गठबन्धन सरकार नैतिक सम्बन्ध खलल पार्दै

द्वारा प्रकाशित गरिएको हो |
September 8th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौँ । छसस । नेपाल–चीन विवाद नभएको यसअघि नै चीन तथा नेपाल सरकारले विज्ञप्ती मार्फत स्पष्ट पारीसकेको अवस्थामा देउवा सरकारले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी, लाप्चादेखि हिल्सासम्म सीमा समस्या भएको देखाइ गृहमन्त्रालयको सहसचिवको संयोजकत्वमा एक अध्ययन समिति खडा गरेर कुटनैतिक सम्बन्ध विथोल्न खोजेको छ । जबकी एकपछि अर्काे दादागिरी देखाउने भारत सरकारको विरुद्धमा भने वर्तमान सरकार चुसम्म बोलेको छैन । मित्रराष्ट्र चीनले पनि नेपाल र हामी बीच कुनै पनि प्रकारको सीमा विवाद नरहेको विभिन्न समयमा उल्लेख गर्दै आइरहेकै छ ।
पछिल्लो समयमा भारतले तुइन काण्डपछि दार्चुलास्थित नेपाली सेनाको ब्यारेकमाथिका आकाशमा नै अन्तर्राष्ट्रिय मूल्य र मान्यता विपरीत अनाधिकृत रुपबाट निरन्तर रुपमा हेलिकप्टर उडाइरहेको छ । यसबारे भारतसँग तत्काल स्पष्टिकरण माग्नुपर्ने समयमा गठबन्धन सरकार ‘काम कुरो एकातिर, कुम्लो बोकी थिमी तिर’ भन्ने उखानलाई चरितार्थ गर्दै हुँदै नभएको सीमा विवादलाई देखाएर चीनसँगको मितेरी गाठो फुस्काउन खोजेको देखिन्छ । जानाजानी तुइनको गाठो काटी कालीगण्डकीमा जयसिंह धामी बगाउने जस्ता अनिगिन्ती हेपाहा प्रवृत्ति देखाउने भारतले अहिले सार्वभौम सत्ता सम्पन्न नेपाली आकाशमाथि त्यही पनि नेपाली सेनाको ब्यारेक माथिनै हेलिकेप्टर उडाएर मिचाहा प्रवृत्ति देखाउने भारतविरुद्ध स्वाभिमानी नेपालीहरुले भने आक्रोश व्यक्त गरेका छन् । हेलिकप्टर अनधिकृत रुपमा पटक पटक सेनाको ब्यारेकमाथि उडेको सवालमा सम्बन्धित ब्यारेकले हेडक्वाटरलाई जानकारी गर्दा समेत त्यसबारे ने हेडक्वार बोल्छ, न त सरकार नै जवाफदेही
बन्छ ।
यही सवालमा पूर्व परराष्ट्रमन्त्री तथा राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले छहराको एक प्रश्नको जिज्ञासामा–नेपाली आकाशमा अनधिकृत रुपमा भारतीय हेलिकप्टर उडेको, एसएसबीले तुईन खुस्काएर जयसिंह धामीलाई महाकालीमा झारेको जस्ता गम्भीर सवालमा चुँ सम्म बोल्न नसक्ने सरकारले विगतमा नै टुंगोमा पुगिसकेको नेपाली–चीन सिमालाई विवादित बनाउन खोजेर ‘खोचे’ थाप्न खोज्नु अत्यन्तै निन्दनीय कुरा भएको बताएका छन् । नेपालस्थित चिनिया दुतावासले पनि पुन अर्काे विज्ञप्ती जारी गर्दै नेपालसँग कुनै पनि प्रकारको सीमा विवाद नरहेको बताएका छन् । चीनियाँ राजदुतावासको विज्ञप्ती प्रकाशित भएको भोलिपल्ट पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीले पनि एका कार्यक्रमलाई सम्बोधन दिने क्रममा सिमा विवाद नै नरहेको कुरालाई विवादमा ल्याएर गृह सहसचिवको संयोजकमा समिति खडा गरेर कसलाई खुशी पार्न खोजिएको हो मैले बुझ्न सकिन भन्दै सरकारसँग जवाफ माग्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार