गोर्खाहरुको अनसनप्रति यूकेको प्रतिष्ठित मिडियाहरुले दिए चासो

द्वारा प्रकाशित गरिएको हो |
July 26th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

लण्डन । समानताको आन्दोलनलाई निर्णायक चरणसम्म पुर्याउन गोर्खाहरु अनसनरत छन् । भूतपूर्व सैनिकहरुको मागलाई बेलायत सरकारले वेवास्ता गर्दै आइरहेकोले आन्दोलनलाई निर्णायक तहसम्म पुर्याउन अनसनमा जानुपरेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका अनुसार विभिन्न १३ वटा माग राख्दै २१ जुलाईदेखि रिले अनसन सुरु भएको छ । बृटिश प्रधानमन्त्रीको क्वाटर अगाडि सुरु गरिएको उक्त अनसनमा १३ जना भिक्टोरिया क्रस विजेता वीर गोर्खालीहरुको प्रतिक १३ दिने अनसन बसिरहेका छन् । यदि यसपछि पनि बृटिश सरकारबाट कुनै सुनुवाई भएन भने त्यसपछि आमरण अनसनसम्ममा पनि जाने बताइएको
छ । यदि बृटिश सरकारले यसप्रति चासो राखेमा यो अनसन स्थगित पनि हुनसक्छ । छहरा प्रतिनिधिलाई सत्याग्रह संयुक्त संघर्ष समितिका ज्ञानराज राईले बताएका छन् । खुशी लाग्दो कुरा गोर्खाहरुको यो अनसनप्रति लण्डनभरका प्रतिष्ठित मिडियाहरुले समेत चासोका साथ हेर्न थालेको कुरा राईले बताए ।
लण्डनको चेरिङक्रस स्टेशन अगाडिको टाफल्गर स्कर नजिक रहेको अनसनस्थलमा ब्रिटेनमा बसोबास गर्ने गोर्खाहरुको सन्तान पहिलो पटक ठूलो जमघट भएको छ । बाउबाजेको योगदानकै कारण यूके प्रवेश गर्न पाएका र भूतपूर्व गोर्खा संगठनहरुको विशेष पहलमा आंशिकै भए पनि केही अधिकार बहाली भएको कारण पनि यो अनसन यूकेवासी गोर्खाहरुका लागि आकर्षक बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार