आदिवासीले किन ग्रन्थ जलाए ?

द्वारा प्रकाशित गरिएको हो |
March 8th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । लोकतान्त्रिक पद्धतिको बयान गरेर नथाक्ने शीर्ष नेताहरुको व्यवहार भने एकात्मक केन्द्रीकृत शैलीकै छ । त्यसैले जनताद्वारा चुनिइएका जम्बो सभासदको टोलीलाई संविधानसभाको हलभित्र बन्दी बनाएर, आफ्नो स्वार्थ अनुरुपको तीन दलका शीर्ष नेताहरु बसेर आफूखुशी निर्णय गरे । फलस्वरुप संविधान जन्मदा, जन्मदै, देशव्यापी च्यातिए, जलाइए ।
गम्भीर सवाल त के हो भने सिंगो देश, खासगरी आदिवासी जनजाति समुदायहरुको ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचान र जातीय सद्भावमाथि खलल पुर्याउने खेदजनक कार्य गरिए ।
विडम्बना अन्तरिम संविधानको धारा ७० निलम्वन गरी बिना छलफल दलका शीर्ष नेताहरुले आफू अनुकूलको संविधान निर्माण गरेर, शोषित पीडित समुदायलाई यथास्थितिमा राख्ने प्रपन्च गरिए । यसरी जनभावनाको कुनै कदरनै नगरी, आदिवासी, जनजाति, मधेसी, समुदायको आवाजलाई कुठाराघात गर्दै आएको संविधान कार्यन्वयन हुने सवाल नै उठ्दैन । आत्मनिर्णयको अधिकार र स्वायत्तराज्य विहिन र पहिचानको आधारलाई नमानि आफू अनुकूलको प्रदेश बनाइए । आदिवासी समुदायले ऐतिहासिक पृष्ठभूमिको आधारमा आफ्नो पहिचान किन खोजिरहेका छन् त ? भन्ने सवाल बुझ्न इतिहास कोट्याउन नै पर्ने हुन्छ । ऐतिहासिक घटनाहरुलाई लेखाजोखा गर्दा साधारण भन्दा साधारण मानिसको मुटु पनि छियाछिया हुन्छ । अतः वर्तमानमा आदिवासी जातिहरु आफ्नो पहिचान सुनिश्चित गर्न चाहन्छन् ।
पृथ्वीनारायण शाहको खुनी हमलापछि आदिवासी, जनजातिहरुमाथि धर्मको नाममा ‘हिन्दू’, भाषाको नाममा ‘खस’ भाषा लाद्ने काम भयो । नेपालका लिम्बू र खम्बूहरुका हकमा ऐतिहासिक घटनाहरुलाई लेखा जोखा गर्दा साधारण भन्दा साधारण ममान्छेको मुटुपनि छियाछिया हुन्छ । त्यसैले यी जातिहरु आफ्नो अधिकार सुनिश्चित गरेर देशमा आफ्नो ससम्मान पहिचान बनाउन अधिकार खोसेरै किन लिन नपरोस् लिन तयार छन् । हुनत पृथ्वी नारायण शाहको खुनी राज्य विस्तारपछि आदिवासीहरुमाथि धर्मको नाममा हिन्दू, भाषाको नाममा खस भाषा तरुन्त लाद्न सुरु भएको थियो । हिन्दू बाहुल्यता भएको क्षेत्रमा अन्य भाषा प्रति ज्यादै घृणा गर्ने, भाषा पढ्न र पढाउन नदिने जस्ता आन्दोलन चले । यस्तो स्थितिबाट डराएर चैनपुर अम्बर(क्षेत्र)का हाकीम अभिमान बस्नेतको जाहेरी पछि वि.सं. १८५५ मा महाराज रणबहादुर शाहले त्यस्ता आफ्नै भाषा बोल्ने, लेख्ने, पढ्ने र पढाउने राज विद्रोहीलाई पक्राउ गरी पठाउनु । जबर्जस्ती गरे मारि दिनु भन्ने हुकुम जारी गरिएको थियो । यस्तो हुकुमको डरले गैरआर्यहरु अर्थात आदिवासीहरुले आफ्नो सम्पूर्ण ग्रन्थहरु जलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार