पर्वत गुरुङको कालो कर्तुत

द्वारा प्रकाशित गरिएको हो |
August 25th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । घमण्डी स्वभावको पार्वत गुरुङ ओली बाको निगाहले सञ्चारमन्त्रीसम्म बने तर पत्रकारको काम भने माखो मारेनन् । उनले के मात्रै गरेनन् ? भन्ने कुरो ताजा नेपालले प्रकाशित गरेको उनको विषयको फेहरिस्तिबाटै प्रष्ट हुन्छ । २०७८ भाद्र ०६ गते आइतबार ताजा नेपालले ‘पार्वतको कालो धन्दा कति कति’ शिर्षक राखी प्रकाशित गरेको समाचार पाठकहरुको जानकारीको लागि साभार गरिएको छ ।

दोलखाको सोझो गुरुङ्गले त्रिवि विद्यालयलाई भाडा बुझाउँदैन । वल्ड ट्रेड सेन्टरमा उसको व्यापारिक कर्म थलो बनाइयो । भर्जेनियाबाट कालो धन ल्यायो त्यहाँ वैद्य बनायो । राजनीति एमालेको गरेकै छ । धन्दा पूरै तस्करी छ । टोखा नपा वडा नं ७ मा महल छ । छिमेकीलाई बाटोको निहुमा सताएको छ । एमालेका पार्वत गुरुङ्ग केही समय सञ्चार मन्त्री पनि भएकै हुन् । प्रेसलाई लोप्पा दिएर काम सिन्को भाँचेनन् ।

जडीबुटीको व्यापारमा श्रीमतिलाई लगाएर वल्ड ट्रेड सेण्टरको व्यापार दाजु हिमाल गुरुङ्गमार्फत चलाएको परिवर्तनले नेकपा छँदा माओवादी विशाल खड्कालाई हात लिएर गुण्डा राज चलाएकै हुन् । गुरुङ्ग र उनको टीम विदेश जाँदा नेपाली भेट्ने उनीहरुको पैसा आफ्नो कम्पनी मार्फत पठाउन लगाएकै हुन् । सरकार हुण्डी कारोबार प्रतिबन्ध लगायौ भन्छ तर प्रहरीले हुण्डीका कारोबारी पक्राउ गर्छ । पार्वतको टोलीलाई छुदैन । किनकी उनी एमाले हुन् त्यो पनि केपी ओली पथका एमाले ।

नेपालको पैसामा कमाई गर्ने पार्वत गुरुङ्ग र हिमाल गुरुङ्गको व्यक्तिगत हुण्डी व्यापार धान्न वल्ड ट्रेड सेण्टर त्रिविसँग लिजमा लिएका शंरचनहरुले परेको छ । उनीहरुले त्रिभूवन विश्व विद्यालयको भाडा तिरेका पनि छैनन् । तस्करीको सामान भित्र्याउन छाडेका पनि छैनन् । एमाले दोलखाका सांसद गुरुङ्ग देख्दा भद्र छन् । उनले पत्रकार छक्काए, अनलाइन न्यूज पोट्रलहरुको दर्ता नविकरण हरेक वर्ष गर्नु नपर्ने घोषणा पनि पत्रकार कै बीचमा

गरे । उनको पद खुस्कीयो सूचना विभागले सबैलाई च्यापेको छ । बोले अनुसार नीतिगत निर्देशन हुन्थ्यो भने पार्वत गुरुङ्गलाई बफादार भनिन्थ्यो । अहिले पार्वतको भर्जाेनियाकै कालो धनले उक्सीए ।

उनी कतिको रकम कसरी ल्याए त्यसको रिपोर्ट दिन नसक्दा इन्भेष्टमेण्ट बैंकले पैसा रोक्यो । तर पार्वत गुरुङ्गलाई त्यस्तो अप्ठेरो छैन । उनले ओलीको हैकम सहजै सहनुको कारण पर्दा पछाडिको जालो हो । जुन जालोमा केपी ओलीको माफीया टीम समेत सहभागी भएको छ । एमालेमा यस्तो चप्रासी धेरै छन् । जसले रातो पासपोर्ट पनि बेचेर अहिले प्रदेश १ मा हैकम धेरै भएको छ । शेरधन राई, कृपाशुर शेर्पा जस्ता माफीयाको टोली ओलीको पछाडि छन् । एमालेको टिकट किन्नु पर्छ सांसद बन्न काँग्रेस भन्दा बढी खर्च गर्नु पर्छ । त्यसैले पार्वतले व्यापार दवाएर पनि चम्काएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार