हरिचरण शाह जेल जाने?

द्वारा प्रकाशित गरिएको हो |
October 5th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । रातो पासपोर्ट दुरुपयोग प्रकरणमा पूर्व सांसद हरिचरण साह निकट भविष्यमा नै जेल जाने भएको खबर ‘घटना विचार न्युज डेस्क’ले समाचार सम्प्रेषण गरेको छ । सो समाचार अनुसार पहिलो संविधानसभाका केही सभासद्हरूले जनप्रतिनिधिका हैसियतले प्राप्त सुविधा अन्तर्गत विदेश भ्रमणका लागि भनेर मन्त्रिपरिषद्को सिफारिसमा रातो पासपोर्ट (कुटनैतिक राहदानी) लिएका थिए । जसमध्ये केही सभासद्ले आफैले सुविधाको प्रयोग गरी अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा सहभागी भई उक्त राहदानीको सदुपयोग गरेका थिए भने केही सभासद्ले आफ्नो राहदानीमा ‘पीसी’ अर्थात् फोटो चेञ्ज गराई पचासौँ लाख रकममा बेचेर कुटनैतिक राहदानीको चरम दुरुपयोग गरी संसारभर नेपालको नाम बदनाम गराएका थिए ।
यसरी देशकै दुर्नाम गराउनेहरू मध्येका प्रमुख पात्रमा ‘नेपाली जनता दल’का अध्यक्ष हरिचरण साह पनि पर्दछन्, जसले आफैले कुटनैतिक राहदानी नबेचे पनि आफ्नै दलबाट सभासद् बनाइएकी छोरी गायत्रीदेवी साहको रातो पासपोर्ट लाखौँ नगदमा बेचेर म्याग्दीकी एक पुन मगर थरकी युवतीलाई पीसी गरेर बेची अष्ट्रेलिया पुरÞ्याएका थिए । ती युवती अष्ट्रेलिया पुगेर पक्राउ परेपछि राहदानी बेचिएको रहस्य खुलेको थियो ।
तत्पश्चात् अष्ट्रेलियन इमिग्रेसनको जानकारी र अनुरोधमा सभासद् गायत्रीदेवी साहउपर रातो पासपोर्ट बेचेको उजुरी परेको थियो । उजुरी परेपछि काठमाडौं जिल्ला अदालतको आदेशमा उनी झण्डै एक वर्ष जेल पनि बसेकी थिइन् । पछि अदालतको आदेशमा पुर्पक्षका लागि ५० लाख धरौटीमा उनी रिहाइ भएकी
थिइन् । अदालतमा चलिरहेको उक्त मुद्दाको छानबिन र पैरबीको क्रममा सभासद् गायत्रीदेवी साहलाई उनकै बाबु पार्टी अध्यक्ष हरिचरण साहले पैसाको प्रलोभनमा पारेर पासपोर्ट बेच्न उस्काएको र ग्राहक पनि उनैले खोजेर ल्याएको बयान दर्ज भएको हुँँदा, उक्त मुद्दा फैसलाको अन्तिम चरणमा रहेको र फैसला भएपश्चात् सभासद गायत्रीदेवी साह बाँकी रहेको चार वर्ष र राहदानी बेच्न दुरुत्साहन गरेबापत चार वर्षसम्मको जेल सजाय हुन सक्ने कानूनी प्रावधान रहेको बुझिएको छ । आफ्नै छोरीलाई अपराध गर्न उक्साउने बाबु अर्थात् रातो पासपोर्ट काण्डका अभियुक्त हरिचरण साह (पूर्वसांसद्) निकट भविष्यमा जेल जाने निश्चित भएको न्यायालयसम्बद्ध सुत्रको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार