साम्प्रदायिक सद्भाव नबिथलौं

द्वारा प्रकाशित गरिएको हो |
November 1st, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । भरतपुर दुर्गा चोकमा २०७८ साल दशैको नवमीकै दिन भीम बहादुर विश्वकर्मालाई कुटिकुटि मारेको घटनालाई लिएर दलितसँग सम्बन्धित १९ भन्दा बढी संघसंस्थाले भीम बहादुर विश्वकर्माले न्याय पाउनुपर्ने आवाजलाई बुलन्द गर्ने क्रमलाई निरन्तरता दिइरहेका छन् । उनीहरुका भनाइ अनुसार प्रहरीले वेवास्ता गर्दै आइरहेको छ । ‘भीम बहादुर वि.क.संयुक्त न्यायिक समिति’ले गरिब र दलित भनेर हत्या घटना टालटुल पार्ने पो हो की भन्ने आशंका व्यक्त गरेको छ । यदी प्रहरी प्रशासनको रवैया यस्तै रहे भीम बहादुर प्रकरणलाई जस्तै वेवास्ता गर्दै गए मुलुकमा जातीय द्वन्द नफैलिएला भन्न सकिन्न ।
थाहा भए अनुसार भीम बहादुर विश्वकर्माले नवमीको दिन घर छेउमा रहेको दुर्गा मन्दिरमा आफुहरुले पनि पुजा गर्न पाउनुपर्छ भन्ने आशय व्यक्त गरेपछि स्थानीय कथित उच्च जातका व्यक्तिहरुको कुटाइबाट भीम बहादुर विश्वकर्माको हत्या भएको बताइन्छ । भीम बहादुरका छोरा किसान विकले दलित र गरिब भएकै कारण बुबामाथि यसरी दमन गरियो । हत्या गरियो । हाम्रा बुबा सामान किन्न भनि पसल जानुभएको थियो । उहाँले लामो समय रक्सी खान छाडे पनि केही दिनदेखि पुनः खान थाल्नुभएको कुरो हाम्रो संवाददाताको जिज्ञासामा बताए । उनका अनुसार त्यो दिन उहाँ बजार जाँदा कसले खुवायो वा आफैले किनेर खानुभयो हामीलाई थाहा भएन । उहाँलाई ज्यानै जाने गरी पिट्नु हामी दलित र गरिब भएकै कारणले हो । हामीले मन्दिरको बारेमा बोल्नै नपाउने हो र ? हामी जस्तो गरिब मानिस अब यसरी मर्न नपरोस्, हामीलाई न्याय चाहिन्छ, भीम बहादुरको श्रीमती बिन्दु विकले १५÷२० वर्षअघि दुर्गा मन्दिरमा पुजा गर्ने जाने गरे पनि अहिले भने आफुहरु त्यहाँ नजाने गरेको छहरालाई बताइन् । पहिले पहिले हामी पुजा गर्न जान्थ्यौ तर आफै मन्दिर प्रवेश गरेर पुजा गर्न पाइदैनथ्यो त्यसैले हेलामा पर्नुभन्दा आफै पुजा गर्न जान हामी आफैले छाडेका हौं । उनले भनिन् मन्दिरमा बोका चढाउने कुरा विगतमा केही नभएको तर रक्सीको नसामा त्यो दिन श्रीमान्ले बोका पुजा गर्ने भनि बताउनु भयो होला यतिकैमा मृत्युदण्ड दिइनु त पर्ने होइन होला नी ? भीम बहादुरको कान्छि छोरी मिना विकले पनि छहरासँग आमाको जस्तै दुखेसो पोखिन् र भनिन् बुबाले मदिरा सेवन गर्नुभएको थियो भने हामीलाई खबर गरेको भए हामी उहाँलाई घरमा ल्याउँथ्यौं । प्रहरीलाई भनेको भए बरु प्रहरी कष्टडीमै जानुहुन्थ्यो पिटेर मार्ने अधिकार कसैलाई पनि छैन । बुबा कस्तो हुनुहुन्थ्यो भन्ने कुरा स्थानीय सबैलाई थाहै छ । हामीले यसरी विगत देखिनै दलित भएकै कारण दबाब र धम्की सहनु परेको थियो फलस्वरुप आज बुबालाई पिटीपिटी मारियो यो कहाँको न्याय हो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार