गोलेको पार्टी छाड्दै एसडीएफमा प्रवेशको लहर

द्वारा प्रकाशित गरिएको हो |
August 30th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । ‘निश्चित जातजाति, धर्मभन्दा माथि उठेर सिक्किम र सिक्किमवासीको हक, हित, अधिकार प्राप्तिका खातिरलाई उच्च प्राथमिकतामा राख्दै सदैव दत्तचित्त रहनुहुने सिक्किमका गरिबवादी र जनवादी नेता डा.पवन चाम्लिङले नेतृत्व गर्दै आउनुभएको पार्टी ‘एसडीएफ’मा सारा सिक्किमेली स्वाभिमानी जनताहरु प्रवेश गर्न थालेका छन् । एसडीएफ पार्टीका प्रचार सचिवका अनुसार २७ अगस्ट २०२१ का दिन सदाझै गान्तोकको बाइपासमा रहेको एसडीएफ कार्यालयको मुख्य कार्यालयमा पार्टी अध्यक्षको समुपस्थितिमा जुम, सालघारी निर्वाचन क्षेत्र अन्र्तगत जोरथाङ्ग बजारका सत्तारुढ दल एसकेएममा आबद्ध युवा कार्यकर्ताहरु लगायत सर्वसाधारण जनताहरुले एसकेएममा लागेर हामीहरुले ठूलो भूल गरेको भन्दै पछुतो मान्दै डा.पवन चाम्लिङको कुशल नेतृत्वमा आबद्ध हुने मनशाय गर्दै एसडीएफ प्रवेश गरेका हुन् । एसकेएम त्यागी एसडीएफमा प्रवेश गर्ने सबै महानुभावहरुलाई स्वागत गर्दै पार्टीका अध्यक्ष डा.चाम्लिङले जात(जाति र धर्म जस्ता संकृर्ण विचारबाट उठेर सिक्किम र सिक्किमेली जनताको हित र हकका निम्ति काम गर्नुपर्छ भन्नुहुँदै, एसडीएफ पार्टीको नीति र सिद्धान्तलाई सिरोपर राखेर काम गर्ने आह्वान
गर्नुभयो । २५ वर्षको एसडीएफ कार्यकालमा सिक्किमले धेरै तरक्की गरेको उदाहरण दिंदै सिक्किमे भोटिया(लेप्चा, नेपाली अनि पुराना बेपारीहरूको साझा सम्पतिमा सिक्किम हिजो रूपान्तरण भएको थियो । वर्तमान अवस्थामा सिक्किम दिनप्रतिदिन खराब र असुरक्षित बन्दै गएको छ । न्याय प्रणाली, सरकारी तन्त्र सबै एकपाखे र राजनीतिकरण बन्दै गएका छन् । युवा–चेली र आम जनगण अभिभावक विहिन भएर अनिश्चित भविष्यको चिन्ताले ग्रस्त भएका छन् । सिक्किम र सिक्किमेली जनताको संवैधानिक अधिकार र अस्मिता आज खतारमा परेको छ । सरकार जनतालाई ढाँट्न, छल्न र गुमराह गराउननै तल्लिन भएकाले कुनै नयाँ जनमुखी कार्यक्रम ल्याउन विफल भएको कुरा बताउनु
भयो ।
एसकेएम पार्टीलाई त्याग गरि एसडीएफ पार्टीमा सामेल हुने कार्यकर्ताहरुले वर्तमान सरकारको गुनासो गर्दै एसकेएम पार्टीले चुनाव अगाडि गरेको बाचा कुनै पनि पूरा नगरेर जनतालाई धोका दिएको बताए । एसकेएम पार्टीमा भविष्य सुरक्षीत छैन भन्दै यो पार्टीले हामी युवा कार्यकर्ताहरुलाई झुठो आश्वासन र भाषण मात्र दिएर दिग्भ्रमित पा¥यो भन्दै अब हामी एसडीएफ पार्टीको सिद्धान्तलाई शिरोपर राखेर अनुशासनमा बसेर द्दण्द्दद्ध(मा एसडीएफ पार्टीको सरकार बनाउन कटिबद्ध भएर काम गर्ने युवाहरुले बचन दिए ।
उक्त कार्मक्रमलाई पश्चिम जिल्लाका महासचिव प्रभारी टाँशी ग्याछो भोटियाले सञ्चालन गरेका थिए भने , युवा प्रकोष्टका उपाध्यक्ष डा.मिछुङ्ग भोटियालगायत पार्टीका बरिस्ठ कार्यकर्ता साथै युवा चेलीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार