काठमाडौं । छसस । नेकपा एमालेको दुई खेमाले युथ फोर्स र अखिल फोर्स खडा गरी आपसमा भीडन्तको सिर्जना निम्त्याइएको अवस्थामा दलित समुदायद्वारा पनि हजारौं हजार साल यतादेखि आफुहरुलाई विभेद गरिरहेको ‘ब्राह्मणवाद’ विरुद्ध जिहाद छेड्न ‘दलित युथ फोर्स’ खडा गरेको कुरो सम्बन्धित स्रोतद्वारा थाहा हुन आएको छ । यसले गर्दा भीडन्तको स्थिति आई साम्प्रदायिक सद्भावमाथि खलल नपुग्ला भन्न सकिन्न ।
जानकारीमा आए अनुसार खड्ग नगरपालिकाको नगर सम्मेलनबाट राष्ट्रिय दलित मुक्ति जागरण अभियान(दलित युथ फोर्स)ले नगर र वडा तहदेखि क्रमश नेपाल भर विस्तार हुने जनाएको छ । यस फोर्सको मुख्य उद्देश्य भनेको दलित समुदायमाथि विगत वर्षयतादेखि थोपरिदै आएको विभेदको प्रतिरोध गर्दै दलित मुक्ति र अधिकारको विगुल फुक्नु नै हो । दलित समुदायमाथि हुने सबैखाले विभेदको अन्त्यको लागि दलित युथ फोर्स सचेत रहि जस्तो सुकै अवस्थामा पनि जोसुकैलाई पनि जाइलाग्ने छ ।
दलित युथ फोर्स के–का लागि?
July 26th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर
ताजा समाचार
लोकप्रिय
© 2022: Chhaharaa मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Elitetechnepal