विप्लव(नेकपा)लाई उपलब्धि

द्वारा प्रकाशित गरिएको हो |
March 8th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

आफ्नो प्रमुख एजेण्डा वैज्ञानिक समाजवादसहित विप्लव जनताबीच जाने दुईपक्षीय सहमति
काठमाडौं । छसस । जनयुद्ध बीचैमा थन्काएर त्यतिबेलाको प्रचण्ड, बाबुरामहरुझै यतिबेला नेत्रविक्रम चन्द समुह पनि आफ्ना गतिविधिलाई थाति राख्दै ३ बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ । यससँगै चन्दसमुहमा लागेका प्रतिबन्ध र थुनामा रहेका उसका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु रिहा हुने भएका छन् ।
विप्लव समुहले तीन बुँदे सहमतिसँगै खुला रुपमा शान्तिपूर्ण राजनीतिमा आउने मनसाय जाहेर गरेपछि सरकारले २०७५ फागुन २८ गतेदेखि लगाएको विप्लव समुहमाथिको प्रतिबन्ध पनि फुकुवा भएको छ । विप्लवले उठाउँदै आएको जनपक्षीय मुद्दाहरु आफ्नै ढंगले जनताबीच जाने पनि सहमति जुटेको छ । यो नै विप्लव समुहको प्रमुख उपलब्धि हो । यसका साथै वार्ताका क्रममा अर्काे महत्वपूर्ण उपलब्धि संविधान संशोधन गरेरै भए पनि ‘समाजवाद उन्मुख’ भन्ने प्रावधानको सट्टा ‘वैज्ञानिक समाजवाद’ राख्ने सर्तमा सहमति जुटेको छ ।
सहमति अनुसार गृहमन्त्रालयले हिरासतमा रहेका विप्लव समुहका सबै नेता तथा कार्यकर्ताहरुलाई थुना मुक्त गराउँदै जाने र यस क्रममा सरकारले जिल्ला प्रशासन कार्यालयहरुलाई प्रमुख जिल्ला अधिकारीले हेरीरहेका मुद्दामा प्रक्रिया पुर्याएर छान्न निर्देशन दिइसकेको छ । अदालतमा रहेका मुद्दाको सवालमा सरकारी वकिलको कार्यालयसँग समन्वय गरेर प्रहरीहरुले काम गर्नुपर्ने छ । जघन्य अपराधको हकमा भने आवश्यक प्रक्रिया पुरा गरी मुद्दा फिर्ताको प्रयास गरिनेछ । साथै सहमतिमा जनमुक्ति सेनाले प्रयोग गर्दै आइरहेको हतियार सरकारलाई बुझाउनुपर्ने वा नपर्ने स्पष्ट खुलाएको छैन । प्रतिबन्ध पछि प्रहरीले विप्लव समुहका २ हजार १ सय जति नेता कार्यकर्तालाई पक्राउ गरेकोमा एक हजार आठ सय जना भन्दा बढी अदालत र प्रशासनको आदेशमा छुटिसकेको जनाएको छ । हाल पुर्पक्षको क्रममा रहेको र प्रहरी अनुसन्धानमा रहेका गरी १३६ जना नेता तथा कार्यकर्ताहरु विभिन्न जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार