जनयुद्धका पूर्व लडाकुहरुको कन्त बिजोग

द्वारा प्रकाशित गरिएको हो |
September 8th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

कोइत भने जहाजमा हरर…,
कोइको भने आँशु बरर…।”
जनयुद्धताका जनताका निमित्त गाइएका यी हरफहरु जनयुद्ध र जनआन्दोलन भाग २ को अन्त्य र गणतान्त्रिक संविधान घोषणा भइसक्दा सम्म पनि आजको दिनसम्म अझै उतिकै सान्दर्भिक देखिन्छन् जतिको सान्दर्भिक त्यस बखत
थियो । माओवादी जनयुद्धको समयमा सँगसँगै जनाधिकार बहाली र मुक्तिको लागि लडेका लडाकुहरु कोही पजेरो, प्राडो र गगनचुम्बी महलमा ऐस, आरामको जीवन बिताउँदै छन् भने कोही लडाकु भने एकछा खान र एक आङ ढाक्न नपाई कन्त बिजोग झेली रहेका छन् । पुष्पकमल, बाबुरामहरुका सन्तान आलिसान बंगलामा बस्छन्, प्राडो र पजेरोमा गुड्छन् तर उनीहरुसँगै जनयुद्ध लडेका लडाकुहरु भने कुन हालतमा छन् उनीहरुलाई कुनै मतलब छैन । धेरै जस्तो पूर्व माओवादी लडाकुहरु यस्तैयस्तै कन्त बिजोगबाट गुज्रिरहेका छन् । जनयुद्ध पश्चात कोही लडाकुहरु रोजगारीका लागि खाडी मुलुक हुइकिएका छन् । कति खाडी मुलुकमा नै काम गर्दागर्दै उतै अस्ताएर बन्द बाकसभित्र स्वदेश फिरेका पनि
छन् । यस्तो अवस्थामा खाडी मुलुकमा नै मृत्युवरण गरेका लडाकुको लालाबालाहरु अलपत्रमा पर्नु स्वभाविकनै हो । उनीहरुले गुजाराका निमित्त अर्काको घरमा नोकर बस्ने काम देखि लिएर माग्दै छाक समेत टारिरहेका छन् ।
शान्ति, सम्झौता पछि त कतिपयलाई माओवादीका पूर्व लडाकु भन्दै अनमेनले प्रमाणित नगरेका पनि होइन । माओवादी जनयुद्धमा होमिएकाहरु केहीकेहीले शान्ति, सम्झौता पश्चात स्वेच्छिक अवकाश लिए । अवकाश पनि घर धान्न र छोराछोरीलाई शिक्षा, दिक्षा दिलाउन र पालनपोषण गर्न समस्या भएपछि उनीहरु खाडीमुलुक छिर्न बाध्य भए । आफुसँगै लडेका पूर्वलडाकुहरुको यस्तो अवस्था हुँदा समेत उहीसँगसँगै जनयुद्ध लडेका लडाकुहरु पटक,पटक सत्तामा पुग्दा पनि आफ्नो सहयोद्धाहरुको अवस्था बारे कुनै चासो नदिने प्रचण्ड, बाबुरामहरुलाई केको संज्ञा दिने ? पाठकहरुकै जिम्मामा छोडेका
छौं ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार