ब्रिटिश गोर्खाहरुले रोयल्टीको मुद्दा उठाउँनु पर्यो

द्वारा प्रकाशित गरिएको हो |
August 25th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

गोपाल छाङछा
काठमाडौं । छसस । यस मुलुकका आदिवासी तथा भुमिपुत्रका मानिसहरुलाई साम्राज्यवादी ब्रिटिश सरकारको सेवामा तत्कालिन प्रधानमन्त्री श्री ३ वीर शमशेर जंगबहादुर राणाको पालादेखि पठाइएको कुरो जगजाहेरै छ । निज राणाले विक्रम सम्वत् १९४३ मा ब्रिटिश सरकारसँग प्रति जवान २५ पाउण्ड लिई आफ्नो नीजि ढुकुटीमा जम्मा गर्न थाले । राई, लिम्बु, गुरुङ, मगर आदि आदिवासीहरुका हर्ताकर्ता, बहादुर र साहसिला युवकहरुदेखि ब्रिटिश सरकार भलिभाति जानकार थियो, त्यसैले आफ्नो उपनिवेश भारतलाई बचाउन र संसारभरी फैलिएका साम्राज्यको रक्षा गर्ने योद्धा वीर गोर्खालीको खाचोको महसुस ब्रिटिश सरकारले महसुस गर्यो । श्री ३ वीर शमशेरले माथि उल्लेखित जातिका मानिसहरुलाई खोजी खोजी पाउण्डमा खसि, बोका झै साम्राज्यवादी ब्रिटिशलाई बेच्न थाल्यो । ब्रिटिशले पनि खशि, बोकाझै किनेका गोर्खाली फौजलाई युद्धभूमिमा होम्न थाल्यो । उत्तरी अफ्रिका, युरोप र मध्यपूर्वदेखि लिएर दक्षिण पूर्वी एसियाको अनेकौ देशहरुमा साहसका साथ लडेर वीर नेपालीहरुले अदम्य बहादुरी कायम गरे । त्यसबाट ब्रिटिश सरकार झनै खुशी भयो । जसले गर्दा उसले भिक्टोरिया क्रस तथा अन्य पदकहरुले सम्मान गर्यो । नेपाल स्वदेश फर्कदा त्यही छातिमा झुण्डिएका वीरताको चिनो शिवाय नेपालीहरुले केही पाएनन् । २ लाख आदिवासी युवाहरुको रोयल्टी बापतको रकम भने तत्कालिन राणा प्रधानमन्त्री वीर शमशेरको ढुकुटीमा निरन्तरर बढ्न गयो ।
पहिलो विश्वयुद्ध शाम्य भएको करिब २० वर्षपछि फेरी दोस्रो विश्वयुद्ध चम्क्यो त्यस समय देशको प्रधानमन्त्री श्री ३ जुद्धशमशेर थिए । प्रथम विश्वयुद्धमा गोर्खालीको बहादुरीबाट परिचित ब्रिटिश सरकारले पुन नेपाललाई सहयोग माग्यो । जुद्ध शमशेरले पनि छाति फुकाएर ब्रिटिश सरकारको पाउमा वीर गोर्खालीहरुलाई सुम्पिएर सेवा गरे । निजले कर्मचारी खटाई खटाई १२÷१३ वर्षदेखिका ४० वर्षसम्मको आदिवासी युवाहरुलाई साम्राज्यवादी ब्रिटिश सरकारको हजुरमा चढाए यसवापत पाउने प्रति जवान २५ पाउण्ड पनि उनकै नीजि ढुकुटीमा जम्मा हुन थाल्यो । यसरी रोयल्टी लिने क्रम र देशको प्रधानमन्त्री फेरिने क्रम समयसँगसँगै श्री ३ चन्द्र शमशेरको पालासम्म आइपुग्दा नेपाली युवाहरुको रगत र पसिना बेचेबापत दुई अरब भन्दा बढी ब्रिटिश पाउण्ड जम्माभएको अनुमान गरियो । सो रकम वर्तमान राप्रपा अध्यक्ष पशुपति शमशेर जंगबहादुर राणालाई उनका बाजे श्री ३ मोहन शमशेरले हस्तान्तरण गरेको कुरा भारतबाट प्रकाशित ‘द पायनियर’ पत्रिकाले प्रकाशन गरेको थियो त्यसैले उक्त रकम असुल उपर गर्न सम्पूर्ण भुपु ब्रिटिश सैनिकहरुले समानताको अधिकार सँगसँगै रोयल्टीको लागि संघषर््को तयारी गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार