देशमा बाह्रैमास गाईजात्रा

द्वारा प्रकाशित गरिएको हो |
July 19th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । प्राकृतिक प्रकोप र कोरोना लहरले मुलुक थिलथिलो अवस्थामा गुज्रिरहेको समयमा राजनैतिक दलहरु भने सत्ता भागबण्डाकै ‘रत्यौली’मा लागेका छन् । २०७२ सालको महाभुकम्प र बाढीपिडितहरुको घाउ निको हुन नपाउँदै कोरोनाको दोस्रो लहर र प्राकृतिक प्रकोपले झनै देशलाई लथालिङको अवस्थामा पुर्याएको छ । यस्तो कहालि लाग्दो अवस्थामा सिंगो मुलुक नै राहतको जोहोमा लाग्नु पर्नेमा वर्तमान राजनीतिक गठबन्धन सरकार आफ्नो कुर्सी कसरी सुरक्षित तुल्याउन सकिन्छ भन्ने ध्याउन्नमानै केन्द्रीत भए । देउवाको ध्यान देश र जनताको निमित भन्दा माओवादी केन्द्र, जसपा र माधव नेपाल समुहलाई फकाउने र तोकेको अवधि भित्रै विश्वासको मत लिइ बाँकी अवधी कसरी हुन्छ शासन चलाउने भन्ने र अन्य गठबन्धन सहभागी दलहरु भने महत्वपूर्ण मन्त्रालय कसरी हुन्छ हत्याउने दाउमानै देखिए । यसरी अनेकौ तिकडमपछि देउवा सरकारले विश्वासको मत लिएको छ । अब आउँदो निर्वाचनसम्म देउवाको कुर्सी मजबुत देखिन्छ ।
कोरोनाको दोस्रो लहरले मुलुक अस्तव्यस्त भएकै बेला ०७८ असार १ गतेदेखि परेको मुसलधारी वर्षाकै कारण मुलुक क्षतविक्षत हुन थालेको छ । बाढी पहिरो र कोरोना लहरले भौतिक संरचनाको ठूलो नोक्सानी भएको छ भने हजारौं नेपालीको ज्यान गएको छ । यस्ता महामारी र बाढी पहिरोले देश विक्षत अवस्थाबाट गुज्रिरहेको छ । खोपको अभावले जनजीवन अस्तव्यस्त छ । हजारौं जनता विस्थापित छन् । भोक र रोगले ग्रस्त छन् । यस्तो अवस्थामा पनि कुनै पनि राजनीतिक दलहरुलाई मतलब छैन, न त चासो नै छ । उनीहरु केवल गाईजात्रा देखाउनमा नै व्यस्त छन् । सत्तारुढ गठबन्धन होस् की अन्य प्रतिपक्ष दल नै होस्, जनताहरु कोरोना महामारीमा परुन् वा बाढी पहिरोमा नै परुन्, भोकभोकै मरुन् या जस्तो सुकै हालतमा रहुन् कुनै मतलब छैन । राष्ट्र भनेको देशको जनता हुन्, यसलाई नबुझ्नेहरुले भुगोलको सिमालाई त बुझेकै हुनुपर्ने हो, त्यो पनि यिनीहरुले मूर्त रुपले बुझेको पाइन्न । राष्ट्र आज कोरोना महामारी र बाढी पहिरोले क्षतविक्षत अवस्थामा छ । हजारौं जनताको मृत्यु भएको छ । कैयौ घरखेत बगाएर अरबौको क्षति हुन पुगेको छ । दुःखको कुरा भन्नपर्छ तिनै जनताहरु हिजो गणतन्त्र प्राप्तिमा खुशी साथ हर्षाैल्लासकासाथ सरिक थिए, पार्टीका कार्यकर्ता भएर दौडिएका थिए तर किन एउटा पीडा यी दलहरुलाई दुख्नैदन । लाग्छ यो देशमा गणतन्त्र नै आएको छैन । यहाँ गणतान्त्रिक सरकार होइन पुरानै पञ्चायती सरकारको भन्दा पनि गए गुर्जेको सरकार रहेको अनुभुति जनताहरुले गरिरहेका छन् । राष्ट्र भनेको जनता जनाद्र्धन नै हुन् । जनताको पीडा राष्ट्रको पीडा हो भन्ने ठान्नु पथ्र्याे यदि यहाँ गणतन्त्र आएको भए । यसतर्फ सरकारले बाह्रैमास गाईजात्रा
देखाउनु भन्दा जनताको दुःख, पीडामा समर्पित हुनुपथ्र्याे तर यो गणतन्त्र पश्चात गठित सरकारले महसुस गरेको
देखिएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार