मूलवासीहरु न त मंगोलियन हुन् न त हिन्दू नै

द्वारा प्रकाशित गरिएको हो |
April 6th, 2021
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

जी.दिलुङछा
पुरातात्विक अन्वेषणको आधारबाट मानव उद्भव र सभ्यताको इतिहास अगाडि बढेको हुन्छ । प्राणौतिहासिक विषयमा लिखित स्रोतको अभाव त्यसै हुने नै भयो, अभावलाई पुरा गर्न समय समयमा भए गरेका उत्खनन्बाट प्राप्त सामाग्रीद्वारा पूर्ण र परिपक्व इतिहास तयार गरिन्छ । चीनको विज्ञान प्रतिष्ठानले नेपालको चोमोलुङ्मा क्षेत्रमा उत्खनन कार्य गरेका थिए, जहाँ Hipporian(हिप्पोरीयन) नामक तिख खुखाला घोडाको अवशेष र मानिसको हत्केला, हाँसको खुट्टा, माटोको भाडोमा टुक्रा आदिहरु प्राप्त भएको थियो । वि.सं. २०३४ सालमा १ चीनिया जीवशास्त्रीहरुले गरेको त्यो अन्वेषणले मानवबस्ति अनुकुल रहेको ठहरियो । समुद्र सतहदेखि १ हजार देखि ३ हजार मिटर उचाईसम्म प्राचीन मानव अवशेषहरु प्राप्त भएको छ । त्यसैले मानव उद्भव चोमोलुङमाको उत्तर–दक्षिण पाटोदेखि हिन्दकुश हिमालयभर रहेको कुरामा जीवशास्त्रीहरु सहमत भएका छन् ।(नेपालको तथ्य इतिहा–डा.राजाराम सुवेदी, पृष्ठ २४, २५) नेपालको हिमाल र पहाड क्षेत्रमा प्राचीन मानवको अवस्थल रहेको विश्वासमा पुगेपछि क्रमशः उत्खनन गर्ने कार्य सम्पन्न गरियो । फलस्वरुप चरीकोटमा प्राचीन मानवले प्रयोग गरेको हातेबञ्चरो, नवलपरासीको डण्डाखोला छेउमा प्राप्त विभिन्न आकृतिको पाषण हतियारहरु, मोरङ, झापा, वैजन्तपुरमा प्राप्त प्राचीन बञ्चरा जस्ता ढुंगे औजारहरुलाई ढुंगे सभ्यता मौलाएको क्षेत्रको रुपमा स्वीकार गरिएको छ । (Janaklal Sharma, Neolothic Tools From Nepal, Ancient Nepal, Vol. 75, Page 1-12) । प्राचीन मानवको उद्भव कहाँबाट भयो चिन्तन र परिश्रम गर्दा हिमाली भेक नै मानव उद्भव क्षेत्र रहेको कुरामा सहमत भैहिमाली क्षेत्रको सबैभन्दा उच्च हिमाल चोमोलुङ्माको वरीपरीबाट चीनियाँ विद्वानहरुले मानव अवशेषको खोजी गर्न सुरु गरेर चोमोलुङ्माको १५ किलोमिटर क्षेत्रको बिचको उपत्यकामा मानव सभ्यता मौलाएको विश्वास गर्न थालियो ।
नेपालको मुस्ताङ भेकको गुफामा पाइएको प्राचीन मानवको लुगाहरु, हाड, भाडा, तामाको वस्तु, धनुवाणको टुप्पा, कस्तुरी, काठको चम्चा, ढुंगाको भाडा वर्तन पाइएकोले नेपालका मानव सभ्यतालाई प्राचीन इरान र क्रेटको सभ्यताको तुलना गर्न सकिने भएको छ (Devendra Nath Tiwari- Cave Burials From Western Nepal, Mustang’ Ancient Nepal, Vol. 85, Page 1-12) पूर्व–पश्चिम राजमार्गमा विष्फोटन गर्दा नेपालको सिवालिक क्षेत्रमा Ramapithecus मानवको अवशेष पाइएकोले त्यसको तुलना पाकिस्तानको अवशेषहरुसँग गरियो, त्यसैले नेपाल, पाकिस्तान र इण्डियामा पर्ने सिवालिक क्षेत्रलाई प्राचीन मानव उद्भव एवं सभ्यता क्षेत्रको रुपमा स्वीकार गर्न थालियो (Gudrun Corrineus, ‘Report of the work done in the project of Qudrotenary and Prehistoric studies in Nepal’ – Ancient Nepal, Vol 86, 1-6)
उक्त अन्वेषणलाई विश्लेषण गर्नुपर्दा नेपालका मूलवासीहरु अन्इ देशहरुबाट स्थानान्तरण भएको नभई यही हिमाली श्रृंखलाको दक्षिणी क्षेत्रका उत्पत्ति हुन भन्न कसैले शंका गर्ने ठाउ नै छैन । हिन्दू वर्णाश्रमको पुस्तकहरुमा वर्णन गरेका कथा अनुसार सिन्धुघाँटीको सभ्यता तहस नहस हुँदाको घटना शम्बर विरुद्ध इन्द्र र देवीदासले लडेको ४० वर्षे युद्धको वर्णन ऋग्वेदमा आर्य र गैरआर्य बिचको लडाईको प्रतिफल नै सिन्धुघाँटी सभ्यताको विनाश
थियो । ऋग्वेदको छैटौ मण्डलको ४७ औं सुक्तको दोस्रो श्लोकमा “सोम हर्षित गर्ने खोलको छ । यही पिएर इन्द्रदेवले वृत्तासुरको नाश गरे र शम्वरका अनेकौ किल्ला ध्वस्त गरे ।” त्यस्तै २१औं श्लोकमा “इन्द्रदेव सूर्यरुपमा प्रकट भएर अन्धकार समाप्त पार्दछन् । उनले शम्वर र बर्चिजस्ता असुरलाई आफ्नो तेजले समाप्त पारेका थिए ।” २२औं श्लोकमा भनिएको छ की “हे इन्द्रदेव ! राम्रो स्तोत्र गाउने स्तोताले सुनका खजाना र दश वटा घोटा प्रान गरे । शम्वरको धन अगिथिग्वले जिते र उही धन दिवोदासबाट हामीले पायौं ।” दोस्रो मण्डलको १४औं सुक्तको पाचौं श्लेकमा पनि इन्द्रको चाकरी स्वरुप गुनगान गाउँदै “इन्द्रदेवले अश्न, शोषण गर्ने शुष्ण, विनाभुजाको अहि, पिप्रु, नमुचि र रुधिक्रा नामक असुरहरुको वध गरे, ती इन्द्रदेवलाई विभिन्न हविष्यान्नको आहुति समर्पित गरे ।” (खासमा उक्त नामहरु सिन्धु सभ्यताका शम्वर पछिका अन्य नेताहरु सबै किरातहरु थिए त्यस समयमा अति सभ्य र बुद्धिमान
थिए ।) दोस्रो मण्डलको १४औं सुक्तको छैटौं श्लोकमा “शम्वर राक्षसका सय वटा शहर जुन इन्द्रदेवले शक्तिशाली बज्रले हानेर ध्वस्त बनाए, वर्चिकका हजार छोराहरुलाई हटाएर(हत्या गरे), ती इन्द्रदेवको निम्ति सोम(फलफूलको रक्सि) प्रदान गरे ।” ऋग्वेदकालिन सुर असुर बिच भएको यो युद्धबाट सुरु भएको किरातहरुको करिब ई.सं. ९५० मा भएको कुरुक्षेत्रको महाभारत युद्धसम्म लगातार तिव्र गतिमा पतन भइ
रह्यो । सुनिति कुमार चटर्जि, एन.के. सिद्धान्त, स्रोडर होल्जम्यानका अनुसार यो महाभारतको युद्ध पनि आर्य र गैरआर्य बीचको युद्ध थियो । किनभने कौरवहरु आर्य थिए तर पाण्डवहरु गैरआर्य थिए ।
ईसापूर्व १२औं शताब्दिमा आर्यहरुको संघर्ष किरातहरुसित भयो । किरातहरुको नेता शम्बर आफ्नो हातले तयार गरेको भूमि सिन्धुबाट एक अंगुल पछि हट्न तयार नभए पछि किरातहरुको एक समय अश्ममयी किल्लाहरुमा आर्यहरु(युरोशियनहरु)ले लिनको लागि आखा गाडेका थिए । चालिस वर्षसम्म किरात र आर्यहरुको संघर्ष चल्यो । भनाइको तात्पर्य होकी, यति लामो समयसम्म किरातहरुले आर्यहरुलाई किरातीहरुको भूमि सिन्धुघाँटीमा छिर्न दिएनन् । दिवोदास र इन्द्रको पुरोहित भारद्वाज निराश भइसकेका थिए । तर अन्त्यमा छलकपट गरेर शम्वरलाई राति सुतेको ठाउँमा इन्द्रले मारीदिए । यो युद्ध हारेपछि किलाकाँगडा आर्यहरुको हातमा
गयो । किरातहरु त्यहाँबाट सतलज उपत्यकामा आएर बसे पछि त्यहाँबाट पनि शम्रका बाँकी रहेका अन्य किरात समुदायहरु पूर्व लागेपछि सतलजलाई जालधर भनियो(हाम्रो समाज एक अध्ययन, पेज ३१५, जनकलाल
शर्मा) ।
अन्तमा किरातहरु यही भेकका रैथाने किरातहरु थिए भन्ने बुझिन्छ र उनीहरु प्रपन्नचार्यको भनाई जस्तो असिरीया, मिश्र, काजीकास्तान हुँदै नेपाल आइपुगेका क्षेत्रीय हिन्दू हुन् न त मंगोलबाट आएका मंगोलियन भतुवा हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार