काठमाडौं । छसस । भाषा मरे जाति मर्छ, जाति मरे देशै मर्छ । भन्ने भनाईलाई आत्मसात गर्दै कलम चलाउने कलमजिवीहरु यहाँ नभएका होइनन् । यिनै कलमजिवीहरुमध्येकै पाँच उत्साहित कलमजिवीहरु र एक सञ्चारगृह सम्मानित भएको खबरले छहराका पाठकहरुमा खुशीको सिमा रहेन । नेवा पत्रकार राष्ट्रिय दबुको आठौ वार्षिक साधारण सभाले आफ्नो वार्षिक कार्यक्रमको पुनित उपलक्ष्यमा राजेन्द्र स्थापितलाई ‘ज्ञानज्योति लक्ष्मी प्रभा पुरस्कार’ प्रदान गरियो भने कृष्ण केसीलाई ‘ज्ञानदेवी मणिरत्न स्थापित स्मृति पत्रकारिता पुरस्कार’ रेखा शाक्यलाई ‘बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार’ र बोधि टेलिभिजनलाई ‘भिक्षुकुमार कास्यप स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरियो । सोही अवसरमा सगरमाथाको दुवै मोहडाबाट आरोहण गर्ने प्रथम महिला पत्रकार कल्पना महर्जनलाई पनि विशेष सम्मान गरियो । मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र बाग्मती प्रदेश सभाका सदस्य राजेश शाक्यले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको उक्त पुरस्कारमा ज्ञानज्योति लक्ष्मी प्रभा पुरस्कारको राशी २० हजार रुपैयाँको थियो ।
मातृभाषीहरु सम्मानित
April 6th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर
ताजा समाचार
लोकप्रिय
© 2022: Chhaharaa मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Elitetechnepal