सौताको रिसले लोग्नेको काखमा फोहोर

द्वारा प्रकाशित गरिएको हो |
July 19th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । ‘सौताको रिसले लोग्नेको काखमा फोहोर’ पार्ने भनाईलाई चरितार्थ गर्दै आफ्नै पार्टीको प्रधानमन्त्रीलाई अपदस्थ गरी प्रतिपक्ष दलका नेतालाई प्रधानमन्त्रीमा आसिन गराउनमा मुख्य भूमिका निर्वाह गरेका माधव कुमार नेपाल यतिबेला फोहारी राजनैतिक वृत्तमा चर्चाको शिखरमा छन् । यिनकै कारण पार्टी एकतामा पनि तुषारापात भएको छ । उनले एमाले पार्टीको निर्णय लत्याउँदै विश्वासको मत देउवालाई दिई रकारमा सहभागी जनाउने भएका छन् । नेपाल समुहबाट जीवनराम श्रेष्ठ, विनोद खतिवडा, सोमप्रसाद पाण्डे, दिलुराम भुषाल, रामकुमारी झाक्रीको नाम मन्त्रि बन्ने चर्चामा छ ।
यसरी २०७४ को चुनावमा प्रत्यक्षतर्फ मुश्किलले १४ प्रतिशत अर्थात २३ सिट जितेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले माधव नेपालहरुको गद्दारीको कारण त्यही संसदमा ६०.८८ प्रतिशत अर्थात १६५ सांसदको समर्थन पाएर शक्तिशाली प्रधानमन्त्रीको रुपमा स्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार