खबरदार ! संसारको जेठो ईतिहास मेट्न खोज्नेहरु

द्वारा प्रकाशित गरिएको हो |
October 25th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

राजेश किराती

यो धरतीमा भाषिक, धार्मिक, साँस्कृतिक रुपले किराती अस्तित्वलाई थामी रहेकाहरु बस्तु त राई लिम्बू भनिएकाहरु हुन । तर राई लिम्बूलाई जातीको रुपमा स्थापित गराएर किरातीलाई बिस्थापित गराउने बाहुनबादी राज्यसत्ताको खाका भित्र यायोक्खा र याक्थुङ चुम्लुङ फसे पछि किरात माहासँघको जनम भएको हो भन्ने मलाई लागेको थियो ।
तर किरात माहासंघले पनि कुलुङ, थुलुङ, बान्तवा आदिलाई जातीको रुपमा स्थापित गराउने अभियान चलाएपछि के बुझिन आयो भने किरात माहासंघ पनि किरातीको भाबनासँग खेलबाड गर्न चाहन्छ । राई लिम्बू के हो ? धेरै बहस भै सकेको छ । याहा म कुलुङ, थुलुङ, बान्तवा आदि के हुन् ? मैले बुझेको यथार्थ राख्दैछु । बान्तालिनको अर्थ हातहतियार हुन्छ । हातहतियारको काम गर्नेलाई बान्तवा भनिएको हो । यस अर्थमा बान्तवा पेशाको आधारमा भनिएको जाति होइन । त्यसरी नै कु (पानी)लुङ (ढुँगा) अर्थात ढुङगामा जमेको पानी खानेलाई कुलुङ, थु (ठुलो) लुङ(ढुँगा) ठुलो ढुङगामा बस्ने थुलुङ त्यसरी नै चाम(राम्रो) (लुङ) ढुङ्गा, राम्रो ढुङ्गामा बस्नेलाई चाम्लुङ भनिएको हो । ऐतिहािसक रुपले ढुङ्गा जमेको पानी खाने, ठुलो ढुङ्गामा बस्ने, हातहतियारको काम गर्ने, राम्रो ढुङ्गामा बस्ने कस्को शाखा सन्तान हुन भनेर प्रश्न गर्ने हो भने स्वभाबिक रुपमा किरातीको भन्ने जवाफ आउँछ । बान्तवा, कुलुङ, थुलुङ आदिको भन्ने जवाफ दिन मिल्दैन । अर्थात् सोझो भाषामा यसो भन्न सकिन्छ, भोजपुरमा बस्नेलाई भोजपुरे, धरानमा बस्नेलाई धराने भने जस्तै हो कुलुङ, थुलुङ, चाम्लुङ आदि जसरी भोजपुरे , धराने, जाती हुन सक्दैन त्यसरी नै किराती बाहेकका राई लिम्बु बान्तवा आदि ऐतिहासिक रुपले जातिको रुपमा स्थापित हुन सक्दैन । तसर्थ किरातीको भाबनासँग खेलबाड गर्ने काम बन्द गरौँ भन्ने मेरो आग्रह छ र यो पनि बुझि राख्दा राम्रो हुन्छ कि, अन्यथा किरातवादी आन्दोलनले बढारेर लानेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार