महिलालाई मानव अधिकार ?

द्वारा प्रकाशित गरिएको हो |
March 8th, 2021
अनुमानित पढ्ने समय : 5 मिनेट
फाईल तस्विर

महिलाहरुलाई मानव अधिकार ? महिलाहरु मानव अधिकारबाट बञ्चित भएमा यो संसारमा नैं राक्षसी राज चल्छ ! महिलाहरुको अधिकार विषयमा महिला समाजलाई दिग्भ्रमित बनाएर गोहीका आँशु झार्ने कृत्रिम आवाज मात्र बनेको छ–महिला मानव अधिकार । जतिसुकै महिला अधिकारको लागि कुरा उठाएता पनि महिलाहरुलाई पुरुषहरुको मोजमस्तीको भाँडो बनाउने कुरा मात्र भएको छ । जवसम्म महिला माथिको अमानवीय बलात्कारमाथि नियन्त्रण हुँदैन तवसम्म महिलाहरुको लागि मानव अधिकार भन्ने कुरा झूठो र षडयन्त्रको जालो मात्र ठहर्छ । यौन बिकृति, बलत्कार यी सबै भावनात्मक क्रियाको प्रतिफल हो । कडा सजायको कानूनी व्यवस्था भएपछि मनोवैज्ञानिक रुपले पुरुषहरु महिला माथि आक्रमक हुँदैनन् । कडा कानूनी व्यवस्था अर्थात कडा लक्ष्मण रेखाको व्यवस्था भएमा त्यही बलत्कारी पुरुषले ती महिलाहरुलाई आफ्नी आमा, छोरी र बुहारी जस्तो सम्मान गर्ने गर्छ । यसरी मानवीय चेतना विकास हुनथालेपछि कसैले पनि यौन संतुष्ठिको रुपमा महिलाहरुलाई सोच्न सक्तैन ।
प्राचीन सभ्यतामा विश्वमा महिला समाज स्वतन्त्र र सम्मानीत थियो । जति–जति समय बित्तै गयो त्यति त्यति महिलाहरुलाई संकुचित घेराभित्र राखिन थालियो । महिला र पुरुष जाति विषयक संवन्धको कुरा आ–आफ्नै छ । तर प्राकृतिक बनोटका कारणले नैं महिलाहरु मानव अधिकारबाट बञ्चित भएमा यो संसारमा नैं राक्षसी राज चल्छ ।
यौन परिचर्चा त लोल्ने मान्छे र स्वास्नी मानछे दुबैको सृष्टि संयोजन हो । यसैलाई लिएर स्वास्नीमान्छेलाई खोरमा थुनेर संसार बनाउछु भन्नु निरर्थक सोचाइ हो । नर र नारी सँघसँघै हिडाइयो भने कुनै पनि अमानवीय संस्कारको विकास हुन सक्तैन । यसहिसाबले अव सबै नर नारीले आ–आफ्नो कमी कम्जोरी हटाएर विश्वमा नयाँ लहर ल्याउन सकिन्छ ।
महिलाहरु स्वतन्त्र र निडर भएर उठ्न, हिड्न सक्दैनन् भने अवको संसारमा नयाँ सभ्यता र सिर्जनाका आशा गर्नु व्यर्थ छ । विश्वका कैयौ राष्ट्रहरुमा कैयौं महिलाहरु रानी बने र बनेका नैं छन् । कैयौं राष्ट्रप्रमुख बने, कैयौ प्रधानमंत्री, मंत्री र निर्णायक ठाउँमा बाम गर्ने मौका पाए तर महिला माथिको शोषण, अत्याचार बलत्कारबाट मुक्त गर्ने गर्ने कुनै पनि भरपर्दो कार्यक्रमहरु कहीकतैबाट आएनन् । सामाजिक र कानूनीरुपमा महिलालाई स्वतन्त्र र सुरक्षित हुनसक्ने मानवीय कार्यक्रम नैं महिला समाजको उन्मुक्ति हो ।
विचारणीय कुरा छ– पुरुष र महिलाबीचमा प्रकृतिले नैं भेद गरेको छ । महिलाले बच्चा जन्माउने हुँदा पुरुषभन्दा महिलाहरु अत्यन्त सम्वेदनशील हुन्छन् । त्यस्ले गर्दा सुत्केरी अवस्थामा घर परिवारले सुबिधाजनक व्यवस्थागर्ने र राज्यले सुत्केरी महिलाको लागि विशेष व्यवस्था गर्ने र विदाको उचीत व्यवस्था मिलाउनु पर्छ । वास्तवमा सरकारले महिलाहरुको लागि सरकारी सेवामा कार्यरत महिलाहरुलाई बिहान आधा घण्टा ढिलो र बेलुका आधाघण्टा छिटो विदाको व्यवस्था गर्नुपर्छ ।
आर्थिक स्थिति कमजोर भएका महिला विद्यार्थीहरुलाई सरकारले निशुक्त पढन–पाठनको व्यवस्था गर्नुपर्छ । गरिब, पिछडिएका महिलाहरुको आर्थिक अवस्था राम्रो नभएकाले समस्याहरु झन झन विकराल देखिन्छन् । यस्टा जटिलताबाट कसरी मुक्त, गराउने कुरा महिलाहरु नैं अगाडि सर्नुपर्छ । त्यसमा पनि मुस्लिम महिला र नेपालका बादी महिलाहरु माथि भइरहेको अत्याचार र उत्पिडनबाट मुक्त दिलाउने कुनै भरपर्दा संस्था छैनन् । संयुक्त राष्ट्र संघ लगायतका मानव अधिकारवादी संस्थाहरुको मूल्यांकन गरेर हेर्दा सबै मानव अधिकार पुरुषहरुको हितको नारामा मात्र सीमित छ । नेपालको सन्दर्भमा मानव अधिकारवादीहरु पैसा कमाउने लुच्चाहरुको संगठन मात्र भएको छ । जस्ले पैसा दियो त्यसैका पक्षमा बोल्ने खाओवादीहरु मानव अधिकारवादी बनेका छन् ।
विश्वमा मुस्लिम महिलाहरु पीडाको घेराभित्र बन्धक छन् । अहिले सलमान रुस्ती र बंगलादेशकी तसलीमा नसरीनबाट मसस्लिम समाजभित्रका असामाजिक व्यवहार र पद्धतिहरुलाई उजागार गरेर समान न्यायको आधारमा बिद्रोह उठाएका छन् । नेपालमा बादीहरु राज्यविहीन भएर सहाराको खोजीमा छन् । नेपालका बादीहरुलाई बसोवासो, आरक्षण र नागरिकताको सुलभ व्यवस्था गराएर समाजिक दुस्कर्मबाट मुक्त गराउन सकिन्छ । तर मुस्लिम महिला समाजभित्रका अमानवीय कट्टर धार्मिक संस्कारलाई तोड्न बंगलादेशकी तसलीमा नसरीन समर्पित छिन् ।
नेपालमा बादी महिलाको हालत पनि पशु सरह छ । बादीहरु खुल्ला यौन ब्यापारको वाध्यतामा छन् । मुस्लिम महिला बन्दन, बुर्का, पुरुषको दमनबाट पीडित छन् । उनीहरु पुरुषका खेलौना बन्नुपर्छ । ‘तलाक’ ‘तलाक ‘तलाक’ श्रीमानले तीनपटक बोल्यो भने मुस्लिम महिलाले आफ्रनो घर–परिवार छोडेर हिड्नुपर्छ । यस स्थितिमा तलाक शब्दलाई प्रतिवन्त्र लगाएर तलाक शब्द प्रयोग गर्न खोज्नेलाई १० बर्ष जेल सजायको व्यवस्था नगरेसम्म मुस्लिम महिलाहरु अमानवीय रुपले तडपिएर जीवन बिताउनु पर्छ ।
विभिन्न तप्काका वकील, शिक्षक, पार्टीका भातृ संगठनका केही पढेलेखेका स्वास्नी मान्छेहरुबाट जतिनै संचार माध्यमहरुबाट चिच्याइरहेता पनि मुस्लिम महिला र बादी महिला माथि भइरहेको अत्याचारको विषयमा कहींकतैबाट आवाज उठाउने काम कतैबाट भएको छैन । नेपालमा जे जति ऐंन कानूनहरु छन् त्यसले मुस्लिम र बादी नागरिकहरु माथि कुनै अर्थ राख्तैन ।
नेपालका ऐन कानूनहरु मुस्लिम महिलालाई लागु नहुने, बादीहरु यौन ब्यापारबाट मुक्त हुनसक्ने राज्यले व्यवस्था गर्ने क्षमता राखेको छैन । बादी महिलाले सिंहदरबार सचिवाल अगाडि नाङ्गै जुलुस गर्नुपर्ने कारण पनि यिनै थिए । मुस्लिम महिलाको अधिकारको लागि आफ्नो ज्यान हत्केलामा राखेर बंगलादेशकी डा.तसलीमा नसरीनले बिद्रोह उठाएकी छिन् । उनको टाउकाको मूल्य तोकिएको छ ।
चिकित्सा शास्त्रा डिग्री हासिल गरेकी बंगलादेशकी प्रबुद्ध लेखिका तहसीला नसरीन लेख्छिन्–‘इशापूर्व पाँचौ शाताब्दीका ग्रीक स्त्री र दासमा कुनै फरक संझिएन । प्लेटोले पनि संझिएनन् । रिपब्लिकको पाँच अध्यायमा उनले भने– ‘स्त्रीहरुको कर्तव्य हो सुगृहिणी हुनु र पतिको आदेश मानेर चल्नु ।’ केटीहरुको विवाह निकै हदसम्म एउटा चिठ्ठा जस्तै हो । पति चरित्रहीन होस् या रक्सीवाज, पत्नीलाई पिट्छ कि पिट्दैन, संतान जन्माउन सक्छ या सक्तैन, यी सब केही थाहा नपाइकननै एउटी केटी जीवनभरको लागि त्यसलाई स्वीकार गर्दछे । त्यो केटीको लोग्ने अर्थलोलुप, असभ्य, सानो विचारको एक नपुंशक व्यक्ति छ, उ ती सारा बन्धन, नारकीय जीवनबाट मुक्ति चाहन्छे । परन्तु सक्तिन, बदमासीको डरले ।
केटो चाहीं शरीरमा लागेको धुलो टक्टक्याएर सफा भएर हिड्छ तर केटीको अनुहारमा यस्तो कालो पोतिन्छ– समाजको यस्तो साबुन छैन जस्ले धुन सकोस् । स्त्रीको सबभन्दा ठूलो शत्रू हो–द्विविधा एवं डर । उसका खुट्टामा पहिराएको छ– द्विविधाको सिक्री ।’
नसरीन लेख्छिन्– ‘इशाई धर्मले पनि नारी जीवनको दुर्दशालाई हटाउन
सकेन । यसधर्मले पुरुषको बसमा बस्न विवश ग¥यो । फ्लोरेन्स नाइटिंगलले भनेकी छन्– ‘जीसस क्राइष्टले पनि स्त्रीको अधिकारको कुरा गरेनन् । दासीवृतिलाई छोडेर स्त्रीको लागि अरु काम समाज र धर्मले निर्दिष्ट गरेनन् । स्वयं रामले पनि सीता प्रति अन्याय गरे । आफ्नो सतीत्व र पवित्रताको परीक्षा दिन सीतालाई अग्नी परीक्षा दिनु परेको थियो । कुनै पुरुषले उनलाई आश्रय दिएन । सीताले पृथ्वीसित आश्रय मागिन् । नारीको चरम अपमान, निर्लज्ज दलन्, असंख्य पटक रामायण, महाभारतमा उच्चारित भएको छ ।’
नसरीनको क्रान्तिकारी जीवनदेखि प्रभावित भएर विवाहगर्न चहानेहरुको घुइँचो लाग्यो । तर उनलाई कसैको प्रभावले छोएन । रहिम नामको उक मुल्लाले तहसलिासँग विवाह गर्ने इच्छा गरेर पत्र लेख्यो । त्यसको प्रत्यूत्तरमा नसरीनले सर्त राखिन्– ‘दारी काट्नुपर्ने, एड्स रोग छैन भन्ने प्रमाणपत्र पेश गर्नु पर्ने, घरको सबै काम कुचो लाउनुदेखि भाँडा माझ्नेसम्म कामगर्ने वचनदिनुपर्ने’ कुरा उठाएर कट्टरपन्थी मुल्ला माथि प्रहार गरेकी थिइन् भनिन्छ ।
विवाहित जीवनमा मुसलमान लोग्ने श्रीमतीसँग सानोतिनो निहुमा तीनपटक ‘तलाक’–‘तलाक’–‘तलाक’ भनेपछि सम्वन्ध विच्छेद हुनसक्ने अमानवीय संस्कारको प्रहार गर्नमा कुनै महिला मानवअधिकारवादीले मुख खोल्न सकेका छैनन् । आजको विश्वमा सबभन्दा ठूलो दर्तनाक अवस्था महिला समाजको छ । के क्रिस्चियन मानव अधिकारवादी र संयुक्त राष्ट्र संघका मानव अधिकार तथा अन्य संस्थाहरु के महिलाहरुको अधिकार सुरक्षाको लागि कुनै भरपर्दौ कार्यक्रम ल्याएको छैन । उनीहरु मात्र क्रिस्चियनिटीबाट आफ्नो सम्राज्य स्थापना गरेर संसारका देशहरुमा लुट मच्चाउन चहान्छन् ।
क्रिस्चियनहरु पनि स्वास्नी मानिसलाई आफ्रनो विलासीताको अङ्ग बनाउन चहान्छन् । त्यसैले यौन दूराचार चर्चहरुमा अत्यधीक हुने गर्छ । एउटा पाष्टरले इसाई महिलालाई चाहेको बेलामा यौन शोषण र बलत्कार गर्नसक्छ । महिलाहरुले चुपचाप सहेर बस्नु पर्छ । महिलाहरुको मानव अधिकारको लागि क्रिस्चियन मिसनले आँखा चिम्लेको छ ।
अमेरिका, यूएन, यूरोपका राष्ट्र र क्रिस्चियनहरु पसेका छन् त्यहाँ कतै शान्ति छैन । महिलाहरु बलत्कृत हुन, मारिनु त उनीहरुको लागि सामान्य घटना भएको छ । नेपालको सन्दर्भमा २०६२ सालपछि १२ बुँदे सहमतिपछि भारतीय गुप्तचर संस्थाले माओवादीलाई पनि आफ्नो घोडा बनाएर हिंसात्मक आक्रमण गरायो जस्को कारणले कैयौं महिलाहरु मरिए, कैयौं बिधवा बनेर दुःखद जीवन बिताइरहेका छन् । नेपालमा जुनदिनदेखि धर्मनिरपेक्ष र गणतन्त्र लाध्न खोजिएको छ त्यहीबेलादेखि यहाँका मानवअधिकारवादीहरुले ठूलो उपलब्धि मानेका छन् ।
धर्मनिरपेक्ष र गणतन्त्रलाई आधार बनाएर नेपाल संरक्षण र पहिचानविहीन बन्न पुगेकाले नेपालको अवस्था संकटग्रस्त बनेको छ । नेपालको अहिलेको संकटलाई मानव अधिकारवादीहरुको पूर्ण समर्थन छ । किनकि नेपालको अवस्था जति नाजुक बन्छ उति योभूमिलाई इसाईकरण गर्न सजिलो हुन्छ भन्ने ठानेर जहाँसक्दो नेपालका राष्ट्रवादी संस्था र पहिचानहरुको तजोवध गर्नु नैं पश्चिमाहरुको उददेश्य भएकाले नेपालका मानव अधिकारवादीहरु इसाई संस्थाहरुबाट पैसा खाने भएकाले देश डुबे डुबोस् उनीहरुलाई केही मत्लव रहँदैन । त्यसैले नेपालको सबैभन्दा ठूलो शत्रु स्वदेशी मानव अधिकारवादी, भारतीय प्रशासनीक संयन्त्र र इसाईहरु नैं हुन् ।
संसारमा मानव अधिकार हनन् गराउनेहरु पश्चिमाहरुकै स्वार्थ मूलकारण भएकाले अमेरिका तथा यूरोपका इसाई राष्ट्रहरुलाई संसारका कुनै पनि देशमा कथित सेवाको भावनाबाट गर्ने कुनै पनि कार्यक्रमहरु गराउन प्रतिबन्न लाग्नु
पर्छ । नेपालमा मानव अधिकारलाई मुर्तरुप दिलाउन महिला समाज माथि केन्द्रीत भएर महिलाहरुलाई पूर्ण स्वतन्त्रतापूर्वक हिडडुल गर्ने, बाँच्ने अधिकार सुरक्षित गर्नसक्ने कानून बन्नुपर्छ र नेपालको स्थिरता, एकता र सार्वभौमसत्तालाई सुदृढ राख्न स्थायी संरक्षकको रुपान राजसंस्था तथा युगयुगदेखि आफ्रनो पहिचान देखाएर उभिएको हिन्दुअधिराज्य नेपाललाई यथावत कायम राखेर समान रुपमा देश निर्माणमा महिला पुरुषको सहभागीता हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार