नेफिन यूकेले पायो पूर्णता

द्वारा प्रकाशित गरिएको हो |
July 19th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

लण्डन । जुलाई दोस्रो सातामा बसेको नयाँ कार्यसमितिको बैठकले अधुरो रहेको बाँकी पदाधिकारीहरुको मनोनयन गर्दै नेफिन यूकेलाई पूर्णता पारेको छ । जसमा उपाध्यक्षमा मुकेन छन्त्याल, महासचिवमा विमला लिम्बु र कोषाध्यक्षमा लाक्पा डोमा शेर्पालाई चयन गरिएको
छ । निवर्तमान कार्यसमितिमा सचिव रहेका मुकेन छन्त्याल बेलायत छन्त्याल संघका महासचिव हुन् भने बिमला लिम्बू किराँत याक्थुङ चुम्लुङ यूकेका आजीवन सदस्य हुन् । उता नवनिर्वाचित कोषाध्यक्ष ल्हाक्पा डोमा भने तोप्के गोला समन्वय समिति यूकेका महासचिव हुन् । अध्यक्ष कमान सिङ कर्मा पहाडी शेर्पाले अध्यक्षता र सचिव बिम्ला कुमारी राईले सञ्चालन गरेको बैठकले समितिका अन्य पदहरु पनि पुर्ति गरेको छ । जसमध्ये मानबहादुर गुरुङ, गंगा गुरुङ, याम छन्त्याल र धिरज राई कार्यसमितिको सदस्य चयन भएका छन् ।
त्यस्तै, बैठकले वर्तमान कार्यकालको लागि २२ जना सल्लाहकारहरु नियुक्ति गरेको छ, जसमा सबै जसो सल्लाहकारहरु आदिवासी जनजाति सवालमा अग्रपङ्तिमा रहेका लब्ध प्रतिष्ठित अनुहारहरु नै
छन् । नेफिन केन्द्रका पूर्व सचिव भक्त बहादुर दुरा, तमू धीं यूकेका सल्लाहकार तथा बरिष्ठ समाजसेवी एकेन्द्र गुरुङ, महासंघका पूर्व अध्यक्षहरु थर्क राना, सिरी लिम्बू, तुल छन्त्याल र जंग सुनुवार सल्लाहकार चयन भएका छन् ।
अन्य सल्लाहकारहरुमा प्राज्ञ डा. सुमाया राई, बरिष्ठ समाजसेवी लक्ष्मण तुलाचन, मगर संघ यूकेका पूर्व अध्यक्ष दुत पुन र वर्तमान अध्यक्ष सुनिल राना, तमू धीं यूकेका अध्यक्ष हितकाजी गुरुङ र पूर्व अध्यक्ष ज्ञाम गुरुङ, किराँत याक्खा छुम्मा यूकेका पूर्व अध्यक्ष धन रोगू र वर्तमान अध्यक्ष गुणराज खायाखिम रहेका छन् ।
किराँत याक्थुङ चुुम्लुङ यूकेका अध्यक्ष तिलबिक्रम सम्बाहाङ्फे, किराँत राई यायोक्खाका अध्यक्ष कल्पना राई, बेलायत छन्त्याल संघका अध्यक्ष झक छन्त्याल, दुरा सेवा समाज यूकेका अध्यक्ष इन्द्रबहादुर दुरा र सुनुवार सेवा समाज यूकेका सल्लाहकार होम सुनुवार पनि सल्लाहकारको सूचीमा रहेका छन् ।
आदिवासी अभियन्ताहरु धर्म तामाङ, विनोद राज मोक्तान र विश्वासदीप तिगेला पनि नेफिन यूकेको सल्लाहकार नियुक्त भएका छन् ।
आदिवासी सवालहरुको अग्रमोर्चामा रहेका कतिपय अग्रज, लेखक र अभियन्ताहरुको नाम सल्लाहकारहरुको सूचीमा देखिएन नि भन्ने प्रश्नको उत्तरमा अध्यक्ष शेर्पाले भने– ‘हामीले निकट भविष्यमै नेफिनको अन्तर्राष्ट्रिय समितिमा पनि सल्लाहकारहरु पठाउनु पर्ने हुनाले अहिले नै सबै अग्रजहरुको नाम राष्ट्रिय समितिमा समावेश गरे पछि समस्या हुनसक्छ ।’
अध्यक्ष शेर्पाका अनुसार महासंघले २७सौं विश्व आदिवासी दिवस यस बर्ष पनि भर्चुअल रुपमै मनाउने भएको छ । अगस्ट ७ शनिबारको दिन तय गरिएको उक्त कार्यक्रममा बेलायतका नेपाली राजदूत, नेफिन केन्द्रका अध्यक्ष जगत बराम, विश्वभरका नेफिनका अध्यक्षहरु र राष्ट्रिय नेताहरुको उपस्थितिमा मनाइने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार