यस्ता व्यक्तिले कोरोना खोप लगाउनु हुँदैन

द्वारा प्रकाशित गरिएको हो |
July 19th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । कस्ताले कोरोना खोप लगाउने र कस्ताले हुँदैन भन्ने आम सर्वसाधारणको जिज्ञासालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, सो विषय पूर्ण कार्यान्वयन हुन नसकेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका अनुसार खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्तिले खोप लगाउन मिल्दैन । यस्तै, यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस भएको व्यक्तिले पनि कोरोनाविरुद्धको खोप लगाउन मिल्दैन ।
— १८ वर्षभन्दा कम उमेर
— पहिलो मात्रा लगाएपछि गम्भीर एलर्जी भएमा
— उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल
— हाल (खोप लगाउने समयमा) गम्भीर बिरामी भएको
— संक्रमणमुक्त भएको ३० दिनअघि
— खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया भएमा
स्वास्थ्य मन्त्रालयका अनुसार पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्ति, .हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल खोप लगाउन मिल्दैन । कोभिड–१९ का लागि मोनोक्लोनल एन्टिबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिनपछि खोप लगाउन मिल्ने केन्द्रले जारी गरेको सूचनामा भनिएको
छ ।
यस्तै, कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि खोप लगाउन मिल्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । १८ वर्षभन्दा कम उमेरका व्यक्तिमा पनि खोप प्रयोगमा आएको छैन । हालसम्म नेपालमा कोभि सिल्ड, भेरोसिल प्रयोगमा आएको छ भने जोनसन एन्ड जोनसनको खोप प्रयोगमा आउने क्रममा छ । हालसम्म ११ लाख बढी नागरिकले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार