शंकटको घडीबाट राष्ट्रलाई बचाऊ

द्वारा प्रकाशित गरिएको हो |
August 2nd, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । विश्वभर कोरोना भाईरसले उग्ररुप लिइरहेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । दिनहुँ झन्झन् संक्रमितको संख्या उकालो लागिरहेको छ । यस्तो अवस्थामा देशका ठूला दलहरु मुलुक र मुलुकवासीहरुको स्वास्थ्यप्रति भन्दा स्वार्थी खेलमा ‘हड्डीमा कुकुर झुमेझै’ झुट खेलीरहेका छन् । हिजो भन्दा आज, आज भन्दा भोली संक्रमितको संख्या बढ्दो छ । महामारीको यस्तो अवस्थामा गठबन्धन दलहरु भने लाजै नमानी मन्त्रालय र अन्य निकायहरुमा भागबण्डामा केन्द्रीत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पनि दैनिक पाँच सय भन्दा बढी संक्रमित हुने जिल्लाको संख्या क्रमिक रुपमा थपिदै गइरहेको छ । निषेधाज्ञा खुकुलो हुनु र जनस्तरबाट जनस्वास्थ्यको मापदण्ड पालना नहुँदा पनि कोरोना जोखिमले उग्र रुप लिन थालेको अवस्था छ । जब की स्वास्थ्य विज्ञहरुले संक्रमणबाट बच्ने एकमात्र भरपर्दो उपाय भनेको स्वयं मानिस आत्मअनुशासिन हुनुपर्नेमा जोड दिदै आइरहेका छन् । कोरोना र प्राकृतिक प्रकोमा मुलुकको दयनीय अवस्था प्रति गठबन्धनलाई कुनै चासो छैन चासो छ त केवल शक्ति हानाथापको र भागबण्डाको चासो छ । देउवाले शपथ खाएको झण्डै महिना दिन पुग्न लाग्दा समेत दलहरु बीचको भागको किचलोका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । देउवा सरकारले कोरोना मुक्त देश बनाउँलान् कि भन्ने जनविश्वासमा समेत गठबन्धनको यस्तो रडाकोले ठेस पुर्याएको छ । कोरोना कहरले देको आर्थिक अवस्थामात्र नभएर सामाजिक अवस्था समेत लथालिंगको अवस्थाबाट गुज्रिरहेको छ । यस्तो शंकटपूर्ण घडीबाट देशलाई जोगाउनुपर्ने मुख्य दायित्व गठबन्धनको काँधमा छ । बर्तमान सरकारको मुख्य चुनौती भनेकै कोरोना महामारीसँग पैठे जोहोरी खेलिरहेका नेपाली जनताहरुलाई शीघ्रताशीघ्र खोप लगाई कोरोना नियन्त्रण गरी लथालिंग हुँदै गइरहेको देशको आर्थिक सामाजिक अवस्थालाई तंग्राउनु हो । हुनत प्रधानमन्त्री देउवाले आम नेपालीलाई जसरी र जस्तो सुकै हालतमा पनि खोप लगाउने प्रतिबद्धता त जाहेर गरि नै सकेका छन् । उनले यो प्रतिबद्धता पुरा गर्छन् या गर्दैनन् प्रतिक्षाकै विषय बनेको छ ।
संक्रमणको तेस्रो लहरले छिमेकी भारतलाई गाँजीसकेको छ । यसले नेपालमा पनि गाज्ने कुरो चेतावनी दिँदै स्वास्थ्य विज्ञहरुले यसको रोकथामको लागि भेन्टिलेटर, आईसीयू बेड सहित ‘हाईडिपेन्डेसी–एचडियू डेट’का अविलम्व प्रबन्ध गर्नुपर्ने सुझाव दिइसकेका छन् । विज्ञको अनुसार हाल देशभरका सरकारी अस्पतालहरुमा जम्मा २०७५ र नीजि अस्पतालहरुमा ७७८ एचडियु बेड र भेन्टिलेटरको संख्या देशभर ९०४ मात्र रहेकोले तेस्रो लहरलाई मध्यनजर गर्दै संक्रमितको उपचारको लागि अत्यावश्यक पर्ने मेडिकल अक्सिजनको समेत जोहो गरिनुपर्ने सुझाव छ । स्वास्थ्य विज्ञहरुको यस्तो सुझावलाई आत्मसात गर्दै आवश्यक व्यवस्था मिलाउनुपर्नेमा गठबन्धन दलहरुभने भागशान्ति र जय नेपालमै अल्मल्लिरहेका छन् । मुलुकभर कोरोना संक्रमण दर झनै उकालो लागिरहेको छ । पर्याप्त परिक्षण र खोप अभाव सँगसँगै संक्रमणदर अपेक्षित ढंगले नघट्दा संक्रमण नियन्त्रण बाहिर जाने जोखिम बढेको छ । माथि उल्लेख गरिएझै निषेधज्ञाको खुल्लापनले संक्रमण क्रमिकरुपमा बढिरहेको हुँदा निषेधज्ञालाई थप कडा बनाइनु पर्ने आम धारणा रहेको छ । विज्ञ चिकित्सकका अनुसार भाइरस संक्रमण व्यापक रुपबाट समुदायस्तरमा विस्तार भएको पृष्ठभूमिमा जोखिममा रहेका समुदायलाई यथेष्ट परिक्षण हुन सकेको छैन । यसमा पनि स्थानीय जनताहरु दैनिक घरायसी बोझको कारण संक्रमण परिक्षणको लागि घर र टोल छोड्न पनि सकिरहेका छ्रैनन् । जनताका यस्ता समस्याप्रति सरकारले ध्यान पुर्याई आवश्य परिक्षणको व्यवस्था मिलाई परिवारजनको जीवन रक्षा गर्नुपर्ने गठबन्धन सरकारको मुख्य दायित्व ठहरिन्छ । तर जनता जति बिचल्ली बनोस् औषधी मुलो गर्न पाओस् कि नपाओस्, एक छाक खान पाओस् या नपाओस् जनवादी नेता कसैलाई बुहारीलाई मन्त्रि कसरी बनाउने र कसैलाई श्रीमतीको निर्देशनको पालना कसरी गर्ने भन्ने चिन्तामा नै रातदिन बितेको छ । जनताको त के कुरा ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार