भारतीय खोप नक्कली

द्वारा प्रकाशित गरिएको हो |
August 25th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । भारतमा कोभिशिल्डको नक्कली खोप भेटिएको कुरो डब्लुएचओले स्पष्ट पारेको छ । डब्लुएचओले एक विज्ञप्ती जारी गर्दै भनेको छ– ‘कोभिशिल्डको नक्कली खोपहरु भारत र अफ्रिकामा बरामत भएको उल्लेख गरेको छ । स्वयं कोभिशिल्ड निर्माता सेरम कम्पनीले समेत डब्लुएचओको भनाइलाई थप पुष्टि गरिसकेको छ । डब्लुएचओले नक्कली खोपले जनस्वास्थ्यलाई गम्भीर जोखिममा पार्ने चेतावनी दिदै त्यस्ता खोपलाई वितरण गर्न बन्देज गर्न समेत निर्देशन दिएको छ । भारत सरकारबाट भने यसबारे यो मितिसम्म आफ्नो धारणा दिएको छैन ।
‘हामीसँग यस्तो घटना रोक्न प्रभावशाली संयन्त्र भए पनि यो घटनापछि हामीले चाहेको कुरा भनेको कुनै पनि भारतीय नागरिकले नक्कली खोप नपाउन् भन्ने हो,’ मिन्ट वेबसाइटले एक स्वास्थ्य अधिकारीलाई उद्धृत गरेको छ । कोभिशील्ड भारतमा उत्पादन हुने आस्ट्राजेनेका खोप हो र अहिलेसम्म भारतमा यसको साढे ४८ करोड मात्रा लगाइएको छ ।
सेरमले नेपालसहित एशिया, अफ्रिका र दक्षिण अमेरिकाका देशहरूमा कोभ्याक्स वा सरकारसँगको सम्झौता अन्तर्गत यो खोप निर्यात गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको खोप कूटनीतिअनुरूप भारतले छिमेकी देशहरूलाई पनि यो खोप दिएको थियो ।
तर एप्रिल र मेमा भारतमा खतरनाक कोभिड महामारी फैलिएपछि यसको निर्यातलाई भारत सरकारले रोकेको थियो जुन अहिलेसम्म कायम छ । सेरमले पनि प्राथमिकतामा भारत रहेको भन्दै यो वर्षको अन्त्यसम्म खोप निर्यात नगर्ने बताएको
छ । नेपालले खरिद गरेको २० लाख मात्रामध्ये १० लाख मात्रा सेरमबाट पाउन बाँकी छ ।
कोभिडबाट सबैभन्दा प्रभावित दोस्रो देश भारतले यो वर्षको अन्त्यसम्म सबै योग्य नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । तर ज्यानुअरीदेखि अहिलेसम्म त्यहाँ १३ प्रतिशत जनसङ्ख्याले मात्रै पूर्ण मात्रा खोप पाएका छन् । भारतमा हाल तीन लाख ६७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् र अहिलेसम्म चार लाख ३२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बुधवार भारतमा थप ३५,१७८ जनामा सङ्क्रमण पुष्टि भयो भने ४४० जनाको मृत्यु भयो । त्यहाँ अहिलेसम्म तीन करोड २२ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार