“राई” बारे मैले त्यसै “यस्तो” भनेको होइन

द्वारा प्रकाशित गरिएको हो |
July 26th, 2021
अनुमानित पढ्ने समय : 7 मिनेट
फाईल तस्विर

—निनाम कुलुङ ‘मंगले’
कथित् राई जात वा जातिको सम्बन्धमा वास्तविकता के हो त ? भन्ने सम्बन्धमा कतिपय विज्ञ, विद, कार, लेखक, वरिष्ठ, विश्लेषक, प्रा., डा., वा प्राडा भनिने वा भनाइने राई साबहरु नै अन्टसन्ट लेख्ने, बोल्ने, अन्तर्वार्ता दिने गर्ने गर्छन् । यस्तो अवस्थामा अरु भारेभुरे राईहरुको त के कुरो गराई भो र ?
त्यसैले खास कुरो भन्नै पर्दा आपूm चाम्लिङ तर, बान्तावा जातिको भाषामा डाक्टर गरेका ‘नो… कि … राई !’ ज्युले धेरैअघि नै ‘हामीले (कुलुङहरुले) उठाएको जातीय स्वपहिचानको कुरो ठीक छ, तर म खुलेर सर्मथन गर्न पनि सक्दिन, विरोध पनि गर्दिन !’ भनी सक्नु भएको अवस्था हो । तापनि अरु केही प्रा., डा., प्राडा, विद, विज्ञ, कार, विश्लेषक, वरिष्ठ लेखक, लेखक, प्राज्ञ ! आदि भन्ने र भनिनेहरुले भने कथित् राई जातिबारे ‘अन्टसन्ट !’ लेखहरु लेख्ने, कार्यक्रमहरुमा बोल्ने, कार्यपत्र पेश गर्ने, अन्तर्वार्ता दिने गरेको देखिन्छ ।
वास्तवमा मैले धेरै अघिदेखि कथित् राई जातिवालाहरुले राईबारे ‘अन्टसन्ट !’ लेख्ने, बोल्ने गरेको देखिन्छ भनेर किन भन्दै आएको हो भने, ‘कथित् राई जातिको भातृ संगठन भनेर चिनिने र आपूmहरुलाई कथित् राई जातिको ‘प्राज्ञ !’ भनेर चिनाउनेहरुको संस्था ‘किरात राई प्रज्ञा’ भन्ने संस्थाले निकालेको ‘किरात प्रज्ञा’ भन्ने किताब
(सोधमूलक वार्षिक जर्नल २ !) मा हेर्नुहोस्, जहाँ कथित् राई जाति र राई भाषाबारे यति गाँजेमाजे ढंगले लेख्नु भएको छ अथवा भनौं गाँजेमाजे ढंगले आप्mनो लेखमा उदाहणहरु खास गरी तथ्यांकहरु प्रस्तुत गर्नु भएको छ, राई प्राज्ञ वा विद्धान राई ज्युहरुले, भोलि साँच्चै कथित् राई जातिबारे अध्ययन–अनुसन्धान गर्ने जो कोही लेखक, विश्लेषक एवम् अध्ययन–अनुसन्धानकर्मी तथा सोधकर्ताहरु आपैm चकित पर्नुहुने अवस्था आउँछ । किनभने विसं २०६८ को जनगणनामा कति राई भनिनेहरुको जातिगत तथ्यांक नै आएको छैन । आएकाहरुको पनि जनसंख्या भन्दा भाषा वक्त संख्या ५०० गुणाभन्दा बढी आएको छ । जस्तै बान्तावाको जातिगत संख्या ४,६०४ देखाएको छ भने भाषा वक्ता संख्या १,३२,५८३ देखाएको छ । कुनै राईको जातिगत जनसंख्या नै नआएको भए तापनि भाषा वक्ताका रुपमा आएकाहरुलाई नै जातिगत जनसंख्या हो भनी देखाईएको वा देखाउन खोजिएको छ । जस्तै कोयु, लिङखिम, छिन्ताङ आदिलाई ‘जातिगत रुपमा आएको तथ्यांक नै हो !’ भनेभैmँ गरेर प्रस्तुत गरिएको छ भने कतिको भाषा वक्ताल संख्यााई नै जनसंख्या हो भनेभैmँ गरेर प्रस्तुत गरिएको छ । जस्तै बान्तावाकै उदाहरण लिऊँ । वि.सं २०६८ को जनगणनामा बान्तावाको जातिगत संख्या ४,६०४ देखाएको छ भने भाषा वक्ता संख्या १,३२,५८३ देखाएको छ । तर, …
यसरी हेर्दा राज्यले गरेको जनगणनाको तथ्य र तथ्यांकलाई नै तोडमोड गरेर आपूm खुशी लेख्ने, भन्ने, बोल्ने र प्रस्तुत गर्ने राई प्राज्ञ वा विद्धान ज्युहरुलाई के भन्ने ? तपाईँहरु नै भन्नोस् है ! वास्तविक तथ्य, तथ्यांक, प्रमाण आदिको आधारमा नलेखेर भाषागत तथ्यांकलाई नै जातिगत तथ्यांक हो ! भनेभैmँ गरी लेख्ने, अन्टसन्ट भन्ने वा भनौं प्रस्तुति गर्नेहरु नै आजभोलि हाम्रो देश नेपालमा प्राज्ञ र, विद्धान कहलिने भएपछि ….।
जे होस्, उहाँहरुको एकोहोरो ध्याउन्न भनेको प्रायः सबै स्वतन्त्र जातीय अस्तित्व भएको किराती महाजाति भित्रका जातिहरुलाई अभैm पनि ०२१ औं शताब्दी भनिएको जमाना, मानवअधिकार, लोकतन्त्र, आत्मनिर्णयको अधिकार, समानुपातिक समावेशीकरण आदिको जमाना पनि भनिने जमानामा कुनै वेला राज्य चलाउने केन्द्रका शासकहरुले स्थानीयस्तरमा शासन गर्न (ठेकी, बेठी, बेठ, बेगार, सिर्तो, महकुर, पाहाकुर, बिलो आदि उठाएर खाने अधिकारसहित) दिएको पदवी वा पगरीलाई नै जात वा जाति मान ! भन्नु कत्तिको समसामयिक, समय सुहाउँदो र सान्दर्भिक हो ? प्रश्न त गम्भीर पो छ त हौ !? तैँले तेरो नामको पछाडि राईको फुर्को नझुन्ड्याई हुन्न ! भन्ने वा जबरजस्ती राईको फुर्को झुन्ड्याई दिने गर्नु नै मानवअधिकार, लोकतन्त्र, आत्मनिर्णयको अधिकार, समानुपातिक समावेशीकरण हो त ? कि त्यसो गर्नु भनेको जबरजस्ती सम्मिलीकरण गर्नु हो ? साँच्चै बुभ्mनेहरुले त बुझी नै हाल्लान्, तर, जानाजान नबुझेको अभिनय गर्नेहरुलाई के गर्ने ? फेरि हाम्रो हातमा संख्या र भीड देखाएर राजनीति गर्ने ल्याकत पनि भएन । संख्या र भीड देखाएर अरुलाई तर्साउने, हप्कीदप्की गर्ने, उनीहरुमाथि औंलाने ठड्याउने सामथ्र्य पनि रहेन ।
त्यसैले त आजको २१ औं जमाना भनिएको समयमा पनि किराती महाजाति भित्रका आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, थुलुङ, नाछिरिङ, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु, लोहोरुङ, साम्पाङ आदि किरातीहरु जो नेपालका अन्य स्वतन्त्र जातिसरह अलगगै जाति हुन्, उनीहरुको टाउकोमा राईको फुर्को झुन्ड्याएर फलानो राई, चिलानो राई, ढिस्कानो राई भन्दै संख्या र भीड देखाएर खानु नखानु खाई रहेकै छन् । अनि राई फुटाएर खाएको नचाहिँदो फत्तुर र अनावश्य दोषचाहिँ कुलुङहरुको टाउकोमा सजिलै थोपर्न सफल भएका छन् । तर, हेरौं, कहिलेसम्म हो, यो अवस्था रहने रहेछ ? मेरो विभारमा विसं २०७८ को १२ जनगणनाको तथ्यांक बाहिर नआएसम्म हो कि भन्छु !? तैपनि हेरौं ….
तापनि यहाँ माथि नै उल्लेखित ‘कथित् राई जातिको भातृ संगठन भनेर चिनिने र आपूmहरुलाई कथित् राई जातिको ‘प्राज्ञ !’ भनेर चिनाउनेहरुको संस्था ‘किरात राई प्रज्ञा’ भन्ने संस्थाले निकालेको ‘किरात प्रज्ञा’ भन्ने किताब (सोधमूलक वार्षिक जर्नल २ !) मा उल्लेख भएको लेख र ती लेखको लेखकहरुले प्रस्तुत गरेको तथ्य, तथ्यांक र सन्दर्भ स्रोतहरुमा आधारित रहेर केही लेख्दै छु ।
जस्तो सो जर्नलमा कोयु राईका सम्बन्धमा डाक्टर तारामणि (कृष्णमणि) राई ज्युले लेख्नु भएको छ, सो जर्नलमा । तर, उहाँले विसं २०६८ को ११ औं जनगणनामा कोयुको भाषिक रुपमा आएको भाषिक वक्ता संख्यालाई नै जनसंख्या हो ! भन्ने अर्थमा प्रस्तुत गर्नु भएको छ, तालिका १ मा (तालिका १ ः जनसंख्या वितरण भनेर) । जबकि विसं २०६८ मा कोयुको अलग्गै जनसंख्याको तथ्यांक आएको छैन । त्यस्तै चाम्लिङ राईका सम्बन्धमा जयकुमार राई ज्युले लेख्नु भएको छ । उहाँले त झन् विसं २०६८ मा आएको ६,२०,००४ राई जातिको जनसंख्यालाई नै राई भाषा भनेर द्रष्टव्यः अन्तर्गत ‘…भित्रको समूहमा नपर्ने … पनि २०११ (विसं २०६८) को जनगणनामा राई भाषामा ६,२०,००४ मातृभाषी उल्लेख भएकोले …।’ भनी लेख्नु भएको छ । जबकि विसं २०६८ मा राईको भाषा वक्ता संख्या १,५९,११४ जना उल्लेख छ । स्रोतः ‘स्टाटिस्टिकल पकेट बुक नेपाल पाना नं.४०’ । तर, अचम्म के भने उहाँले विसं २०६८ को जनगणनामा आएको चाम्लिङको जनसंख्या र भाषिक वक्ता संख्याबारेचाहिँ केकति कारणले हो ? वास्तविक तथ्य नलुकाई प्रस्तुत गर्नु भएको छ । हुन पनि उहाँ आपैm राई जात भनिनेहरुको संस्था ‘किरात राई प्रज्ञा परिषद’का कुलपति पनि हुनुहुन्छ ।
उता थुलुङ राईका बारेमा खुक्सङ खम्बु (हाल राई पनि लेख्छन्) ज्युले लेख्नु भएको छ । उहाँले लेख्ने क्रममा विसं २०६८ मा आएको थुलुङको भाषिक वक्ता संख्या २०,६५९ लाई नै थुलुङको जनसंख्या भनी लेख्नु भएको छ । उनले त त्यो तथ्यांक पनि सरासर मिथ्यांक हो भनेका छन् । जबकि थुलुङको जातिगत जनसंख्या तीन हजार पाँचसय ३५ जना (३,५३५) रहेको छ । स्रोतः ‘स्टाटिस्टिकल पकेट बुक नेपाल पाना नं.४६’ ।
अनि दुमीका बारेमा डाक्टर नेत्रमणि दुमी राई ले लेख्नु भएको छ । उहाँले त झनै चलाखीका साथ दुमी राईबारे प्रस्तुती दिनु वा लेख्नु भएको छ । जस्तै अनुसूची ५ मा ‘राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार खोटाङ (५,१८९) ,सुनसरी (८७७) मोरङ (५,३३०), उदयपुर (२२१), इलाम (१९८), संखुवासभा (१९३), झापा (१३६) र काठमाण्डौ (१०२) समेत गरी २० वटा जिल्लाहरुमा दुमीहरु रहेको … ।’ भनी लेख्नु भएको छ । यसले गर्दा सो तथ्यांक भाषिक वक्ताको हो कि, जातिगत जनसंख्याको हो ? प्रस्टसँग केही बोलेन वा उल्लेख भएन । जबकि विसं २०६८ को जनगणनामा दुमीको जनसंख्या उल्लेख नै छैन भने दुमी भाषा वक्ता संख्या भने ७,६३८ जना रहेको छ । स्रोतः ‘स्टाटिस्टिकल पकेट बुक नेपाल पाना नं.३८’ ।
साथै बान्तावा ‘राई !’ (बान्तावाहरु कथित् ‘राई !’ जातिमध्ये हामी धेरै छौं भन्नु हुन्छ । तर, विसं २०६८ को जनगणनामा ४,६०४ मात्रै आएको छ, बान्तावाको जनसंख्या) का बारेमा पदम राई ज्युले लेख्नु भएको छ । ‘राई !’ जाति र ‘राई !’ भाषा वक्ता बारे उहाँले त किटानीका साथ ‘वि.सं २०५८ मा ३,७१,०५६ जना बान्तावा भाषा वक्ता रहेको र विसं २०६८ को जनगणनामा बान्तावा भाषाको वक्ता संख्या १,३२,५८३ देखाएको जुन छ, त्यो तथ्यांकलाई बान्तावा समुदायले मिथ्यांकको रुपमा लिने गरेका छन् ।’ भनी लेख्नु भएको छ । तर, खास कुरो पदम राई ज्यु भने जस्तो पटक्कै होइन । खासमा के भएको हो भने, जनगणनामा खटिएको गणकले तपाईँको भाषा के हो ? भन्दा, ‘राई !’, जात वा जाति के हो ? भन्दा ‘राई !’ भनेको÷लेखाएको हुनाले विसं २०५८ मा जत्ति पनि मानिसहरुले आप्mनो मातृभाषामा ‘राई भाषा !’ भनेर लेखे, ती सबै संख्या राईको भाषा भनेर बान्तावा भाषामा गाभिएको थियो । वास्तविकता त्यस्तो हो । तर, यो तथ्य स्वीकार्न किन गाह्रो भएको हो कुन्नी केही राई भन्ने कामरेडहरुलाई ? किनभने त्यो वेला पूर्वको धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलामा, झापा मोरङ, सुनसरी लगायत जिल्लामा रहेका कुलुङ लगायत अन्य किराती जातिहरुले पनि जातीय स्वपचिान के हो भन्ने नबुझेर वा स्वजातीय चेतनाको अभावमा त्यो वेला मातृभाषा के हो ? भन्दा ‘राई भाषा !’ भनेर लेखे, जात के हो ? भन्दा ‘राई !’ भनेर लेखे । यो तथ्यलाई हामीले छाती ठूलो बनाउर स्वीकार्नै पर्छ । हुन त उहाँले वि.सं २०६८ मा राई भाषा वक्त भनी आएको १,५९,११४ राई भाषा भनी आएको तथ्यांकलाई ‘भाषाको हिसाबले राई भाषा नहुने तर, गाउँघरमा बान्तावा वक्ताहरुलाई ‘कुन भाषा बोल्नुहुन्छ’ भनी सोध्दा ‘राई भाषा’ भनी जवाफ दिने गरेको पाइएकोले उक्त संख्या पनि बान्तावा वक्ताहरु हुन सक्ने अनुमान गर्न सकिन्छ ।’ भनी अर्को दावी पेश गर्न भ्याउनु भएको छ । हैट ! …
उता साम्पाङ राईका बारेमा नानुमति राईले लेख्नु भएको छ । उहाँले पनि अज्ञनाताकै कारणले हो वा ज्ञान र विवेक चाहिनेभन्दा धेरै भउर हो ?! वि.सं २०५८ को जनगणनामै साम्पाङको जनसंख्या १०८१० जना रहेको भनी लेख्नु भएको छ । जबकि वि.सं २०५८ मा राईकरणको मारमा परेका वा भनौं अन्जानमा अथवा राई लेख्दा ठूलो मान्छे (तालुकदार वा जिम्मावाल राई !) सरह होइन्छ भनेर कुनै राई लेख्दै÷भन्दै आएका कुनै पनि जातिहरुको अलग्गै जातिगत जनसंख्या आएको थिएन । यस बारेमा वास्तविकता जान्न, बुभ्mन चाहने र थप तथ्य र पुस्टिका लागि जो कोहीले विसं २०४८ यता केन्द्रीय तथ्यांक विभाग (केतवि) ले गर्ने गरेको हरेक जनगणनाको तथ्यांक हेर्दा भैहाल्छ, मेरो कुरोलाई नै सदर मान्नोस् भन्ने मेरो जिकिर रहँदैन ।
माथिको तथ्यांक, तथ्य र आधारहरु सहितको मेरो भनाईलाई पनि मान्नु हुन्न भने आदरणीय राई सर, राईनी म्याडमहरुलाई मेरो भन्नु केही छैन । तर, पनि मैले भनेको ठीक वा बेठीक के हो त ? मलाई आमाचकारी गाली गर्नुअघि, जताभावी भन्नुअघि, अन्टसन्ट लेख्नुअघि छातीमा हात राखेर एउटै लेख १७ ठाऊँमा पठायो वा पठाउँछ, अनि आपूmलाई ठूलो लेखक ठान्छ ! ? भन्नुअघि रुची हुने अथवा भनौं चासो हुनेहरु मध्ये जो कोहीले पनि वि.सं २०४८ यताको केन्द्रीय तथ्यांक विभाग (केतवि) ले गर्ने गरेको हरेक १०÷१० वर्षको फरकको जनगणनाको तथ्य र तथ्यांक एक पटक हेर्नुहुन हार्दिक अनुरोध छ ।
साथै अभैm पनि यदि राई एक जाति, २८ भाषी हो भने २८ वटा भाषामा खरर….. बोल्न सक्ने कोही राई छन् त ?, राई पितापूर्खा वा वंश को हो ? अझ महत्वपूर्ण कुरो यदि राई जात वा जाति हो भने, असली राईहरुले किन त्यो बेला रैती वा ढाक्रे भनिने (हाल जनता भनिने) हरुलाई तैँले नपाएको राई किन लेखिस् ? भनेर कारबाही गर्थे ? त्यसैले कथित् राई जात वा जाति बारे लिँढेढिपी मात्रै गर्ने तर, सत्य र तथ्य के हो ? भनी गहिराईमा नगई लेख्ने राई ज्युहरुलाई अनुरोध गरेर फेरि पनि अरु लेखहरु पनि प्रकाशित गर्नु होला, राई ज्युहरु ।
किनभने, यदि कोही राई वा विद, विज्ञ, कार, प्रा., डा., प्राडा, विश्लेषक आदि भनिनेहरुले राई एक जाति, २८ भाषी नै हो र, २८ वटा भाषामा खरर….. बोल्न सक्ने मान्छे फलानो, ढिस्कानो छन् भनेर देखाउनुका साथै राईको पितापूर्खा वा वंश यो हो, यति पुस्ता भयो ?, …, भनी देखाउन सकेमा म पनि त्यसको भोलिपल्टदेखि नै राईवादी भएर हिँड्ने, लेख्ने र राईको वकालत गर्नमा लागीपर्ने छु ।
अझ महत्वपूर्ण कुरो यदि राई जात वा जाति हो भने, असली अर्थात् तालुकार वा जिम्मावाल राईहरुले किन रैती वा ढाक्रे भनिने (हाल जनता भनिने) हरुले आप्mनो नामको पछाडि राई लेखेमा तैँले नपाएको राई किन लेखिस् ? भनेर कारबाही गर्थे होलान् ? सो बारेमा पनि प्रस्ट्याएर लेख्न लगाउनु होला, राई ज्युहरु … ।
खासमा अरु पत्रपत्रिका र अनलाइनहरु र, राई ज्युहरुको अनलाइन एवम् पत्रपत्रिकाको पाठकहरु पनि फरकफरक हुने भएकोले र, जान्नेसुन्नेहरुले भनेअनुसार जुन पत्रिका वा अनलाइनमा समाचार, फिचर वा लेख छापिएकोप्रकाशित भएको हो, सोही पत्रपत्रिका वा अनलाइनमा नै प्रतिक्रिया, प्रतिटिप्पणी वा प्रस्टीकरण लेख पठाउुपर्छ अरे । त्यसैले …
तर, हजुरुहरुले त बरु पूरानै होस्, ? कथत् राई जाति भन्ने र भनिनेहरुलाई नै सर्मथन गरोस्, वा सर्मथन होस् भन्ने आशयले होला, पूरानै भए पनि साभार गरीगरी अनि घरीघरी त्यही राई जातिवादी लेख नै …. तर, पनि हेरौं, निकट भविश्यमै हुन लागेको वा हुने १२ औं जनगणनामा राईको संख्या कति घट्ने रहेछ ? किनभने, वि.सं २०६८ मा नै कम्तिमा ७ लाख पुग नपुग हुनुपर्ने राईको जनसंख्या ६ लाख २० हजार चानचुनमा झरेको छ । त्यसैले यो १० वर्षमा चेतनाको ििदयोले … गाउँघर धेरै नै उजिल्याएको होला नै । जान्नेसुन्ने भन्नेहरुले भनेअनुसार चेतना पछाडि फर्कदैन अरे ? त्यसैले राईको जनसंख्या फेरि पनि बढ्ने त संभावनै छैन ।
कि कसो हौ, राईवादी कामरेडहरु ???
नोटः लु है गोपाल दाजु÷सर, २४ ‘राई !’ भाषी भनिने तर, नेपालका अन्य जात वा जातिसरह अलग्गै जातीय स्वपहिचान भएर पनि कथित् ‘राई !’ जातमा गाभिएका र,जाति एकै भएको तर, भाषाचाहिँ २८ वटा भएको ! भनिने कथित् ‘राई !’ जातिवादी कामरेडहरुको खम्बाको रुपमा रहेको ‘किरात राई प्रज्ञा परिषद’ भन्ने संस्थाद्धारा प्रकाशित ‘किरात प्रज्ञा–२’ नामक किताब हेर्न सकिन्छ । जुन विसं २०७३ मा प्रकाशित भएको छ भने सो किताबमा कुलुङ लगायत २४ वटा जातिबारे (तर, राई भाषी भनेर) लेखिएको छ ।
थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६९ ५२४०२५
लष्लबmपष्चबतज्ञद्दघ२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार