नभेटेकैले गर्दा संस्था दर्ता ऐन–२०३४ अन्तर्गत दर्ता गरेको आप्mनो संस्था, राई यायोक्खा नामक एनजिओ, समाजकल्याण परिषद दर्ता नम्बर(२६५६, काठमाण्डौ र, जिल्ला प्रशासन कार्यलय काजिप्रका÷रजिस्टर्ड नम्बर(३२८÷०४९÷०५० को नामसमेत बान्तावा जातिको भाषामा ‘यायोक्खा’ राख्नु परेको सबै सामू विदितै छ । त्यस्तै राई भन्नेहरुले नाच्ने गरेको नाच (चण्डी नाच) को नाम पनि चाम्लिङ जातिको भाषामा ‘साकेला’ राखिएको, भनी यो पंक्तिरालाई भूपू क्याप्टेन मामा (जो ललितपुर जिल्लाको मानभवन, तिखेदेवल, सातदोबाटो, थसीखेल, नखिपोट एरियमा बस्नु हुन्छ ।) ले भन्नु भएको
हो । उहाँका अनुसार ‘यायोक्खा’ भनेर बान्तावा जातिको नाममा राई भन्नेहरुको संस्थाको नाम राखेपछि चाम्लिङहरुले पनि ‘चण्डी नाच’को नामचाहिँ चाम्लिङ जातिको भाषामा ‘साकेला’ राख्ने प्रस्ताव गरियो । त्यसपछि ‘साकेला’ नाम पारित भयो
अरे !
तर, हामी कुलुङहरुका हकमा कदापि त्यस्तो होइन । किनभने, कुलुङ जातिको अरु जातिको भन्दा छुट्टै मातृभाषा, ऐतिहासिक भूमि (‘महाकुलुङ भूमि÷भू–क्षेत्र’), वंश–परम्परा जस्तै अरु जातजाति वा समुदायले हामीलाई “कुलुङ” भनेर चिन्नुअघि हाम्रा २३÷२४ जना पूर्खाहरु होहोरेम, तूम्नो, नीनाम–रीदूम, खप आदि पूर्खाहरु छन् । त्यसभित्र पनि प्रमुख चार प्रमुख पूर्खाहरु छन् । जस्तै छेम्सी, ताम्सी ,खप्दूलू (पिल्मो÷पेल्माङ), राताप्खू (सोत्तो सोताङ) अनि मात्रै हामी “कूलू” इथ्नोनिम र “कुलुङ” एक्सोनिमले चिनिन थालेका
हौं ।
इतिहास, मौलिक भेषभुषा, गरगहना, भेदभावरहित समाज, हामी भन्ने भावना, परम्परागत कानुन, मूल्य–मान्यता, अरुको भन्दा जीवनशैली, फरक संस्कार, संस्कृति, रहनसहन, चाडबाड, आप्mनै समुदायभित्र चल्ने नाता–कुटुम्ब (जस्तो कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी थर र उपथरहरु रहेको छ । त्यसैले कुलुङ–कुलुङबीचमै विवाहवारी चल्छ ।) गर्ने प्रचलन आदि रहेको छ ।
अर्को उदाहरण दिनु पर्दा “राई यायोक्खा” नामकसंस्था जुन संस्था दर्ता ऐन–२०३४’ अन्तर्गत दर्ता भएको) गैर सरकारी संस्था जो छ, सो संस्थाको समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काजिप्रका रजिस्टर्ड नम्बर(३२८÷०४९÷०५०) रहेको छ, सो संस्थाको तत्कालीन महासचिव राजबहादुर राई ज्युले यो पंक्तिकाराई विसं २०६१÷०६२ ताका मंसिरे पूर्णेको अवसरमा काठमाण्डौको टुँडीखेलमा चण्डी नाच नाच्न बोलाउँदा मैले ‘आउन त आउँला तर, म राई होइन नि !’ भनी नसक्दै उहाँले ‘हामी सबै … हो नि, हामी सबैको हो नि, आउनुस् न, आउनुस् !’ भन्नु भएको थियो ।
लगत्तै मैले ‘अनि दौरा, सुरुवाल र ढाका टोपी नै राईहरुले लगाउने जातीय पोशाक हो भनी प्रश्न गरी नसक्दै उहाँले ‘अँ …. हो नि, हामी सबैको दौरा–सुरुवाल हो नि !’ भनी जवाफ दिनु भएको
थियो । तुरुन्तै मैले ‘हामी कुलुङको त पुरुषले लगाउने यस्तो(यस्तो नामको जातीय भेषभुषा हुन्छ, महिलाले लगाउने यस्तो–यस्तो नामको गरगहना हुन्छ, हाम्रो (कुलुङ) को त यस्तोयस्तो संस्कार, संस्कृति हुन्छ, मूल्य–मान्यता र परम्परागत कानुन हुन्छ, … आदि’ हुन्छ भनी नसक्दै ‘ए… हामी चाम्लिङको पनि … हुन्छ नि !’ भन्नु भएको थियो ।
तर, उहाँ जस्तो राई जातिवालहरुको ‘पिलर’ (महासचिव) भई सक्नु भएको मान्छे अहिले आएर आपूmलाई राई र चाम्लिङ होइन, कोयु भन्नु हुन्छ अरे ! यो कुरो मेरो कानले सुनेको हो । किनभने, राउटे समुदायमा रहेको मान्यता र विश्वासअनुसार आप्mनो आँखाले देखेको कुरो मात्रै पत्याउनु पर्छ ! जे होस्, यस्तो किन भयो त ? उता राई जातिवालाहरुकै संस्थाका अर्का पूर्व महासचिव चन्द्रविक्रम राई ज्यु पनि अहिले आएर आपूmलाई बुङलावा भन्नु हुन्छ अरे !
स्मरणीय छ, चन्द्रविक्रम राई ज्युले २०६४ को माघ (हाल संसद भवन रहेको नयाँ वानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा) महिनाको पहिलो हप्ता आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
(आजउराप्र) को संघीय परिषदको बैठक बस्दै गर्दा बाहिर (पश्चिम गेटमा) कुलुङलगायत सूचीकरणबाट वञ्चित लगभग डेढ दर्जन जातीय संघसंस्थाका अगुवाहरुको नेतृत्वमा सम्बन्धित जातिका मानिसहरुले विरोध प्रर्दशन गर्दै थियो भने, तत्कालीन संसद भवनभित्र चाहिँ चन्द्रविक्रम राई ज्युले कुलुङ समुदायका एक जना अगुवालाई मात्रै लक्षित गरेर ‘जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ !’ भनेर पर्चा बाँड्दै हुनुहुन्थ्यो । सो पर्चा यो पंक्तिकारसँग अभैm सुरक्षित छ । जबकि आदिवासी जनजाति हुनलाई चाहिने आधार भनेको व्यक्तिको ‘नागरिकता, पासपोर्ट, जग्गा धनीपूर्जा, स्कूल, कलेज वा विश्वविद्यालय पढेको विद्यार्थी कार्ड, सर्टिफिकेट, निजामती कर्मचारी परिचयपत्र, पेन्सन पट्टा, वृद्घभत्ता कार्ड, ड्राईभिङ लाईसेन्स आदि नभएर उसको जातिगत उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि, अरुको भन्दा फरक मातृभाषा, फरक भेषभुषा, फरक संस्कार, संस्कृति, फरक, रहनसहन, मौलिक धर्म, चाडबाड, परम्परागत कानुन, परम्परागत मूल्य–मान्यता, हामी भन्ने भावना, भेदभावरहित समाज आदि हो ।
जहाँसम्म राई जातिको सवाल छ, जसले, जसरी र जतिपटक ‘अकबरी सुनले जलप’ लगाउन खोजेर राई जाति नै हो भनेर प्रमाणित गर्न खोजे तापनि राई भनेको जात वा जाति हुँदै होइन । स्थानीयस्तरको राजासरह जनाउने शब्द मात्रै हो, पदवी मात्रै हो, पगरी मात्रै थियो÷हो, ‘(राई शब्द ।’ जुन शब्दका बारेमा माथि नै धेरै पटक गन्थन(मन्थन गरिएको छ, धेरै पटक, धेरै कोणबाट उदाहरणहरु दिईएको छ कि, ‘राई’÷‘राइ’ शब्दको व्युत्पत्ति ‘राया’÷‘राय’ हो र, नेपालमा पहिलोपटक कर्णाली प्रदेशमा यो शब्द ‘राजा’ भन्ने अर्थमा प्रयोग भएको भन्ने इतिहासकारहरुको भनाइ रहेको छ । त्यस्तै नेपालको पूर्वी भेगमा सबैभन्दा पछि विसं २०५०÷०५१ मा संखुवासभा जिल्लामा भूमिसुधार ऐन पूर्ण रुपमा लागू भएको हो । जहाँ ‘पाँचखपन’, ‘पाँच मझिया’ र ‘दश मझिया’ क्षेत्रहरु थिए भने, ती क्षेत्रमा दूर्गामणि देवानले पनि आप्mनो असली अर्थात् तालुकदार÷जिम्मावाल राई बाबुको मृत्युपछि ‘राई !’ पदवी÷पगरी चलाउउनु भएको थियो । दूर्गामणि देवान हाल ललितपुर जिल्लाको भैसेपाटीमा बस्नु हुन्छ । त्यसैले राई जातिवादी कामरेडहरुले एकपटक उहाँलाई प्रत्यक्ष भेटेर राई के हो, को हो ? भन्ने बारेमा सोधखोज गरे अझ राम्रो हुन्छ ।
राईवादी कामरेडहरुले भने जस्तै ‘एक जाति राई, २८ भाषी राई’ नै हो भने तपाईँहरुले त्यसरी म ‘एक जाति राई हुँ तर, मेरो २८ वटा भाषा छ भनेर खररर… २८ वटा भाषामा बोल्न सक्ने कोही माईकालाल राई !’ देखाउन सक्नु हुनुहुन्छ ? यो प्रश्न मैले नेपालमा भाषा विज्ञानमा डाक्टर गरेका र नामको अगाडि प्रा., डा., प्राडा आदिको फुर्को झुन्ड्याउनेहरुलाई विगतदेखि नै धेरैपटक सोधेको छु, सोध्दै आएको छु । तर, कसैले पनि अहिलेसम्म त्यसरी ‘म एक जाति राई हुँ तर, मेरो २८ वटा भाषा छ भनेर खररर… २८ वटा भाषामा बोल्न सक्ने कोही राई भेटेको छु, वा देखाउन सक्छु !’ भनेर दावी गर्नु भएको छैन । अन्त्यमा कुनै पनि राई वा राई जातिवाला राई कामरेडहरुले डलर खानलाई मात्रै आठपहरिया, कुलुङ, बान्तावा, बाहिङ, याम्फुलगायतका केही राई विरोधीहरु फुटाउनका लागि केही टाठाबाठाहरु लागेको भन्ने आशय कताकति व्यक्त गर्ने गर्नु हुन्छ, त्यस्तो बकवास अबदेखि बन्दा गर्नु होला, बन्द गराउनु होला । वास्तवमा त्यो वेला नेपाल सरकार÷तत्कालीन श्री ५ को सरकार, दातृ निकाय, अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्था, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) आदिबाट कसले धेरै अमेरिकी डलर, ब्रिटिश पाउन्ड, रियाल, दिनार, येन, क्रोन, भारु, रुबल, गिल्डर, प्रैmन्क, भाट, रेन्मिबी, रिंगेट, रुपैँया, पैसा खायो ? ‘एक जाति राई, २८ भाषी राई !’ भन्नेहरुको संस्था ‘राई यायोक्खा’ र तिनका हर्ताकर्ताहरुले कि ? ‘राई जात वा जाति होइन, पद वा पगरी मात्रै हो, त्यसैले हामी हाम्रो टाउकाबाट राईको सिङको भारी ! लाई फाल्छौं !!’ भनी विगत २१÷२२ वर्षदेखि गाँठो देखिने पाइन्ट र चप्पल लगाएर र, चियाबिस्कुटसमेत सगोलमा पैसा उठाएर खाएर वा त्यति पनि गर्न नसक्दा पानी मात्रै खाएर पनि खटेका कुलुङ लगायत अन्य किरातीहरुले ? अब सोबारे गलफत्ती गरीरहनु भन्दा छानबिन गर्नका लागि एक स्वतन्त्र आयोग नै गठन गरौं ।
त्यसो त कतिपय कुलुङका अगुवाहरुले आप्mनो हुँदा खाँदाको जागिर नै छाडेर लाग्नु भएको छ, जागिर खाँदा वचत गरेको पैसाले जोडेको घडेरीसमेत बेचेर पनि लागीरहनु भएको छ भने, कतिपय अवस्थामा कुलुङ समुदायमा गएर पनि एकएक रुपैँया चन्दा संकलन पनि गर्ने गरेका छौं ।
त्यसैले साँच्चै अमेरिकी डलर, पाउन्ड, रियाल, दिनार, येन, क्रोन, भारु, रुबल, गिल्डर, प्रैmन्क, भाट, रेन्मिबी, रिंगेट, रुपैँया, पैसा आदि कसले खायो ? ‘एक जाति राई, २८ भाषी राई !’ भन्दै नेपालका अन्य जाति वा समुदायसरह अलग्गै जातीय अस्तित्व भएका किराती जातिहरु (खास गरी १६ खम्बुका सन्तान) लाई ‘एक जाति राई, २८ भाषी राई !’ भन्दै अलमलमा पारेर र, राईकरणको मारमा पारेर÷घानमा हालेर राई यायोक्खा नामक एनजिओका हर्ताकर्ताहरुले खाए कि ?, ‘राई जात वा जाति होइन, पद वा पगरी मात्रै हो, त्यसैले हामी हाम्रो टाउकाबाट राईको सिङको भारी ! लाई फाल्छौं !!’ भनेर विगत २१÷२२ वर्ष (विसं २०७५÷०५८) देखि गाँठो देखिने पेन्ट र फित्तावाल चप्पल लगाएर र, पाँच तारे होटलमा कुखुरोको साँप्रा र पुलाऊ हसुर्नूको सट्टा चियाबिस्कुट खाएर वा त्यति पनि खानपिनको पनि व्यवस्थापन गर्न नसक्दा पानी मात्रै खाएर वा भोकभोकै पनि संघर्ष गरी रहेका कुलुङहरुले खाए ? यस बारेमा छानबिन गर्नका लागि फेरि पनि ‘एक स्वतन्त्र र निष्पक्ष आयोग नै गठन गरौं !’ भनी म हार्दिक अनुरोध गर्दछु ।
अन्यथा अप्रत्यक्ष रुपमा आप्mनो व्यक्तिगत तुष मेट्ने माध्यम वा आधार नबनाऊँ “(कुलुङ समुदाय, कुलुङ समुदायका अगुवा र, जातीय स्वपहिचानका लागि लडी रहेका अन्य किराती समुदायका अगुवाहरुलाई ।”
बरु, कथित् राई जातिको संस्था भनिने राई यायोक्खाका हर्ताकर्ताहरुले विगतमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) ले कुलुङ जातिको संस्थालाई दिन खोजेको÷दिएको केही रकम पनि राजनीतिक पहुँच र भीड देखाएर रोकेको र एक–दुई पटक त कुलुङका लागि आएको पैसा उक्त संस्था आपैmले लगेको इतिहास पनि छ । सो रेर्कड हामीले सुरक्षित राखेका छौं । सायद सो रकमको भौचर प्रतिष्ठानमा अभैm पनि सुरक्षित नै होला । प्रतिष्ठानका धेरैजसो कर्मचारीहरु हाल रिटार्यड भए तापनि केही अभैm पनि प्रतिष्ठानमै कार्यरत रहेका छन् । त्यसो त रिटार्यड भएका कर्मचारीहरु पनि कठमाण्डौमै छन्, उनीहरुलाई पनि सोध्न सकिन्छ, मेरो कुरो गलत लागेमा ।
प्रस्तुत मतअभिमत लेखक स्वयंमको नीजि विचार हो ।
थप केही जानकारी चाहिएः ९८४९८५९९७, ९८६९५२४०२५,
लष्लmबपष्चबतज्ञद्दघ२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार