कतार प्रहरीमा पठाउने भन्दा करोडौं कुम्ल्याउँदै

द्वारा प्रकाशित गरिएको हो |
September 21st, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपालीहरुले कतार प्रहरीमा भर्ना हुने अवसर सरकारी र निजी क्षेत्रका किचलोका कारण गुमेको छ । तर यता अल तौकत ओभरसिसले भने कतार प्रहरीमा पठाउने नाममा दुई सय जनाभन्दा बढी युवाहरुबाट प्रतिव्यक्ति ७ देखि १२ लाख रुपैयासम्मको दरले उठाएको बुझिएको छ । भर्ना हुने उम्मेदवारहरुले म्यानपावरलाई रकम बुझाउन नपर्ने अर्थात शुन्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने कतार सरकारको सर्तलाई बर्खिलाप गर्दै अल तौकत ओभरसिसले यसरी अनधिकृत रुपबाट करोडौं करोड उठाइरहेको देखिन्छ । रकम तिरिसकेका युवाहरु भीषाको पर्खाइमा हुनु स्वभाविकै हो तर भीषाको पर्खाइमा रहेको ती दुईसयभन्दा बढी युवाहरुलाई के थाहा तत्काल कतार सरकारले भर्ना लिँदैन भनेर ? नेपाल सरकारको ढिलासुस्ती र लापर्वाहीका कारण २०२१ मा कतार प्रहरीमा नेपालबाट लिने भनिएको उम्मेदवारहरुको सट्टा अन्य मुलुकहरुबाटै लिइसकेको कारण नेपालीहरुले उक्त सुनौलो अवसर गुमाउनु परेको हो । यसरी जिम्मेवार निकायहरु निहित स्वार्थमा रुमलिदा नेपाली युवाहरुले आकर्षक रोजगारी गुमाउनु परेको हो । शुन्य लागतमा जान पाउने हुँदाहुँदै सम्बन्धित निकायहरुले शुन्य लागतमा पठाउने भन्ने सोच राखी निस्वार्थ भावनाले काम गरेको भए नेपाली युवाहरुले यो अवसर गुमाउनु पर्ने थिएन । यसरी सरकारी निकाय र म्यानपावर कम्पनीको स्वार्थकाकारण नेपाली युवाहरुले ठूलो अवसर गुमाउनु परेकोमा आम जनताहरु क्षुब्द बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार