सुरुमा रैतीहरुले “राई” लेख्न पाउन्नथे, किन?

द्वारा प्रकाशित गरिएको हो |
March 8th, 2021
अनुमानित पढ्ने समय : 5 मिनेट
फाईल तस्विर

हो, संभवतः विश्वमा कहीँ पनि एनजिओले राज्य पाएको छैन र, पाउँदैन पनि । तापनि नेपालमा भने विसं २०६२÷०६३ को राजनैतिक परिवर्तनसंँगै नेपालमा कथित् ‘राई !’ जातिको नाममा खुलेको राई यायोेक्खा (स्मरण रहोस्, ‘यायोक्खा’ बान्तावा जातिको भाषा हो अरे ! ‘यायोक्खा’को अर्थ यो पंक्तिकारलाई थाहा भएन) नामक एक एनजिओले पनि नेपालमा राज्य मागेको थियो÷माग्दैछ । जुन एनजिओको संस्था दर्ता ऐन २०३४ अनुसार समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ हो भने, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय दर्ता÷रजिस्टर्ड नम्बर–३२८÷०४९÷०५० हो । अचम्म के छ भने, कथित् ‘राई !’ जाति (कथित् किन भनिएको हो भने, वि.सं २०२१ सालमा आएको भूमिसुधार ऐन गाउँगाउँ, टोलटोलमा लागू हुनुअघि रैती अथवा ढाक्रे अहिलेको भाषामा भन्नु पर्दा तालुकदार वा जिम्मावालबाहेकका सर्वसाधारण जनताहरुले आप्mनो नामको पछाडि ‘राई !’ लेख्न पाउँदैन थिए ।) को नाममा खुलेको राई यायोेक्खा नामका खुलेको एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरुले राज्य माग्ने क्रममा भने जात वा जातिअनुसारको अर्थात् ‘राई !’ राज्य, संघ वा प्रदेश नमागेर किरात राज्य, संघ वा प्रदेश माग्ने गरेको छ । जबकि लिम्बु एउटा जाति भएकोले लिम्बुवान राज्य माग्दैछ । त्यस्तै थारु एउटा जाति भएकोले थारुहरुले थारुवान राज्य माग्दैछ । उता मगर पनि नेपालको एक जाति भएकोले मगरात राज्य माग्दैछ । तर राई जाति हौं भन्ने राई सर राईनी म्याडमहरु भने आप्mनो जात वा जातिअनुसारको ‘राई !’ राज्य नमागेर किरात राज्य माग्दै छन् ? यदि ‘राई !’ जात वा जाति हो भने त ‘राई !’ राज्य पो माग्नुपर्ने होईन र ? कि कसो हौ, नेपालका मै हुँ भन्ने र, आपूmलाई घागडान सम्झने प्रा., डा., इतिहासकार, प्राडा, वरिष्ठ लेखक, विश्लेषक, विद, विज्ञ, बुद्घिजीवी आदि सम्झने महानुभावहरु ?
हुन त फेरि पनि दोहोर्याएर भन्नु पर्दा साँचो अर्थमा भन्नु पर्दा विश्वभरिकै आईएनजिओ÷एनजिओहरुले राज्य मागेको र, त्यस्ता आईएनजिओ÷ एनजिओहरुले राज्य पाएकोे इतिहासमा कही पनि छैन । बरु सम्बन्धित देशमा सरकार चलाएको (कुनैकुनै देशको सरकारलाई आपूm अनुूकल चलाएको) सम्म देखिन्छ । तर, कहीँ नभएको जात्रा हाँडी गाऊँ (नेपाल) मा हुने देश भएकोले होला, नेपालमा अहिलेसम्म पनि यदाकता एनजिओ वा भनौं सामाजिक संस्था ! ले पनि बकाईदा साथ राज्य मागेको
देखिन्छ । यसरी हेर्दा कथित् ‘राई !’ जातिको नाममा खुलेको राई यायोेक्खा नामक एक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरुले भने अहिलेको एक नम्बर प्रदेशलाई ‘किरात प्रदेश’ नाम राख्नुपर्ने माग राखेको भनी वेला–वेला विभिन्न अनलाइन न्युजपोर्टल, युट्युब च्यानल (उनीहरु आपूm अनुकूल र निकट अनलाइन, युट्युब च्यानलमा) आदिमा समाचार आउने गरेको छ ।
स्मरणीय कुरो के छ भने, यदि ‘राई !’ भनेको नेपालको कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शाह राजा एवम् श्री ३ महाराज (राणा) हरुले त्यसवेलासम्म एकै रहेको किरातीहरुको भूमिलाई समेत फुटाएर स्थानीयस्तरमा तिरो भरो उठाउन र पञ्चखत बाहेकको मुद्धा मामिला मिलाउने अधिकारसहित दिइएको पदवी वा पगरी मात्रै हो । अर्को महत्वपूर्ण तथ्य भनेको ‘राई !’ शब्दको सुरु वा व्युत्पत्ति भनेको ‘राय’ हो । कर्णाली प्रदेशमा त्यो वेला राजालाई ‘राय’ भनिन्थ्यो । हुन त त्यो वेला राई मात्रै नभएर, सुब्बा, मुखिया, देवान, पटवारी, चौधराई, थरी, कारबारी, बहिदार, हुक्के, बैठके, खरदार, सरदार, काजी, चौतरिया, भारदार, मुन्सी, खजाञ्ची, मीर सुब्बा, उमराव, डिट्ठा, गुरु ज्यु, बडा गुरुज्यु, हुलाकी, पण्डित, गोवा आदि पदहरुको पनि श्रृजना गरिएको थियो । तर अहिले आएर ती पदहरु पाएकामध्ये कोही कसैले पनि आप्mना पिता–पूर्खाले विगतमा पाएको ती सामन्तीहरुलाई जनाउने पदहरुलाई नै जात, जाति वा थर÷उपथर हो भनी लेखेको पाइँदैन । तर, कसैले विगतमा आप्mनो पितापूर्खाले पाएको ‘राई’, पदलाई नै जात वा जाति मान्छन् भने त्यसमा हाम्रो आपत्ति छैन । तर, उनीहरुले पनि हामी (कुलुङ) लाई पनि आप्mनो असली जातीय स्वपहिचान ‘कुलुङ’ले चिनिन दिऊन् भन्ने हो । साथै उनी (राईवादी कामरेड) हरुले ‘राई !’ भनेको जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शाह र राणाहरुले त्यसबेलासम्म एकै रहेका किरातीहरुलाई फुटाएर स्थानीयस्तरमा तिरोभरो उठाउन र, पञ्चखत बाहेकको मुद्धा मामिला स्थानीयस्तरमै मिलाउन दिएको पदवी वा पगरी मात्रै भए तापनि अब हामी त्यही ‘राई !’ पदवी वा पगरीलाई नै जाति मान्छौं भनेर सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर र, प्रष्ट पारेर अघि बढे अझ राम्रो हुन्थ्यो । साथै पहिले(पहिले ‘राई !’ भनी चिनिएिका तर, अब आप्mनो असली जातीय स्वपहिचान ‘कुलुङ’ले चिनिन चाहने कुलुङलाई सामन्तवादको प्रतीक वा अवषेश ‘राई !’ शब्दलाई नै जात वा जाति मान भनेर दवाव दिँदैनौं भनेदेखि ‘सुनमा सुगन्ध’ हुन्थ्यो । स्मरणीय छ, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको अलग्गै जातीय तथ्यांक आएको छ । सो तथ्यांकअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ मातृभाषीको संख्या ३३ हजार १७० आएको छ । सोही तथ्यांकको आधारमा नै केन्द्रीय तथ्यांक विभागले आगामी १२ औं राष्ट्रिय जनगणना (विसं २०७८) मा पनि कुलुङ जातिलाई अलग्गै ‘जातिगत कोड–६२’ र ‘भाषागत कोड–२९’ उपलब्ध गराएको छ ।
हुन पनि मान्छेहरुले नपत्याऊलान् ! जातीय स्वपहिचानको सवालमा स्थिति कस्तोसम्म आयो भने, विसं २०५८ सालमा पूर्वराजा ज्ञानेन्द्रले लालमोहर लगाएको आदिवासी जनजाति उत्थान प्रतिष्ठान
(आजउराप्र) ऐन अन्तर्गत नै राई जातिमा सूचीकृत भएर कथित् राई जातिको नाममा राईंदाईं गर्दै आएको ‘राई !’ योयाक्खाका (स्मरण रहोस्, ‘यायोक्खा’ शब्द कुनै माइकालाल राई ! को भाषा नभएर बान्तावा जातिको भाषा हो भन्ने त माथि नै एक प्रसंगमा उल्लेख गरिएको छ) हर्ताकर्ता राई सर राईनी म्याडमहरु राजा ज्ञानेन्द्रले कार्यकारी अधिकारसहित आफै शासनसत्ता हातमा लिएपछि प्रतिष्ठानबाट हटेनन् । खासमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रष्ठिान ऐनको परिच्छेद ३ दफा ७ मा सञ्चालक परिषद गठन शीर्षकमा भनिएको छ– ‘प्रतिष्ठानका तर्फबाट सम्पादन गर्नुपर्ने कार्य सम्पादन गर्नका लागि प्रतिष्ठानको सर्वोच्च अंगको रुपमा देहाय बमोजिमको एक सञ्चालक परिषद रहनेछ । १. प्रधानबन्त्री अध्क्षय, २. स्थानीय विकासमन्त्री वा राज्यमन्त्री सहअध्क्षय …… ।’ ३. …. । ४. …… यस्तो व्यवस्थाअनुसार त्यो बेला स्वतः तत्कालीन राजा ज्ञानेन्द्र पनि प्रधानमन्त्री जस्तै प्रतिष्ठानका अध्यक्ष भएका थिए । तर, यायोक्खाका हर्ताकर्ताहरुले ज्ञानेन्द्र सरकार प्रमुख भएको वेला कुलुङहरुले पुनः सूचीकरणका लागि प्रतिष्ठानमा दिएको निवेदनलाई आधार मानेर ‘कुलुङे ढाक्रेहरु दरबारमा जात माग्न गयो !’ भनी हौवा फिँजाए । राई जात वा जाति होइन भन्ने कुरो त २०२१ सालमा आएको भूमिसुधार ऐन पूर्ण रुपमा लागू हुनु अघिसम्म तालुकदार वा लालमोहरवाला असली राई बाहेकका रैतीहरुलाई आप्mनो नामको पछाडि राई लेख्न नदिने गरेको इतिहासले नै बताउंँछ । राई भनेको जात होइन भन्ने त संखुवासभा जिल्लाको तत्कालीन पाथीभरा गाविसको बाह्रबिसेका वनेम थरका लिम्बुहरुले वि.सं १८३१ मा ‘राई !’ पद पाएको आधारमा नामको पछाडि राई लेख्दै आएको तर, उनीहरु असलीयतमा लिम्बु भएको थाहा भएपछि राई पद त्यागेर विसं २०६६ मा पुनः लिम्बु जाति नै भएको उदाहरणले पनि देखाउँछ । सो समाचार अन्नपूर्ण दैनिक लगायत विभिन्न पत्रपत्रिका, एफएम रेडियो, टिभी आदिमा पनि आएको थियो । साथै दुई÷दुई पटक केन्द्रीय (श्रम र सहरी) विकासमन्त्री भएका बाँकेका माननीय मोहम्मद इस्तियाक राई पनि ‘राई !’ छन् । उनी नाम सुन्दै मुसलमान होइनन् र ? यदि राई जात वा जाति नै हो भने ती मोहमद र्यस्तियाक नाम भएका मुसलमान कसरी राई भए ? त्यस्तै हिन्दी सिने उद्योगकी चल्तापूर्जा कलाकार ऐश्वर्य राई पनि पनि ‘राई’ छिन् । के माननीय मोहम्मद इस्तियाक राई पनि ‘राई !’ छन् । उनी नाम सुन्दै मुसलमान होइनन् र ? यदि राई जात वा जाति नै हो भने ती मोहमद र्यस्तियाक नाम भएका मुसलमान कसरी राई भए ? त्यस्तै हिन्दी सिने उद्योगकी चल्तापूर्जा कलाकार ऐश्वर्य राई पनि ‘राई !’ छिन् । उनीहरु पनि राई सर र, राईनी म्याडमहरुको दाजुभाई, दिदीबहिनी हो ? अर्को महत्वपूर्ण प्रश्न के छ भने, राईको ऐतिहासिक भूमि कहाँं हो ?, राईको वंश को हो ?, राईको मातृभाषा कुन हो ?, राईको मौलिक भेषभुषा के हो ?, राईको मौलिक चाडबाड कुन हो÷कस्तो हुन्छ ? देखाउन सक्नु पर्छ । नत्र भने राईको भन्दै बान्तावा जातिको भाषामा आप्mनो एनजिओको नाम राख्ने र चाम्लिङ जातिको साकेला नाच्दै कहिलेसम्म उफ्रीपाफ्री गर्ने÷देखाउने ? फेरि विगतमा राई भएर तिरोभरो उठाएका वा राई पगरी वा पदवी पाएका बस्नेत राई, कार्की राई, पाण्डे राई, कोइराला राई, माझी राई, मगर राई आदि राईहरुले पनि अगाडि ‘किरात बस्नेत क्षेत्री राई संघ’, ‘किरात कोइराला बाहुन राई संघ’ ‘किरात मगर राई संघ’, ‘किरात कार्की क्षेत्री राई संघ’ किरात माझी राई संघ आदि संघ खोलेर राईयोयोखा नामक एनजिओमा कथित् राई भाषीको (जात वा जातिको होइन) सदस्यता वा सम्वद्धता माग्न आएमा उक्त एनजिओले उनीहरुलाई पनि कथित् राई जातिको भाषिक सम्वद्धता दिने हो ? जसरी दनुवारलाई ‘देवास राई’ भनेर फुटाएर कथित् राई जातिको सम्वद्धता दिएको छ । स्मरण रहोस्, काठमाण्डौमा कार्यरत दुई जना दनुवारहरुका अनुसार ‘देवास’ भनेको दनुवारहरुको कूल देवताको नाम हो ।
राई के हो ? भन्ने बारेमा सबैभन्दा स्पष्टसंँग समाजशास्त्री डोरबहादुर विष्टले ‘सबै जातको फूलबारी’ भन्ने किताबको पाना नम्बर ५ मा लेखेका छन् । उनी लेख्छन्– ‘राई भन्ने खासगरी कुनै जातिको नाम भने होइन । यो राई शब्दले विगतमा कुनै जाति भने जनाउंथेन । यो त स्थानीय स्तरका तालुकदार वा मुखिया जस्तो मात्रै हो । पछि त्यसैलाई जाति मान्न
थालियो ।’ त्यस्तै राई शब्दको मूल उत्पत्ति ‘राय’लाई मान्दा पूर्वका लिम्बुहरुले पनि सुरुमा ‘राय’ वा राई नै लेख्थे । कमल तिगेला र भवानी बरालले लेखेको ‘लिम्बुवानको राजनीति’ नामक किताबको पेज २७ मा हेर्दा हुन्छ । उता चाल्र्स म्याक्डग्लसले पनि ‘द कुलुङे राई’ नामक किताबमा ‘सुरुमा राई शब्दले जाति जनाउंँथेन । स्थानीय प्रमुखलाई जनाउँथ्यो । पछि सबैलाई राई भन्न थालियो ।’ भनेर लेखेका छन् भने मङ्गोलियाका पूर्व प्रधानमन्त्री पनि जस राई थिए । उता जिम्बाबेका पूर्व प्रधानमन्त्री पनि मोर्गान सुभाङ्गी राई थिए । प्रायः ‘राय’लाई अंग्रेजीमा राई नै लेख्ने गरेको पाइन्छ ।
थप केही जानकारी चाहिएमाः
९८४९९८५९९७, ९८६२४३६०४९
लष्लबmपष्चबतज्ञद्दघ२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार