एमसीसी पास गराउने बाटो खुल्यो

द्वारा प्रकाशित गरिएको हो |
July 19th, 2021
अनुमानित पढ्ने समय : 5 मिनेट
फाईल तस्विर

दीर्घराज प्रसाई
नेपालको सार्वभौमसत्ता, एकता र देशका पहिचानहरूलाई स्थिर र चिरस्थायी कायम राख्न राजा, जनता र राजनीतिक दलहरूको संयुक्त प्रयासमा राष्ट्रिय सहमति कायम गरेर देशलाई निकास दिलाउन सक्नुपर्छ । तर २०७८ साल असार ३० गतेदेखि सर्वोच्च अदालतको फैसलाबाट केपी ओलीलाई हटाएर ‘सीआए’को दबाबमा शेरबहादुर देउवालाई प्रधानमंत्री नियुक्त गर्ने र विगटीत प्रतिनिधिसभा ब्यूँताउने भन्ने ठाडो आदेश दिएर शेरबहादुर देउवा प्रधानमंत्री भएका छन् । तर देशको दुर्भाग्य हो– शेरबहादुर देउवा जस्तो भ्रष्ट, गैरजिम्मेवार, सीआएको विश्वासीलो भरिया, राष्ट्रघाती, प्रधानमंत्रीको रुपमा देख्नु परेको छ । एमसीसी पास गराउन अव बाटो खुल्यो । एमसीसी पास गराउन उनी सक्रिय हुन्छन.। चीनको नेपाल प्रवेशको रसुवागढीको बाटो ब्लक गराउन, रसुवागढीको टिमुरेमा शेरबहादर र उनी श्रीमती आर्जुको मान्छेहरुको नाममा २०० रोपनी जग्गा खरिद गरिसकेको छ । यस्को सम्पूर्ण लगानी अमेरिकी दूतावासले गरेको छ भनिन्छ । अव एमसीसी पास गराउन र फि तिब्बतको कुरा अगाडि बढाउन सजलो ठानिएको छ । सीआएले शेरबहादुरलाई प्रधानमंत्री बनाउन अबौं रुपैयाँ खर्च गरेको हुन सक्छ । यसमा सर्वोच्चअदालतका न्यायधीसहरुले पनि नखाई यस्तो खतरनाक आदेश दिन सक्तैन थिए ।
अव शेरबहादुरले नेपाललाई गृहयुद्धमा फसाउने छन् । अमेरिका अव खुलेर नेपाललाई आधार इलाका बनाएर अगाडि आउने छ । अमेरिकाले चीनको बढ्दो प्रभाव रोक्न जस्तो खतरा मोल्न परे पनि मोल्छ । विश्वासको मत लिने बेलासम्म शेरबहादुरले देशभित्र डमाठोल गराई सक्ने छन् । अव देशमा पहिलाका दिनभन्दा खतरनाक अवस्था आएको छ । प्रधानमंत्री केपी ओलीले ठूलो धोका दिएर
अस्ताए । उनले समयमा देश बचाउन राजसंस्था र संसारको यो एक मात्र हिन्दु अधिराज्यलाई यथावत कायम गर्न पहल गरेको भए उनको लागि ठीक समय आएको थियो । तर केपी ओली पनि अत्यन्त घातक रहेछन् । उनको सदाको लागि अन्त्य भयो, कसैले संझने छैनन् । यो हिसाबमा केपी ओली शेरबहादुर भन्दा घातक हुन पुगेका छन् ।
अहिले नेपाल सम्हालिन नसक्ने अवस्थामा पुगेकोले अव राजा, जनता र राजनीतिक दलहरूको संयुक्त प्रयासमा देशलाई निकास दिनुपर्छ ! नेपालको सार्वभौमसत्ता, एकता र देशका पहिचानहरूलाई स्थिर र चिरस्थायी कायम राख्न राजा, जनता र राजनीतिक दलहरूको संयुक्त प्रयासमा राष्ट्रिय सहमति कायम गरेर देशलाई निकास दिलाउन
सक्नुपर्छ । उत्तर र दक्षिणतर्फ ठूला मुलुकहरूको बीचमा रहेको नेपालजस्तो देशमा निर्वाचित राष्ट्रप्रमुखबाट भौगालिक, धार्मिक, जातीय परिस्थिति सन्तुलित हुन सक्तैन भन्ने मेरो मनसाय छ । अब नेपालमा संवैधानिक राजसंस्थाको व्यवस्था नै सबै पक्षको सहमति कायम हुनुपर्छ ।
स्मरणीय छ, २०७१ सालभन्दा अगाडि भारतीय कांग्रेस (आई) र उसको गुप्तरचर संस्था ‘रअ’ले नेपाललाई आफ्नो प्रभावक्षेत्र बनाउन अनेक पटक अनेकौं षड्यन्त्र गर्दै आएकोमा २०७१ सालदेखि भारतमा हिन्दूवादी भारतीय जनतापार्टी अध्यधिक मत लिएर भारतको सत्तामा आएकाले अब हिजोको जस्तो नेपालीहरू भारतसँग सशंकित होइरहनुपर्ने अवस्था नआउला । २०६३ साल वैशाख ११ गते राजासँग सम्झौता भएर जनआन्दोलन रोकिएपछि भारत गणतन्त्रको पक्षमा किन सक्रिय बन्यो भन्ने कुरा हामी सबैले बुझुनुपर्ने कुरा छ । अर्काको करकापमा परी नेपालका स्थापित मान्यताहरू भत्काएर नेपालको स्थायित्वका आधार र पहिचानहरु समाप्त पार्न खोजे ।
जनआन्दोलनभन्दा अगाडि अमेरिका खुलेर गणतन्त्रको पक्षमा थिएन । राजा ज्ञानेन्द्रबाट काठमाडौंस्थित दलाई लामाको कार्यालय हटाएपछि अमेरिका पनि राजासँग
रिसायो । गणतन्त्रको लागि अमेरिकाको पनि समर्थन
भयो ।
युरोपका केही इसाई राष्ट्रहरू नेपालमा इसाईकरण गर्न पहिलादेखि नै सक्रिय थिए । माओवादीभित्र धेरै नै इसाईहरू भएकाले माओवादी विद्रोहलाई भित्रभित्रै आर्थिक तथा हतियारसमेत सघाउने गरेको थियो । भारतीय कांग्रेस (आई), सोनीयाा गाँधी र त्यसबेलाको गुप्तचर संस्था ‘रअ’ र अमेरिका गणतन्त्रको पक्षमा लागेपछि युरोपका केही इसाई राष्ट्रहरू पनि खुलेर गणतन्त्रको पक्षमा लाग्ने नै भए । यसरी चौतर्फी दबाब र षड्यन्त्रबाट नेपाललाई संरक्षणविहीन बनाउन नेपालबाट राजसंस्था विस्थापित गर्ने काम गरियो ।
२०७८ साल असारदेखि त अमेरिकाले शेरबहादुर जस्तो आफ्रनो एजेन्ट प्रधानमंत्रीको रुपमा पाए पछि अमेरिका अव फ्रि तिब्बवतको पक्षमा खुलेर लाग्न
सक्छ । अमेरिकाले जसरी भए पनि चीन टुक्रयाउनु छ । किनकि चीनका उत्पादित दैनिक जीवनमा उपभोग हुने सामग्री र उद्योत व्यवसायका समस्त बस्तुहरु अमेरिका भन्दा सस्तो बिक्री गरेर अमेरिकामा ठूलो प्रभाव जमाइरहेको छ । चीनले गदार्ए अहिले अमेरिकाका ८०.९० प्रतिशत उद्योगहरु बन्छ छन् । त्यसोभएकाले अमेरिकामा चीन बड्दो प्रभाव र संसारमा चीनको प्रभाव सहेर बस्न सक्तैन । अमेरिकाको हतियारको राजनीतिले संसारभरी आतंक सिर्जना गरेर आफ्नो प्रभाव देखाउँदो छ । चीनले आफ्रनो उत्पादित सामाग्रीहरु सस्तोमा अमेरिका र संसारमा अनेकौं देशहरुमा छयाप्छयाप्ती भएका छन् । चीन र अमेरिकामा यही फरक छ । तर अमेरिकाले चीन टुक्रयाउन नेपाललाई आधार इलाका बनाएर फ्रि तिब्बतको लागि जाई लाग्दा नेपालको भविष्य कति खतरनाक होला ? त्यो अवस्थामा चीन अमेरिकाको घीनलाग्दो हस्तक्षेप टुलुटुलु हेरेर बसिरहने छैन । चीन सीआएको चुजुक ढाल्न र अमेरिकी साम्राज्यलाई एशियाबाट लखेट्न नेपालभित्र प्रवेश गर्छ । यो चीनको सुरक्षाको लागि बाध्यता हो । चीन नेपालको मित्र शक्ति हुँदाहुँदै चीन नेपालमा उपस्थिति अत्यन्त खतरनाक हुन्छ किनकि उ नेपालमा आएपछि फर्किने छैन । त्यसबेला नेपालको अवस्था कस्तो होला ? नेपाल रणभूमि बन्नेछ । यो कुरा नेपालीहरुले बुझेकै हुनुपर्छ ।
विश्वको एकमात्र हिन्दू अधिराज्य विश्वका हिन्दूहरूको लागि गौरवमय पहिचान भएको र नेपालभित्रका सम्पूर्ण जाति, धर्म, संस्कृति, परम्परा र देशको सार्वभौमसत्तालाई बचाएर स्थायित्व कायम गर्न सक्ने एकमात्र स्थायी संरक्षक नेपालको राजसंस्थालाई विस्थापित गर्न विदेशी शक्तिको दबाबमा नेपालका पार्टीका नेताहरू फस्न पुगे । विदेशीहरूको अत्यधिक चलखेल बढेको हुँदा श्री ५ ज्ञानेन्द्रले बडो गम्भीरतापूर्वक सोचेर राजकाज छोडेका हुन् । सत्ययुगमा असुरहरूको आक्रमणबाट बच्न विष्णु पनि बराह रुप लिएर लुकेका थिए भने श्री ५ ज्ञानेन्द्र पनि नागार्जुनमा मुकाम कायम गरका हुन् । तर अहिले परिस्थिति बदलिएको
छ । पार्टीका नेताहरू सबैलाई यो वास्तविकता थाहा
छ । २०६३ सालदेखि देशको अधोगति देखेर नेपाली जनता घर–घर, गाउँ–गाउँबाट राजा र राजसंस्थाको पक्षमा बोल्न लागेका छन् ।
कारण र परिणामका आधारमा राजनीति चल्छ । राजा ज्ञानेन्द्र निरंकुश भएका भए नेताहरूलाई एक–एक गरेर सिध्याउन आदेश दिन सक्थे । तर उनले हत्याको राजनीति नगरेर २०६३ वैशाख ११ गते गिरिजाप्रसाद कोइरालालाई नारायणहिटी राजदरबारको पटांगिनीमा प्रधानमन्त्रीको शपथग्रहण गराई सत्ता जिम्मा लगाएका थिए । वि.सं. २०५८ मा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा भंग गरेर राजालाई सत्ता बुझाएपछि नेपाललाई अस्तव्यस्त बनाउने खेल प्रारम्भ हुन्छ । आफूहरूले गरेका अपराधहरू लुकाउन सबै दोष राजालाई थोपरेर गणतन्त्रवादी बनेका हुन् । नेपालमा राजसंस्था विस्थापित भएदेखि चौतर्फी संकटले घेरेको छ ।
नेपालको सन्दर्भमा संवेदनशीलताको अध्ययन नै नगरी राजा, भाषा, धर्म, जाति, जमिनको बारेमा गम्भीर विचारै नगरी बोल्नु आत्मघाती कुरा हुन्छ ।
अमेरिकी स्वार्थले सन् १९५८ मा इराकमा राजतन्त्र फालेपछि सद्दाम हुसेनको क्रुर तानाशाही नीतिले त्यो स्वर्णभूमि सिया र सुम्नी तथा कुर्दित मुसलमानहरूको बीचमा भएको गृहयुद्धले लाखौं मान्छे
मारिए । इराकको अधोगति भयो । सन् १९७९ मा इरानमा राजा रेजा शाह फहलबीले सत्ता त्यागेपछि इस्लामिक क्रान्तिको नाममा लाखौं इरानी जनता मारिएका छन् र राजतन्त्रभन्दा कुरानको धार्मिक निरंकुशतामा इरान फसेको छ ।
त्यस्तै सन् १९७९ मा अफगानिस्तानमा सोभियत रुसको दबाबमा राजतन्त्र हटेपछि अहिलेसम्म अफगानिस्तान गृहयुद्धमा फसेर अफगानी जनता रगतको खोलोमा पौडी खेल्दै छन् । सन् १९७० मा कम्बोडियामा राजतन्त्र हटाइयो र कम्युनिस्ट सत्ताबाट लाखौं कम्बोडियाली जनता बेकसुरमा मारिए । आखिरीमा सन् १९९३ मा कम्बोडियाका जनताले राजा नरोद्धम सिंहानुकलाई सत्तामा ल्याएपछि कम्बोडियामा शान्ति छायो । यही हिसाबले बेलायतमा सन् १६५९मा विस्थापित राजसंस्था १६६१ मा पुनःस्थापित भयो । स्पेनमा राजा अल्फोन्सो तेस्रोले देश छाडेपछि सन् १९६९ मा फ्रान्को राजगद्दीमा फर्केपछि स्पेन स्थिर बन्न पुग्यो । यसरी कतिपय ठाउँमा राजतन्त्रको आरोह–प्रत्यारोह पुनःस्थापना भएको छ ।
नेपालको अस्तित्व मेट्न सक्रिय नेपालका पाखण्डी गद्दारहरु–नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र उनको प्यादा कृष्ण सिटौला, रामचन्द्र पौडयाल, सुशील कोइराला एमालेका माधव नेपाल, झलनाथ खनाल, खड्ग ओली, माओवादीका बाबुराम भट्टराई, पुष्पकमल दाहालहरु, शेरबहादुर देउपा, सुवास नेम्वाड, पद्यरत्न तुलाधर, विजय गच्छदार महन्त ठाकुर, राजेन्द्र महत्तो हृदयस त्रिपाठीहरु जस्ता गद्दारहरुलाई हातमा लिएर नेपालको अस्तित्व नै मेट्न भारत सक्रिय बनेको थियो । विदेशीले बोकाएको धर्मनिरपेक्ष र गणतन्त्र उनीहरुको मूल सिद्धान्त बनेको छ । यी राष्ट्रघातीहरुलाई कठघरामा उभ्याउन सकियो भने हजार वर्षसम्म नेपालमा हत्यारा अपराधीको जन्म हुने छैन ।
‘अचल झण्डा फर्रोस् फरफर गरी कान्तिपुरीमा ।
रिपुको मन थर्काेस् थरथर गरी छीन घरिमा ।।
यमनले राज् गर्दा कति पतीत हिन्दुस्थल भयो ।
फगत यो नेपालको मुलुक कञ्चन रहिगयो ।’
–मोतीराम भट्ट
राणाले राजालाई खोपीमा राखेर पनि शासन चलाएका थिए । उनीहरूलाई थाहा थियो कि नेपालमा राजसंस्था रहेन भने नेपाल नै रहने छैन । राणाहरू जतिको पनि ज्ञान नभएका नेताहरूले २०६३ सालको आन्दोलन विसर्जन भएपछि राजालाई मात्र होइन, जनतालाई पनि धोका
दिए । त्यसैले जनताका मान्यतामा राजसंस्था अस्तित्वमा छ ।
पृथ्वीनारायण शाहको नेतृत्वमा ५४ भन्दा बढी स–साना हिन्दुराज्यहरु एकीकृत भएर विशाल नेपालमा हिन्दु अधिराज्य बनेको हो । त्यसैले राजसंस्थालाई नेपालको एकताको मियो मानिएको हो । तर नेपालमा राजसंस्था विस्थापित भएदििेख चौतर्फी संकटले घेरेको छ । यसले गर्दा अहिले नेपाल सम्हालिन नसक्ने अवस्थामा पुगेको छ । यस अवस्थामा भारत तथा चीनका लागि पनि पश्चिमाहरूबाट खतरा बढ्न सक्छ ।
अतः अहिलेको अवस्थामा राजा, राजनीतिक दल र जनताको संयुक्त प्रयासमा देश निर्माण गर्नु अपरिहार्य
छ । देशका भडुवा अपराधीहरुलाई कारवाही गरेर नेपाल र नेपाली जनताको संरक्षकको रुपमा स्थापित राजसंस्था र हिन्दु अधिराज्यलाई यथावत कायम राखेर नेपालको अस्तित्व बचाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार