ओली पथमै गठबन्धन सरकार

द्वारा प्रकाशित गरिएको हो |
August 25th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । सरकारी नीति र जनताको आफ्नै लापरवाही कै कारण मुलुकव्यापी रुपमा कोरोना संक्रमण बढेको छ । सर्वसाधारण जनतामा विशेष राहत प्याकेज तर्जुमा गरि निषेधाज्ञाको मोडालिटिमा थप कडाई गर्नुपर्ने अवस्था आएको छ । स्वास्थ्य विज्ञ र सर्वसाधारण जनताको राय पनि त्यस्तै छ । संक्रमितको संख्यामा वृद्धि भएपछि काठमाडौं उपत्यकाका नीजि तथा सरकारी अस्पतालहरुमा त्यतिबेला बिरामीको चाँप बढ्नाको साथै मृत्युदर पनि बढेको छ । भन्नुपर्दा अहिले मुलुक कोभिडमय नै बनेको छ । सर्वत्र महामारी र हाहाकारको अवस्था छ । यस्तो अवस्थामा सरकारमा सहेको गठबन्धन दलहरुले जनराहतको लागि ऐक्यबद्धता जाहेर गर्नुपर्नेमा स्वार्थी खेलमा नै तल्लिन रहेको देखिन्छ । अध्यादेशकै भरमा सरकार चलाएको भनि ओलीलाई पदच्युच गर्ने गठबन्धन सरकार पनि स्वयं ओली पथमै टुकुरटुकुर हिडिरहेको छ । एमालेका माधव नेपाल र जसपाका महन्थ ठाकुर समुहलाई अनुकुलल हुने गरी दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर एमाले र जसपालाई विधिवत दुई टुक्रा पार्ने काम गरेको छ । किनभने माधव कुमार नेपाल र जसपाका ठाकुर समुहले सरकारले यो अध्यादेश नलाएको भए पार्टी फुटाउन कदापि सक्दैन थिए । यही कारण उनीहरुलाई अनुकूल हुने गरी गठबन्धन सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको
हो ।
राजनैतिक दल सम्बन्धि ऐन २०७३ को दफा ३३ (२) अनुसार कुनै पनि पार्टीको केन्द्रीय समिति र संघीय संसदको संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्काे कुनै पार्टीमा प्रवेश गरेमा त्यस्ता सदस्यहरुले नयाँ दल गठन गरेमा त्यस्ता संसदीय दलका सदस्यहरुले दल त्यागेको ठानिदैन भन्ने उल्लेख थियो । यही कारण वर्तमान गठबन्धन सरकारले राजनैतिक दल सम्बन्धि ऐन २०७३ को दफा ३३ (२) मा ‘र’ भनि उल्लेख गरिएको ठाउँमा ‘वा’ राखेर अध्यादे लाएर माधव र ठाकुर पक्षलाई अर्काे पार्टी खोल्ने बाटो खोल्न सहज पारिदिएको
हो । यसरी अध्यादेश ल्याएर वर्तमान सरकारले नेपाली जनताको अगाडि ‘जुन जोगी आए पनि कानै चिरिएका’ भन्ने सवाललाई चरितार्थ गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार